Skip to content

"जब नबी (सल्लल्लाहु अलैहि वसल्लम) शौचालयबाट बाहिर निस्कनुहुन्थ्यो, उहाँ ‘गुफ्रानक’ भन्ने गर्नुहुन्थ्यो; जसको अर्थ हो— 'हे अल्लाह! म तपाईंसँग क्षमा याचना गर्दछु।'"

उम्मुल-मुमिनीन(आस्थावानहरूकि आमा) आइशा (रजियल्लाहु अन्हा) ले बयान गरेकि छिन्,

"जब नबी (सल्लल्लाहु अलैहि वसल्लम) शौचालयबाट बाहिर निस्कनुहुन्थ्यो, उहाँ ‘गुफ्रानक’ भन्ने गर्नुहुन्थ्यो; जसको अर्थ हो— 'हे अल्लाह! म तपाईंसँग क्षमा याचना गर्दछु।'"

أَنَّ النَّبِيَّ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ كَانَ إِذَا خَرَجَ مِنَ الغَائِطِ قَالَ: «غُفْرَانَكَ».

अबू दाउद, तिर्मीजी, इब्ने माजह र अहमदले वर्णन गरेका छन्
सही
व्याख्या

जब नबी (सल्लल्लाहु अलैहि वसल्लम) शौचको आवश्यकता पूरा गरेर बाहिर निस्कनुहुन्थ्यो, तब उहाँले यो दुआ भन्नुहुन्थ्यो: “गुफ्रानक”, अर्थात्, 'हे अल्लाह! म तपाईंसँग क्षमा याचना गर्दछु।'

हदीसका केही फाइदाहरू

शौचालयबाट बाहिर निस्केपछि “गुफ्रानक” भन्नु मुस्तहब हो ।

नबी (सल्लल्लाहु अलैहि वसल्लम) हरेक अवस्थामा अल्लाह सगँ क्षमा याचना गर्नुहुन्थ्यो ।

शौचको आवश्यकता पूरा भएपछि क्षमा माग्नुको कारणबारे भनिएको छ कि अल्लाहका प्रशस्त आशीर्वादहरूप्रति—जसमध्ये शरीरबाट हानिकारक वस्तुहरूको सहज निकास पनि एक हो—कृतज्ञता व्यक्त गर्ने कर्तव्यमा भएको कमी, तथा शौचको समयमा अल्लाहको स्मरण (जिक्र) बाट रोकिनुपरेको कारणले गर्दा उक्त प्रार्थना भनिन्छ ।

श्रोतहरू

सुनन अबी दाउद (1/ 24) (30).

सुनन् तिर्मिजी (1/ 57) (7).

सुनन् इब्ने माजह (1/ 200) (300).

मुस्नद अहमद (42/ 124) (25220).

थप (4)

توضيح الأحكام مِن بلوغ المرام.

لعبد الله البسام (1/ 351).

منحة العلام في شرح بلوغ المرام.

لعبد الله الفوزان (1/ 397).