मैले नबी (सल्लल्लाहु अलैहि वसल्लम) बाट दस रकाअतहरू सिकेको छु
इब्ने उमर (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्,
मैले नबी (सल्लल्लाहु अलैहि वसल्लम) बाट दस रकाअतहरू सिकेको छु । जुहरअघि दुई रकात, जुहरपछि दुई रकात, मगरिबपछि दुई रकात घरमा, इशापछि दुई रकात घरमा र बिहान (फजर) को नमाज अघि दुई रकात र यस समय कोही पनि रसूल (सल्लल्लाहु अलैहि वसल्लम) भएको ठाउँमा प्रवेश गर्दैन्थ्यो । हफ्सा (रजियल्लाहु अन्हा) ले मलाई भनिन्, जब मुअज्जिनले फजरको अजान दिन्थ्यो तब उहाँ दुई रकात नमाज पढ्नुहुन्थ्यो । अर्को हदीसमा छ: उहाँ जुमा नमाजपछि दुई रकात नमाज पढ्नुहुन्थ्यो ।
حَفِظْتُ مِنَ النَّبِيِّ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ عَشْرَ رَكَعَاتٍ: رَكْعَتَيْنِ قَبْلَ الظُّهْرِ، وَرَكْعَتَيْنِ بَعْدَهَا، وَرَكْعَتَيْنِ بَعْدَ المَغْرِبِ فِي بَيْتِهِ، وَرَكْعَتَيْنِ بَعْدَ العِشَاءِ فِي بَيْتِهِ، وَرَكْعَتَيْنِ قَبْلَ صَلاَةِ الصُّبْحِ، وَكَانَتْ سَاعَةً لاَ يُدْخَلُ عَلَى النَّبِيِّ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ فِيهَا، حَدَّثَتْنِي حَفْصَةُ أَنَّهُ كَانَ إِذَا أَذَّنَ المُؤَذِّنُ وَطَلَعَ الفَجْرُ صَلَّى رَكْعَتَيْنِ، وَفِي لَفْظٍ: أَنَّ النَّبِيَّ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ كَانَ يُصَلِّي بَعْدَ الْجُمُعَةِ رَكْعَتَيْنِ.
अब्दुल्लाह बिन उमर (रजियल्लाहु अन्हु) ले बताउँनु भयो कि उनले अल्लाहको रसूल (सल्लल्लाहु अलैहि वसल्लम) बाट दस रकाअत नवाफिल (अनिवार्य बाहेक अतिरिक्त वा स्वैच्छिक नमाज ) हरू याद गरेका छन्, जसलाई सुनन रवातिब (नियमित सुनन) भनिन्छ । (ती नमाजहरू निम्न अनुसार छन्), जुहरअघि दुई रकात र जुहरपछि दुई रकाअत । दुई रकाअत मगरिब पछि घरमा । दुई रकाअत ईशापछि घरमा । फजर भन्दा पहिले दुई रकाअत । यसरी कुल दश रकाअतहरू पूरा भए। र शुक्रबारको नमाज सम्पन्न भएपछि उहाँ दुई रकाअत पढ्नुहुन्थ्यो ।
...:
यी सुन्नतहरू नियमित रूपमा पढ्नु मुस्तहब (पुण्यदायी) हो ।
सुन्नत नमाज घरमा पढ्नु शरीयत अनुसार हो ।
सही बुखारी (2/ 58-59) (1180.
1181).
सही मुस्लिम (2/ 601) (882).
थप (2)
تيسير العلام شرح عمدة الأحكام.
للبسام (ص112).