Skip to content
683 Hadiths

Encyclopedia of Prophetic Hadiths

Filter results

6 of 683 cards

Clear filters
“सबै कुरा भाग्य अनुसार मात्र हुन्छ, यहाँसम्म कि अक्षमता र चतुराई, वा चतुराई र अक्षमता पनि।”
सही मुस्लिमले वर्णन गरेका छन्
“जब अल्लाहले कसैको मृत्यु विशेष ठाउँमा हुने कुरा निश्चित गर्नुहुन्छ, तब उहाँले उसलाई त्यो ठाउँमा पुर्‍याउन लागि आवश्यक परिस्थितिहरू सिर्जना गर्नुहुन्छ।”
सही तिर्मीजीले वर्णन गरेका छन्
"हे बालक! म तिमीलाई केही महत्त्वपूर्ण कुराहरू सिकाउँदैछु: अल्लाहको (आदेशहरूको) रक्षा गर, उहाँले तिम्रो रक्षा गर्नुहुनेछ। तिमी उहाँ (का आदेशहरू) लाई मान, तिमीले उहाँलाई आफ्नो सामुन्ने पाउनेछौ। जब तिमीलाई केही माग्नुपर्ने हुन्छ तब अल्लाहसँग मात्र माग। जब तिमीलाई सहायता चाहिन्छ तब अल्लाहसँगै मात्र सहायता माग। यो कुरा पनि जानी राख कि यदि समस्त मानवजाति तिमीलाई कुनै लाभ पुर्‍याउन एकजुट भए पनि, उनीहरूले तिमीलाई त्यति मात्र लाभ पुर्‍याउन सक्छन्, जति अल्लाहले तिम्रो लागि लेखिदिनुभएको छ र यदि उनीहरू सबै तिमीलाई हानि पुर्‍याउन एकत्रित भए पनि, उनीहरूले तिमीलाई त्यति मात्र हानि पुर्‍याउन सक्छन्, जति अल्लाहले तिम्रो भाग्यमा लेखिदिनुभएको छ। भाग्य लेख्ने कलमहरू रोकिसकेका छन् र (भाग्यका) पानाहरू सुकिसकेका छन्।"
सही तिर्मिजी र अरूले पनि वर्णन गरेका छन्
“मोमिन पुरुष र मोमिन महिलामाथि—उनका जीवन, सन्तान र धनसम्पत्तिमा—निरन्तर विपत्तिहरू (परीक्षाहरू) आउने गर्छन्, यहाँसम्म कि मृत्यु पश्चात् जब उनीहरू अल्लाहसँग भेट गर्छन्, तब उनीहरूको जिम्मामा कुनै पनि पाप बाँकी रहँदैन।”
हसन तिर्मीजी र अहमदले वर्णन गरेका छन्
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले आफ्नो काकालाई भन्नुभयो: " ‘ला इलाह इल्लाल्लाह’ (अल्लाह बाहेक कोही ईश्वर छैन) भन्नुहोस्, म न्यायको दिन तपाईंको लागि गवाही दिनेछु ।" यो सुनेर उनले भने: यदि कुरैशका मानिसहरूले मेरो उपहास गर्दै नभन्ने थिए कि म डरका कारण त्यसो गर्न बाध्य भएँ, त मैले यो वचन पढेर तिमीलाई खुसी पार्ने थिएँ । यसै सम्बन्धमा अल्लाहले यो आयत (श्लोक) अवतरण गर्नुभयो: {वास्तवमा, तपाईंले जसलाई चाहानुहुन्छ त्यसलाई सत्मार्गको मार्गदर्शन गर्न सक्नुहुन्न, तर अल्लाह जसलाई चाहानुहुन्छ मार्गदर्शन गर्नुहुन्छ ।" [अल-कसस: ५६]}
सही मुस्लिमले वर्णन गरेका छन्
“हामीलाई अल्लाहको रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो, उहाँले सत्य बोल्नुहुन्छ र उहाँको भनाइ पूर्णतः सत्य हुन्छ: "तिमीहरू हरेकको सृष्टि उसको आमाको गर्भमा चालीस दिन र चालीस रात सम्म वीर्यको रूपमा जम्मा गरिन्छ, त्यसपछि अर्को ४० दिनसम्म बाक्लो र जमेको रगतको रूप लिन्छ । त्यस पछि अर्को ४० दिनमा मासुको डल्लोको रूप लिन्छ । त्यसपछि अल्लाहले एउटा फरिशता पठाउनुहुन्छ जसले अल्लाहको आदेश अनुसार त्यो व्यक्तिको जीविका, उमेर, कर्म र राम्रो वा नराम्रो हुनु बारे लेख्छ र त्यसपछि उसले त्यसमा रूह (आत्मा) हाल्छ । एक व्यक्तिले जीवनभर स्वर्गवासीहरूको कर्म गर्छ र जब उसको र स्वर्गको बीचमा एक हातको दूरी हुन्छ, त्यतिखेर उसको भाग्य उसमाथि हावी हुन्छ, र ऊ नर्कवासीहरूको कर्म गरेर नर्कमा प्रवेश गर्दछ । त्यसैगरी एक व्यक्तिले जीवनभर नर्कवासीको कर्म गर्छ र जब उसको र नर्कको बीचमा एक हातको दुरी रहन्छ तब उसको भाग्य उसमाथि हावी हुन्छ र ऊ स्वर्गवासीको कर्म गरेर स्वर्गमा प्रवेश गर्दछ ।"
सही बुखारी र मुस्लिमले वर्णन गरेका छन्