Skip to content

"यदि प्रत्येक व्यक्तिको दाबीलाई बिना सोधपुछ स्वीकार गरिन्थ्यो भने, केही मानिसहरूले अरूको सम्पत्ति र रगतसमेत आफ्नो भनी दाबी गर्ने थिए। त्यसैले, आफ्नो दाबी प्रमाणित गर्न प्रमाण प्रस्तुत गर्नु दाबीकर्ताको जिम्मेवारी हो र (दाबी) इन्कार गर्नेले शपथ खानुपर्छ।"

अब्दुल्लाह बिन अब्बास (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :

"यदि प्रत्येक व्यक्तिको दाबीलाई बिना सोधपुछ स्वीकार गरिन्थ्यो भने, केही मानिसहरूले अरूको सम्पत्ति र रगतसमेत आफ्नो भनी दाबी गर्ने थिए। त्यसैले, आफ्नो दाबी प्रमाणित गर्न प्रमाण प्रस्तुत गर्नु दाबीकर्ताको जिम्मेवारी हो र (दाबी) इन्कार गर्नेले शपथ खानुपर्छ।"

«لَو يُعطَى النّاسُ بدَعواهُم لادَّعَى رِجالٌ أموالَ قَومٍ ودِماءَهُم، لَكِنَّ البَيِّنَةَ على المُدَّعِى، واليَمينَ على مَن أنكَرَ».

बैहकी र अरूले यसरी नै वर्णन गरेका छन् र यसको केही भाग सहीहैनमा रहेको छ
हसन
व्याख्या

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले स्पष्ट पार्नुभएको छ, यदि मानिसहरूलाई बिना प्रमाण तिनीहरूको दावीको आधारमा मात्र क्षतिपूर्ति दिइने हो भने मानिसहरूले जनताको सम्पत्ति र रगतको दाबीसमेत गर्नेछन् । त्यसैले दावीकर्ताले आफूले माग गरेको कुराको प्रमाण उपलब्ध गराउनुपर्छ । यदि उनीसँग प्रमाण छैन भने मुद्दा प्रतिवादी समक्ष पेश गरिनेछ र यदि उसले अस्वीकार गर्यो भने शपथ खाई निर्दोष हुनुपर्दछ ।

हदीसका केही फाइदाहरू

इब्न दकीक अल-इदले भने: यो हदीस अह्काम (नियमहरू) को आधारहरूमध्ये एक अहम आधार हो । विशेषगरी विवाद र असहमतिको समयमा सबैभन्दा ठूलो श्रोत हो ।

शरियतको उद्देश्य भनेको जनताको सम्पत्ति र रगतलाई हेरफेरबाट जोगाउनु हो ।

काजी (न्यायाधीश) ले आफ्नो ज्ञानको आधारमा फैसला गर्नुहुँदैन, बरु प्रमाणको आधारमा गर्नुपर्छ ।

कुनै पनि व्यक्तिले बिना प्रमाण दाबी गर्छ भने त्यो अस्वीकार हो, चाहे त्यो अधिकार, लेनदेन, ईमान र विज्ञानको बारेमा किन नहोस् ।

श्रोतहरू
थप (6)

السنن الكبرى للبيهقي تحقيق التركي (21/ 242 - 243) (21243).

التحفة الربانية في شرح الأربعين حديثًا النووية (ص76).

شرح الأربعين النووية.

لابن عثيمين (ص328).

فتح القوي المتين في شرح الأربعين وتتمة الخمسين.

لعبد المحسن البدر (ص114).