"जो बिहान वा बेलुका मस्जिद जान्छ, अल्लाहले उसको लागि स्वर्गमा स्वागतका लागि स्थान तयार गर्नुहुन्छ, हरेक पटक जब ऊ बिहान वा बेलुका मस्जिद जान्छ।"
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :
"जो बिहान वा बेलुका मस्जिद जान्छ, अल्लाहले उसको लागि स्वर्गमा स्वागतका लागि स्थान तयार गर्नुहुन्छ, हरेक पटक जब ऊ बिहान वा बेलुका मस्जिद जान्छ।"
«مَنْ غَدَا إِلَى الْمَسْجِدِ أَوْ رَاحَ أَعَدَّ اللهُ لَهُ فِي الْجَنَّةِ نُزُلًا، كُلَّمَا غَدَا أَوْ رَاحَ».
अल्लाहका नबी (सल्लल्लाहु अलैहि व सल्लम) ले उपासना, ज्ञान आर्जन, वा अन्य सुभ उद्देश्यका लागि दिनको सुरु वा अन्तिमसमयमा मस्जिद आउने व्यक्तिका लागि शुभ खबर दिनु भएको छ, चाहे राती वा दिनको जुनसुकै समयमा आओस्; अल्लाह तआला उसका लागि (जन्नत) स्वर्गमा स्थान र आतिथ्य तयार गर्नु भएको हुन्छ ।
मस्जिद जाने र त्यहाँ नियमित रूपमा अनिवार्य नमाज पढ्न प्रोत्साहित। मस्जिदबाट टाढा बस्ने व्यक्तिले अनगिन्ती राम्रा कुराहरू, पुण्यहरू, इनामहरू र अल्लाह सर्वशक्तिमानले तयार पारेको स्थान र आतिथ्य गुमाउँछ।
जब मानिसहरूले आफ्नो घरमा आउने पाहुनाको आतिथ्य गर्छन् र उसलाई खाना खुवाउँछन्, अल्लाह आफ्ना सेवक भन्दा उदार र सम्मानित हुनुहुन्छ। उहाँले आफ्नो घरमा आउने पाहुनाको सम्मान पनि गर्नुहुन्छ र उसलाई राम्रो भोज पनि दिनुहुन्छ।
मस्जिद जानु स्वागतयोग्य र ईर्ष्यालु कुरा हो, किनकि एक व्यक्ति जति धेरै पटक मस्जिद जान्छ, त्यति नै धेरै पटक उसको लागि आतिथ्य तयार पारिन्छ ।
सही बुखारी (1/ 133) (662).
सही मुस्लिम (1/ 463) (669).
थप (6)
نزهة المتقين شرح رياض الصالحين.
لمجموعة من الباحثين (1/ 153).
شرح رياض الصالحين.
لابن عثيمين (2/ 166).
بهجة الناظرين شرح رياض الصالحين.
لسليم الهلالي (1/ 204).