"तपाईंहरूले अजान सुन्दा मुअज्जिनले भने जस्तै शब्दहरू दोहोर्याउनुहोस्।"
अबू-सईद अल्-खुदरी (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :
"तपाईंहरूले अजान सुन्दा मुअज्जिनले भने जस्तै शब्दहरू दोहोर्याउनुहोस्।"
«إِذَا سَمِعْتُمُ النِّدَاءَ، فَقُولُوا مِثْلَ مَا يَقُولُ المُؤَذِّنُ».
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले अजान सुन्ने व्यक्तिलाई मुअज्जिनलाई जवाफ दिन प्रोत्साहित गर्नुभएको छ। जवाफ दिने क्रममा मुअज्जिनले बोलेका प्रत्येक वाक्यलाई हामीले पनि एक-एक गरी दोहोर्याउनुपर्छ। जब उसले तकबीर भन्छ तब हामीले तकबीर भन्नु पर्नेहुन्छ । जब उसले ‘अश्ह्दु अल्ला इलाह इल्लल्लाह’ र ‘अश्ह्दु अन्न मुहम्मदर्रसूलुल्लाह’ भनेर दुबै गवाही दिन्छ, हामीले पनि त्यसपछि दुबै गवाही भन्नु पर्नेहुन्छ । तर (हय्य अलस्सलाह) र (हय्य अलल्फलाह) को जवाफमा (लाहौल वला कुव्वत इल्ला बिल्लाह) भनिनेछ ।
...:
एकभन्दा बढी मुअज्जिन भएमा पहिलो मुअज्जिनको अजान समाप्त भएपछि अर्को मुअज्जिनको जवाफ दिइनेछ । किनभने हदीसका शब्दहरूको व्यापक अर्थले यसलाई दर्शाउछ ।
शौच गर्ने अवस्था बाहेक हरेक परिस्थितिहरूमा मुअज्जिनलाई जवाफ दिनुपर्छ ।
सही बुखारी (1/ 126) (611).
सही मुस्लिम (1/ 288) (383).
थप (4)
تيسير العلام شرح عمدة الأحكام.
للبسام (ص120).
الإلمام بشرح عمدة الأحكام.
لإسماعيل الأنصاري (1/ 98).