عربي - Arabic English Qafár af - Afar Afrikaans - Afrikanns Akan Shqip - Albanian አማርኛ - Amharic Հայերեն - Armenian অসমীয়া - Assamese Azərbaycanca - Azerbaijani Bamanankan - Bambara Bassa Bemba বাংলা - Bengali Bosanski - Bosnian Български - Bulgarian မြန်မာဘာသာ - Burmese Bisaya - Cebuano Cham Нохчий - Chechen chiCheŵa - Chewa 中文 - Chinese Адыгэбзэ - Circassian Hrvatski - Croatian Česky - Czech Dagbani Dansk - Danish فارسی دری - Dari Dendi ދިވެހި ބަސް - Dhivehi Nederlands - Dutch إستوني - Estonian Suomi - Finnish Français - French Fulfulde - Fula ქართული - Georgian Deutsch - German Ελληνικά - Greek ગુજરાતી - Gujrati Kreyòl ayisyen - Haitian Creole Hausa हिन्दी - Hindi Magyar - Hungarian Igbo Indonesia - Indonesian Italiano - Italian 日本語 - Japanese Jóola - Jola ಕನ್ನಡ - Kannada Қазақша - Kazakh ភាសាខ្មែរ - Khmer Kikuyu Ikinyarwanda - Kinyarwanda Ikirundi - Kirundi 한국어 - Korean كوردی سۆرانی - kurdish كوردي kurmancî - Kurmanji Kyrgyz ລາວ - Lao latviešu - Latvian Lingala lietuvių - Lithuanian Luganda Македонски - Macedonian Maguindanaon Malagasy - Malagasy Bahasa Melayu - Malay മലയാളം - Malayalam Mandinka मराठी - Marathi Mõõré - Moore नेपाली - Nepali أنكو - NKo Norwegian ଓଡ଼ିଆ - Odia oromoo - Oromo پښتو - Pashto فارسی - Persian Polski - Polish Portuguese ਪੰਜਾਬੀ - Punjabi Română - Romanian Русский - Russian Српски - Serbian Shona සිංහල - Sinhala Slovenščina - Slovenian Soomaaliga - Somali Soninke Sesotho - Sotho Español - Spanish Kiswahili - Swahili Svenska - Swedish Tagalog Тоҷикӣ - Tajik தமிழ் - Tamil తెలుగు - Telugu ไทย - Thai ትግረኛ - Tigrinya Türkçe - Turkish Ukrainian اردو - Urdu ئۇيغۇرچە - Uyghur Ўзбек - Uzbek Việt Nam - Vietnamese Wolof Yao Yorùbá - Yoruba Zarma زولو - Zulu
683 Hadiths
Encyclopedia of Prophetic Hadiths
Grading
Narrated in
Narrator
Show all narrators (204)
"जसले हाम्रो विरुद्धमा हतियार (शस्त्र) उठाउँछ, ऊ हामी मध्येको होइन ।"
सही मुत्तफकुन अलैहि
"जब कुनै भक्त बिरामी हुन्छ वा यात्रा गर्दछ भने, उसको लागि घरमा बसेको बेला र स्वस्थ हुँदा गरेको उपासना बराबर प्रतिफल लेखिन्छ ।"
सही बुखारीले वर्णन गरेका छन्
"जसले दुई शीतल समयको नमाज पढ्छ ऊ स्वर्ग मा प्रवेश गर्नेछ ।"
सही मुत्तफकुन अलैहि
"यो कुर्आनलाई निरन्तर सम्हाली राख। अल्लाहको कसम; जसको कब्जामा मेरो प्राण छ, यो कुरआन (स्मरणबाट) बाँधिएको ऊँटभन्दा अझ चाँडो फुत्कन्छ।"
सही मुत्तफकुन अलैहि
म अश्अरी समुदायका केही व्यक्तिहरूसँग रसूल (सल्लल्लाहु अलैहि वसल्लम) कहाँ आएँ। मैले उहाँसँग सवारी मागें, तर उहाँले भन्नुभयो: "अल्लाहको कसम! म तिमीहरूलाई सवारी दिन सक्दिनँ र मसँग तिमीहरूलाई दिने कुनै सवारी पनि छैन।" त्यसपछि हामी अल्लाहले चाहेजति समयसम्म त्यहाँ बस्यौं। यसैबीच केही ऊँटहरू उहाँकहाँ आए र उहाँले हामीलाई तीनवटा ऊँटहरू दिन आदेश दिनुभयो।
त्यहाँबाट निस्केपछि हामीमध्ये केही मानिसहरूले अरूलाई भने: "अल्लाहले हाम्रो यस कार्यमा बर्कत (आशीर्वाद) दिने छैनन्। हामीले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) कहाँ आएर सवारीको लागि अनुरोध गर्यौं र उहाँले हामीलाई सवारी दिन नसक्ने कसम खानुभयो, तर पछि उहाँले हामीलाई दिनुभयो।"
अबू मुसाले भने: हामी रसूल (सल्लल्लाहु अलैहि वसल्लम) कहाँ फर्कियौं र उहाँलाई यस कुराकानीबारे खबर गर्यौं। उहाँले भन्नुभयो: "हेर, मैले तिमीहरूलाई सवारीसाधन दिएको होइन, बरु अल्लाहले तिमीहरूका लागि व्यवस्था गरीदिनुभएको हो। अल्लाहको कसम! जब म कुनै कुरा प्रति कसम खान्छु, अनि त्योभन्दा अर्को कुरामा भलाइ देख्छु भने, म आफ्नो कसमको कफ्फारा (प्रायश्चित) दिन्छु र त्यही गर्छु जुन उत्तम हुन्छ।"
सही मुत्तफकुन अलैहि
"कुर्आन पढ्ने मुमिनको उदाहरण बिमिरो जस्तै हो, जसको सुगन्ध राम्रो हुन्छ र स्वाद पनि मिठो हुन्छ । कुर्आन नपढ्ने मुमिनको उदाहरण खजूर जस्तै हो, जसमा कुनै सुगन्ध हुँदैन, तर स्वाद मिठो हुन्छ । कुर्आन पढ्ने मुनाफिक (पाखण्डी, कपटी) को उदाहरण 'रैहान' (तुलसी) जस्तै हो, जसको सुगन्ध राम्रो हुन्छ, तर स्वाद तितो हुन्छ । कुर्आन नपढ्ने पाखण्डीको उदाहरण 'इन्द्रायण ' (करेला जात को फर्सी जस्तै आकारको फल) जस्तै हो, जसमा कुनै सुगन्ध हुँदैन र उसको स्वाद पनि करेला जस्तो तितो हुन्छ ।"
सही मुत्तफकुन अलैहि