Skip to content

"जिब्रीलले मलाई छिमेकीप्रति निरन्तर वसीयत गरीरहे यहाँसम्म कि मैले ख्याल गरे अब उनले छिटै छिमेकीलाई वारिस (उत्तराधिकारी) पनि बनाउने आदेश ल्याउनेछन्।"

अब्दुल्लाह बिन उमर (रजियल्लाहु अन्हुमा) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :

"जिब्रीलले मलाई छिमेकीप्रति निरन्तर वसीयत गरीरहे यहाँसम्म कि मैले ख्याल गरे अब उनले छिटै छिमेकीलाई वारिस (उत्तराधिकारी) पनि बनाउने आदेश ल्याउनेछन्।"

«مَا زَالَ يُوصِينِي جِبْرِيلُ بِالْجَارِ، حَتَّى ظَنَنْتُ أَنَّهُ سَيُوَرِّثُهُ».

मुत्तफकुन अलैहि
सही
व्याख्या

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) बताउँदै हुनुहुन्छ, जिब्रीलले छिमेकीको हेरचाह गर्नुपर्छ भनेर बारम्बार आदेश दिनुभयो । ध्यान राख्नुहोस्, छिमेकी त्यो व्यक्ति हो जसको ढोका तपाईंको ढोका नजिक हुन्छ , चाहे त्यो मुस्लिम होस् वा गैर-मुस्लिम, आफन्त होस् वा पराई । छिमेकीको हेरचाह गर्नु भनेको उसको अधिकारको रक्षा गर्नु, उसलाई दु:ख नदिनु, राम्रो व्यवहार गर्नु र उसले दिएको दु:खमा धैर्य गर्नु हो । जिब्रिलले छिमेकीको अधिकारलाई दिएको महत्त्व र उनको बारम्बार आदेशले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) सोच्न थाले, शायद मृत्यु पछि छिमेकीले पनि धनसम्पत्तिमा हिस्सा पाउनेछ ।

शब्दको अर्थ

...:

हदीसका केही फाइदाहरू

छिमेकीको अधिकारको महत्व र तिनको हेरचाह गर्ने कर्तव्य ।

छिमेकीको हकमा जोर दिएर नसीहत गर्नु पर्ने आवश्यकता भनेको उसलाई सम्मान गर्नु, उसलाई माया गर्नु, राम्रो व्यवहार गर्नु, उसलाई दुःखबाट जोगाउनु, बिरामी हुँदा भेट्नु, सुखको घडीमा बधाई दिनु र दुःखमा सान्त्वना दिनु ।

छिमेकीको ढोका जति नजिक हुन्छ, उसको अधिकार त्यति नै ठूलो हुन्छ ।

इस्लामी शरीयत एक पूर्ण विधान हो, जसमा छिमेकीहरूसँग राम्रो व्यवहार गर्ने र तिनीहरूलाई हानिबाट बचाउने जस्ता सामाजिक सुधारका सबै कुराहरू छन् ।

श्रोतहरू

सही बुखारी (8/ 10) (6014).

(8/ 10) (6015).

सही मुस्लिम (4/ 2025) (2624).

(4/ 2025) (2625).

थप (3)

نزهة المتقين شرح رياض الصالحين (1/ 300).

شرح رياض الصالحين.

لابن عثيمين (3/ 175).