"मेरो उम्मतको अन्त्यमा यस्ता व्यक्तिहरू जन्मिनेछन् जसले यस्ता कुराहरू बताउनेछन् जुन न त तिमीले न त तिम्रा पुर्खाले सुनेका थिए । त्यसैले तिनीहरुबाट एकदमै टाढा र होसियार रहनुपर्छ ।"
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : “
"मेरो उम्मतको अन्त्यमा यस्ता व्यक्तिहरू जन्मिनेछन् जसले यस्ता कुराहरू बताउनेछन् जुन न त तिमीले न त तिम्रा पुर्खाले सुनेका थिए । त्यसैले तिनीहरुबाट एकदमै टाढा र होसियार रहनुपर्छ ।"
«سَيَكُونُ فِي آخِرِ أُمَّتِي أُنَاسٌ يُحَدِّثُونَكُمْ مَا لَمْ تَسْمَعُوا أَنْتُمْ وَلَا آبَاؤُكُمْ، فَإِيَّاكُمْ وَإِيَّاهُمْ».
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, मेरो उम्मतको अन्त्यमा यस्ता व्यक्तिहरू जन्मिनेछन् जसले झुट बोल्ने छन् र पहिले कसैले नभनेका कथाहरू भन्ने छन् । तिनीहरूले नबीको नामम झूटा र मनगढन्त हदीसहरू भन्नेछन् । रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले त्यस्ता व्यक्तिहरूबाट टाढा रहन, उनीहरूलाई नभेट्न र तिनीहरूको कुरा नसुन्न हामीलाई आदेश दिनुभएको छ; ताकि झूटा कुराहरू हाम्रो हृदयमा नबसोस्, जसबाट पछि मुक्त हुन गार्हो हुन्छ ।
فإياكم إياهم: أمر بالابتعاد عنهم.
यसमा, मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) अल्लाहको रसूल हुनुहुन्छ भन्ने कुराको निकै महत्त्वपूर्ण संकेत वर्णन गरिएको छ । उहाँले भविष्यमा हुने कुराको जानकारी दिनुभयो र पछि भने जस्तै हुन गयो ।
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को नाममा मनगढन्त हदीसहरू बयान गर्ने र इस्लाम धर्मको बारेमा मिथ्या कुरा गर्नेहरूबाट टाढा रहनु पर्छ र तिनीहरूको मनगढन्त कुरा सुन्नु हुँदैन ।
हदीसहरू सही प्रमाणित नभएसम्म त्यसलाई स्वीकार गर्न वा सम्प्रेषण गर्न विरुद्ध चेतावनी ।
सही मुस्लिम (1/ 12) (6).
थप (1)
قرة عين المحتاج في شرح مقدمة صحيح مسلم بن الحجاج (2/ 8).