Skip to content

"जो कोही कुनै ठाउँमा ओर्लन्छ र यो दुआ पढ्छ: 'अऊजु बिकलिमातिल्लाहि-त्ताम्माति मिन् शर्रि मा खलक् ।’ (म अल्लाहको पूर्ण वचनहरूद्वारा सृष्टिको प्रत्येक हानीनोक्सानी बाट शरण चाहन्छु ।) त्यो ठाउँमा बसुन्जेल उसलाई कुनै पनि कुराले हानि गर्न सक्दैन ।"

खौलह बिन्ते हकीम अस्- सुलमिया (रजियल्लाहु अन्हा) ले बयान गरेकि छिन्, मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्दै गरेको सुनें, उहाँले भन्नुभयो :

"जो कोही कुनै ठाउँमा ओर्लन्छ र यो दुआ पढ्छ: 'अऊजु बिकलिमातिल्लाहि-त्ताम्माति मिन् शर्रि मा खलक् ।’ (म अल्लाहको पूर्ण वचनहरूद्वारा सृष्टिको प्रत्येक हानीनोक्सानी बाट शरण चाहन्छु ।) त्यो ठाउँमा बसुन्जेल उसलाई कुनै पनि कुराले हानि गर्न सक्दैन ।"

«مَنْ نَزَلَ مَنْزِلًا ثُمَّ قَالَ: أَعُوذُ بِكَلِمَاتِ اللهِ التَّامَّاتِ مِنْ شَرِّ مَا خَلَقَ، لَمْ يَضُرَّهُ شَيْءٌ حَتَّى يَرْتَحِلَ مِنْ مَنْزِلِهِ ذَلِكَ».

मुस्लिमले वर्णन गरेका छन्
सही
व्याख्या

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले आफ्नो उम्मत (अनुयायीहरु) लाई संसारको कुनै पनि ठाउँमा यात्रा गर्दा, भ्रमण गर्दा वा पिकनिक/बनभोज इत्यादिको लागि जाँदा लाभकारी शरण खोज्नको लागि मार्गदर्शन गर्नुभएको छ, ताकि ऊ दुष्ट प्राणी र डर लाग्ने हरेक खराबीबाट सुरक्षित रहन सकोस् । उहाँले भन्नुभयो, जब कोही कुनै ठाउँमा ओर्लन्छ र हरेक दुष्ट प्राणीहरूको खराबीबाट अल्लाहका वचनहरूद्वारा शरण लिन्छ, जुन पुण्य, आशीर्वाद र लाभको दृष्टिकोणले पूर्ण छन् र हरेक किसिमका दोष र कमिबाट मुक्त छन्, तब ऊ त्यहाँ बसुन्जेल हरेक पीडादायी चीजहरू र दुष्ट प्राणीहरूबाट सुरक्षित रहन्छ ।

शब्दको अर्थ

...:

हदीसका केही फाइदाहरू

शरण खोज्नु पनि उपासना हो अर्थात, अल्लाह, उहाँको नाम वा उहाँका गुणहरूमा शरण लिनु ।

अल्लाहको वचनमा शरण लिन अनुमति छ । किनभने अल्लाहको वचन उहाँको गुणहरू मध्ये एक हो । जबकि कुनै पनि प्राणीको शरण वा आश्रय लिनु मान्य छैन, किनभने यो शिर्क हो ।

यस दुआ (प्रार्थना) को फाइदा र आशिष् ।

अजकार/ दुवाहरु (प्रार्थना) द्वारा आफ्नो सुरक्षा खोज्दा अल्लाहले सेवकलाई हरेक हानी नोक्सानी (खराबी) बाट जोगाउँछन् ।

अल्लाह बाहेक जिन्न, जादूगर वा धोकेबाज आदिको शरण लिनु शिर्क हो ।

सामान्य अवस्थामा वा यात्राको क्रममा कतै ओर्लँदा दुआ पढ्नु सुन्नत हो ।

श्रोतहरू

सही मुस्लिम (4/ 2080) (2708).

थप (9)

مجموع الفتاوى (6/ 230).

القول المفيد على كتاب التوحيد.

لابن عثيمين (1/ 253).

الملخص في شرح كتاب التوحيد.

لصالح الفوزان (ص111).

الجديد في شرح كتاب التوحيد.

لمحمد القرعاوي (ص122).

معجم اللغة العربية المعاصرة.

لأحمد مختار (2/ 869).