“सबै कुरा भाग्य अनुसार मात्र हुन्छ, यहाँसम्म कि अक्षमता र चतुराई, वा चतुराई र अक्षमता पनि।”
ताउसले वर्णन गरेका छन् :मैले अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) का साथीहरूलाई भन्दै गरेको सुनेको छु, जो सबैले भन्न्थे कि सबै कुरा अल्लाहको निर्धारित भाग्य अनुसार घटित हुन्छ। र मैले अब्दुल्लाह बिन उमर (रजियल्लाहु अन्हुमा) लाई यसो भन्दै गरेको सुनेको छु, कि रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नु भयो : “
“सबै कुरा भाग्य अनुसार मात्र हुन्छ, यहाँसम्म कि अक्षमता र चतुराई, वा चतुराई र अक्षमता पनि।”
«كُلُّ شَيْءٍ بِقَدَرٍ، حَتَّى الْعَجْزِ وَالْكَيْسِ، أَوِ الْكَيْسِ وَالْعَجْزِ».
अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, सबै कुरा भाग्यको लेखा अनुसार हुन्छ; यहाँसम्म कि अक्षमता पनि भाग्यको कारणले हुन्छ, यस सन्दर्भमा अक्षमता भनेको लोक परलोक सँग सम्बन्धित अनिवार्य कार्यहरू नगर्नु, तिनीहरूलाई स्थगित गर्नु एवम् ढिलाइ गर्नु हो। र चतुराई पनि भाग्यले नैं हुन्छ , यस सन्दर्भमा चतुराई भनेको सांसारिक र परलोकको मामिलामा सक्रिय र कुशल हुनु हो । अल्लाहले क्षमता र अक्षमता र त्यस्ता सबै कुरा भाग्यमा लेखेका छन् ब्रह्माण्डमा कुनै पनि कुरा अल्लाहको ज्ञान र इच्छा बिना घट्दैन
...:
यसमा भाग्य बारे सहाबा (रसूल (सल्लल्लाहु अलैहि वसल्लम)का साथी) हरूको आस्थाको व्याख्या छ।
सबै कुरा अल्लाह द्वारा लेखिएको भाग्य अनुसार घटित हुन्छ, यहाँसम्म कि अक्षमता र क्षमता पनि भाग्य अनुसार हुन्छ ।
यस हदीस बाट रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को हदीसहरू वर्णन गर्दा सहाबहरूको सावधानी र सतर्कता प्रस्ट हुन्छ ।
राम्रो र नराम्रो, हरेक प्रकारको भाग्यमा विश्वास गर्ने कुराको वर्णन छ।
सही मुस्लिम (4/ 2045) (2655).
थप (3)
إكمال المعلم (8/143).
شرح النووي على مسلم (16/205).
الفتح الرباني لترتيب مسند الإمام أحمد بن حنبل الشيباني (1/ 122).