उहाँको अख्लाक (नैतिकता) नै कुर्आन थियो ।
साद बिन हिशाम बिन आमिर जब आइशा (रजियल्लाहु अन्हा) कहाँ गए अनि उनले भने:
हे उम्मूल-मुमिनीन (इमानवालाहरू कि आमा)! मलाई रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को अख्लाक (नैतिकता) को बारेमा बताउनुहोस् । यो सुनेर उहाँले भन्नुभयो: के तिमी कुर्आन पढ्दैनौ? मैले जवाफ दिएँ: म अवश्य पढ्छु । उहाँले भन्नुभयो: उहाँको अख्लाक (नैतिकता) नै कुर्आन थियो ।
يَا أُمَّ الْمُؤْمِنِينَ، أَنْبِئِينِي عَنْ خُلُقِ رَسُولِ اللهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ، قَالَتْ: أَلَسْتَ تَقْرَأُ الْقُرْآنَ؟ قُلْتُ: بَلَى، قَالَتْ: فَإِنَّ خُلُقَ نَبِيِّ اللهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ كَانَ الْقُرْآنَ.
उम्मूल-मुमिनीन आइशा (रजियल्लाहु अन्हा) लाई रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को नैतिकताको बारेमा सोधियो र उनले छोटो र मिठो जवाफ दिदै प्रश्नकर्तालाई कुर्आनलाई अध्ययन गर्न भनिन्, किनभने यो सबै हिसाबले पूर्ण पुस्तक हो । उनले भनिन् : उहाँको आचरण र नैतिकता कुर्आनको एक जीवन्त उदाहरण थियो । उहाँ कुर्आनको आदेशको पालना गर्नुहुन्थ्यो, कुर्आनले निषेध गरेको कुराहरूबाट टाढा रहनुहुन्थ्यो । यसरी उहाँको नैतिकता कुर्आनको व्यवहारिक व्याख्या थियो । उहाँले कुर्आनले तोकेको सीमामा रहनुभयो, यसको शिष्टाचारको पालना गर्नुभयो र यसमा प्रस्तुत उदाहरणहरू र कथाहरूबाट पाठ सिक्नुभयो ।
नबी (सल्लल्लाहु अलैहि वसल्लम) को पाइला पछ्याएर कुर्आनको नैतिक शिक्षाहरू अनुशरण गर्न प्रेरणा ।
नबी (सल्लल्लाहु अलैहि वसल्लम) को आचरणको प्रशंसा र उहाँको आचरणको स्रोत कुर्आन थियो भन्ने कुराको वर्णन ।
कुर्आन सम्पूर्ण उच्च नैतिक आचरण हरुको मूल स्रोत हो ।
इस्लाममा नैतिकतामा सम्पूर्ण धर्म समाहित छ जसमा आदेशहरूको पालना गर्न र निषेधित कुराहरूबाट बच्न सबै समावेश छ ।
सही मुस्लिम (1/ 512) (746).
थप (8)
بهجة الناظرين شرح رياض الصالحين.
لسليم الهلالي (3/ 308).
شرح رياض الصالحين.
لابن عثيمين (6/ 660).
نزهة المتقين شرح رياض الصالحين.
لمصطفى الخن وغيره (2/ 1253).
كنوز رياض الصالحين.
لمجموعة من الباحثين (21/ 556).