Skip to content

कुन कर्मले मानिसहरूलाई स्वर्गमा धेरै प्रवेश गर्नेछ भनेर रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई सोधियो, उहाँले जवाफ दिनुभयो: "तक्वा (अल्लाहको डर) र राम्रो व्यवहार

अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन् :

कुन कर्मले मानिसहरूलाई स्वर्गमा धेरै प्रवेश गर्नेछ भनेर रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई सोधियो, उहाँले जवाफ दिनुभयो: "तक्वा (अल्लाहको डर) र राम्रो व्यवहार ।" अनि कुन कुराले मानिसहरूलाई सबैभन्दा धेरै नरकमा प्रवेश गर्नेछ भनेर सोधिदा उहाँले जवाफ दिनुभयो: "जिब्रो र गुप्तांग [को गलत प्रयोग बाट] ।"

سُئِلَ رَسُولُ اللهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ عَنْ أَكْثَرِ مَا يُدْخِلُ النَّاسَ الْجَنَّةَ، فَقَالَ: «تَقْوَى اللهِ وَحُسْنُ الْخُلُقِ»، وَسُئِلَ عَنْ أَكْثَرِ مَا يُدْخِلُ النَّاسَ النَّارَ فَقَالَ: «الْفَمُ وَالْفَرْجُ».

तिर्मीजी, इब्ने माजह र अहमदले वर्णन गरेका छन्
हसन सही
व्याख्या

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले स्वर्गमा प्रवेश गर्ने दुईवटा मुख्य कारणहरू छन् भनी बताउनुभएको छ । यी दुई निम्न हुन्: "तक्वा (अल्लाहको डर) र राम्रो व्यवहार। ‘तकवा’ शब्दको अर्थ भनेको व्यक्तिले आफ्नो र अल्लाहको अजाब (दण्ड) को बीचमा अवरोध खडा गर्नु हो । यो सुरक्षा अल्लाहको आदेशहरू पालना गरेर र उहाँले निषेध गर्नुभएको कुराहरूबाट टाढा बसेर प्राप्त हुन्छ । जबकि राम्रो व्यवहार भनेको मुस्कुराएर भेट्नु, पुण्य कर्म गर्नु र दुःख नदिनु हो । यसको विपरीत नर्कमा प्रवेश गर्ने दुईवटा मुख्य कारणहरू छन् । यी दुई हुन्: जिब्रो र गुप्तागं को गलत उपयोग गरेर । जिब्रोबाट हुने पाप भनेको झुट बोल्ने, गीबत गर्ने (अर्काको कुरा काट्ने) र दुइ मुखे हुने आदी । गुप्तांगबाट हुने पाप भनेको व्यभिचार, समलिंगी सम्बन्ध र अन्य।"

हदीसका केही फाइदाहरू

स्वर्गमा प्रवेश गर्ने केही माध्यमहरू अल्लाहसँग सम्बन्धित छन्, जसमध्ये एउटा अल्लाहको डर हो र केही मानिसहरूसँग सम्बन्धित छन्, जसमध्ये एउटा राम्रो व्यवहार हो ।

जिब्रो मानिसको लागि खतरनाक अंग हो र यसको दुरुपयोग नरक जाने कारण हो ।

कामवासना र अश्लीलता मानिसको लागि जोखिम हुन् र धेरै जसो मानिसहरू यसको कारण नरकमा प्रवेश गर्नेछन् ।

श्रोतहरू

सुनन् तिर्मिजी (3/ 536) (2004).

सुनन् इब्ने माजह (5/ 318) (4246).

मुस्नद अहमद (13/ 287) (7907).

थप (8)

توضيح الأحكام من بلوغ المرام.

للبسام (7/ 509).

منحة العلام في شرح بلوغ المرام.

لعبد الله الفوزان (10/ 369).

فتح ذي الجلال والإكرام.

لابن عثيمين (6/ 453).

سبل السلام بشرح بلوغ المرام.

للصنعاني (2/ 696).