عربي - Arabic English Qafár af - Afar Afrikaans - Afrikanns Akan Shqip - Albanian አማርኛ - Amharic Հայերեն - Armenian অসমীয়া - Assamese Azərbaycanca - Azerbaijani Bamanankan - Bambara Bassa Bemba বাংলা - Bengali Bosanski - Bosnian Български - Bulgarian မြန်မာဘာသာ - Burmese Bisaya - Cebuano Cham Нохчий - Chechen chiCheŵa - Chewa 中文 - Chinese Адыгэбзэ - Circassian Hrvatski - Croatian Česky - Czech Dagbani Dansk - Danish فارسی دری - Dari Dendi ދިވެހި ބަސް - Dhivehi Nederlands - Dutch إستوني - Estonian Suomi - Finnish Français - French Fulfulde - Fula ქართული - Georgian Deutsch - German Ελληνικά - Greek ગુજરાતી - Gujrati Kreyòl ayisyen - Haitian Creole Hausa हिन्दी - Hindi Magyar - Hungarian Igbo Indonesia - Indonesian Italiano - Italian 日本語 - Japanese Jóola - Jola ಕನ್ನಡ - Kannada Қазақша - Kazakh ភាសាខ្មែរ - Khmer Kikuyu Ikinyarwanda - Kinyarwanda Ikirundi - Kirundi 한국어 - Korean كوردی سۆرانی - kurdish كوردي kurmancî - Kurmanji Kyrgyz ລາວ - Lao latviešu - Latvian Lingala lietuvių - Lithuanian Luganda Македонски - Macedonian Maguindanaon Malagasy - Malagasy Bahasa Melayu - Malay മലയാളം - Malayalam Mandinka मराठी - Marathi Mõõré - Moore नेपाली - Nepali أنكو - NKo Norwegian ଓଡ଼ିଆ - Odia oromoo - Oromo پښتو - Pashto فارسی - Persian Polski - Polish Portuguese ਪੰਜਾਬੀ - Punjabi Română - Romanian Русский - Russian Српски - Serbian Shona සිංහල - Sinhala Slovenščina - Slovenian Soomaaliga - Somali Soninke Sesotho - Sotho Español - Spanish Kiswahili - Swahili Svenska - Swedish Tagalog Тоҷикӣ - Tajik தமிழ் - Tamil తెలుగు - Telugu ไทย - Thai ትግረኛ - Tigrinya Türkçe - Turkish Ukrainian اردو - Urdu ئۇيغۇرچە - Uyghur Ўзбек - Uzbek Việt Nam - Vietnamese Wolof Yao Yorùbá - Yoruba Zarma زولو - Zulu
683 Hadiths
Encyclopedia of Prophetic Hadiths
Categories
Grading
Narrated in
Narrator
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले सज्दा गर्दा यो दुआ पढ्नुहुन्थ्यो: "अल्लाहुम्मग्फिर ली जन्बी कुल्लहु, दिक्कहु व जिल्लहु, व अव्वलहु व आखिरहु, व अलानियतहु व सिर्रहु।" अर्थात् "हे अल्लाह! मेरा साना र ठूला, विगतका र वर्तमानका, खुला र गुप्त सबै पापहरू क्षमा गर्नुहोस्।"
सही मुस्लिमले वर्णन गरेका छन्
"हे मानिसहरू! अल्लाहसामु पश्चात्ताप गर र उहाँसँग क्षमा माग, किनकि म आफैँ पनि दिनमा सय पटक पश्चात्ताप गर्छु।"
सही मुस्लिमले वर्णन गरेका छन्
"अल्लाहुम्म लक अस्लम्तु, व बिक आमन्तु, व अलैक तवक्कल्तु, व इलैक अनब्तु, व बिक खासम्तु, अल्लाहुम्म इन्नी अऊजु बि इज्जतिक, ला इलाह इल्ला अन्त अन् तु जि़ल्लनी, अन्तल्-हैय्युल्लजी ला यमूतु, वल्-जिन्नो वल्-इन्सो यमुतून।" (अर्थ: हे अल्लाह! मैले तपाईंकै लागि इस्लाम स्वीकार गरेको छु, तपाईंमाथि नै आस्था राखेको छु, तपाईंमाथि नै भरोसा गरेको छु, तपाईंतर्फ नै फर्किएको छु, र तपाईंकै सहायताले तर्क-वितर्क (वा संघर्ष) गरेको छु। हे अल्लाह! तपाईंको महिमाको शरण लिँदै प्रार्थना गर्दछु कि मलाई पथभ्रष्ट हुनबाट जोगाउनुहोस्। तपाईंबाहेक कोही पनि सत्य उपास्य छैन। तपाईं सदा जीवित हुनुहुन्छ; तपाईंलाई कहिल्यै मृत्यु आउँदैन। जबकि समस्त जिन्न र मानवजातिको मृत्यु निश्चित छ।)
सही बुखारी र मुस्लिम दुवैले वर्णन गरेका छन् र यो शब्द मुस्लिमको हो, र यसलाई बुखारीले संक्षिप्त रूपमा वर्णन गरेका छन्
"जब कुनै व्यक्ति आफ्नो घरमा प्रवेश गर्दा र खाना खान सुरु गर्दा अल्लाहको नाम लिन्छ, तब शैतानले आफ्ना साथीहरूलाई भन्छ: "यहाँ तिमीहरूका लागि न त बास बस्ने ठाउँ छ, न त खानाको व्यवस्था।"
तर यदि त्यो व्यक्तिले घर प्रवेश गर्दा अल्लाहको नाम लिँदैन भने, शैतानले आफ्ना साथीहरूलाई भन्छ: "तिमीहरूले बास बस्ने ठाउँ भेट्टायौ।" र यदि खाना खाँदा पनि अल्लाहको नाम लिँदैन भने, शैतानले भन्छ: "तिमीहरूले बास बस्ने ठाउँ र खाना दुवै भेट्टायौ।"
सही मुस्लिमले वर्णन गरेका छन्
एक गाउँले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) कहाँ आयो र भन्यो: मलाई केही जिक्र (प्रार्थना) हरू सिकाउनुहोस्, जुन म पढ्न सकूँ । उहाँले भन्नुभयो : “भन : (ला इलाह इल्लल्लाहु वह्-दहू ला शरीक लहु, अल्लाहु-अक्बर कबीरा, वल्हम्दु-लिल्लाहि कषीरा, सुब्हानल्लाहि रब्बिल-आलमीन्, ला हौल वला कुव्वत इल्ला बिल्लाहिल-अजीजिल-हकीम) ।" उसले भन्यो: यी शब्दहरू त मेरा पालनकर्ताका लागि भए, अनि मेरो लागि चैँ? उहाँले भन्नुभयो: "भन:(अल्लाहुम्मग्-फिर्ली, वर्-हम्नी, वह्दिनी वर्जुक्नी) ।"
सही मुस्लिमले वर्णन गरेका छन्