عربي - Arabic English Qafár af - Afar Afrikaans - Afrikanns Akan Shqip - Albanian አማርኛ - Amharic Հայերեն - Armenian অসমীয়া - Assamese Azərbaycanca - Azerbaijani Bamanankan - Bambara Bassa Bemba বাংলা - Bengali Bosanski - Bosnian Български - Bulgarian မြန်မာဘာသာ - Burmese Bisaya - Cebuano Cham Нохчий - Chechen chiCheŵa - Chewa 中文 - Chinese Адыгэбзэ - Circassian Hrvatski - Croatian Česky - Czech Dagbani Dansk - Danish فارسی دری - Dari Dendi ދިވެހި ބަސް - Dhivehi Nederlands - Dutch إستوني - Estonian Suomi - Finnish Français - French Fulfulde - Fula ქართული - Georgian Deutsch - German Ελληνικά - Greek ગુજરાતી - Gujrati Kreyòl ayisyen - Haitian Creole Hausa हिन्दी - Hindi Magyar - Hungarian Igbo Indonesia - Indonesian Italiano - Italian 日本語 - Japanese Jóola - Jola ಕನ್ನಡ - Kannada Қазақша - Kazakh ភាសាខ្មែរ - Khmer Kikuyu Ikinyarwanda - Kinyarwanda Ikirundi - Kirundi 한국어 - Korean كوردی سۆرانی - kurdish كوردي kurmancî - Kurmanji Kyrgyz ລາວ - Lao latviešu - Latvian Lingala lietuvių - Lithuanian Luganda Македонски - Macedonian Maguindanaon Malagasy - Malagasy Bahasa Melayu - Malay മലയാളം - Malayalam Mandinka मराठी - Marathi Mõõré - Moore नेपाली - Nepali أنكو - NKo Norwegian ଓଡ଼ିଆ - Odia oromoo - Oromo پښتو - Pashto فارسی - Persian Polski - Polish Portuguese ਪੰਜਾਬੀ - Punjabi Română - Romanian Русский - Russian Српски - Serbian Shona සිංහල - Sinhala Slovenščina - Slovenian Soomaaliga - Somali Soninke Sesotho - Sotho Español - Spanish Kiswahili - Swahili Svenska - Swedish Tagalog Тоҷикӣ - Tajik தமிழ் - Tamil తెలుగు - Telugu ไทย - Thai ትግረኛ - Tigrinya Türkçe - Turkish Ukrainian اردو - Urdu ئۇيغۇرچە - Uyghur Ўзбек - Uzbek Việt Nam - Vietnamese Wolof Yao Yorùbá - Yoruba Zarma زولو - Zulu
683 Hadiths
Encyclopedia of Prophetic Hadiths
Grading
Narrated in
Narrator
Show all narrators (204)
"उहाँकी आमा बिन्ते रवाहाले उहाँका पितासँग आफ्नो छोराका लागि सम्पत्तिबाट केही अंश उपहार (हिबा) स्वरूप दिन माग गर्नुभयो। उहाँका पिताले एक वर्षसम्म यस कुरालाई टार्नुभयो र पछि उहाँ उपहार दिन तयार हुनुभयो। तब उहाँकी आमाले भन्नुभयो: 'तपाईँले मेरो छोरालाई दिनुभएको उपहारमा जबसम्म रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई साक्षी राख्नुहुन्न, तबसम्म म सन्तुष्ट हुने छैन।' त्यसपछि मेरा पिताले मेरो हात समात्नुभयो—त्यस समयमा म एक बालक थिएँ—र रसूल (सल्लल्लाहु अलैहि वसल्लम) कहाँ उपस्थित भई भन्नुभयो: 'हे अल्लाहका रसूल! यस बालककी आमा, बिन्ते रवाहाले चाहनुहुन्छ कि मैले उहाँको छोरालाई जे उपहार दिएको छु, त्यसमा तपाईं साक्षी बस्नुहोस्।' तब रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले सोध्नुभयो: 'हे बशीर! के यस बाहेक तिम्रा अरू सन्तान पनि छन्?' उहाँले जवाफ दिनुभयो: 'हो हजुर, छन्।' रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले पुनः सोध्नुभयो: 'के तिमीले आफ्ना सबै सन्तानलाई यस्तै उपहार दिएका छौ?' उहाँले भन्नुभयो: 'छैन।' यो सुनेर रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: 'त्यसो भए मलाई साक्षी नराख, किनभने म कुनै पनि अन्यायपूर्ण कार्यको साक्षी बन्दिनँ।'
सहीह मुस्लिमको अर्को वर्णनमा छ: '(रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो:) त्यसोभए यस कार्यका लागि म बाहेक अरू कसैलाई साक्षी राख।'"
सही बुखारी, मुस्लिम र यसका अनेकाैं शब्दहरू छन्
"कयामतको दिन नर्कवासीहरूमध्ये सबैभन्दा कम सजाय पाउने व्यक्ति त्यो हुनेछ जसको लागि दुईवटा जुत्ता र जुत्ता बाँध्ने दुईवटा आगोका डोरीहरू हुनेछन्, जसबाट उसको दिमाग भाँडो जस्तै खोलिनेछ। उसले सोच्नेछ, उसलाई भन्दा कडा सजाय कसैलाई दिइएको छैन, तर वास्तवमा उसले सबैभन्दा हल्का सजाय भोगिरहेको हुनेछ।"
सही मुत्तफकुन अलैहि
"हलाल (वैध) स्पष्ट छ र हराम (निषेधित) स्पष्ट छ र यी दुवैको बीचमा केही शंकास्पद र संदिग्ध कुराहरू छन्, जुन धेरै मानिसहरूलाई थाहा छैन ।तसर्थ, जसले आफूलाई शंकास्पद कुराहरूबाट जोगाउँछ उसले आफ्नो धर्म र इज्जतलाई जोगायो र जसले शंकास्पद कुराहरूलाई पछ्याउने गर्छ, त्यो निषेधित कुराहरूमा फस्नेछ । यसको उदाहरण एक गोठालो सरह हो, जसले निषेधित क्षेत्र (खेत) को वरिपरि जनावरहरू चराउँछ र उसको जनावर त्यसमा चर्ने सम्भावना हुन्छ । सुन्नुहोस्! हरेक राजाको केही निषेधित क्षेत्र हुन्छन् (जसमा कसैलाई प्रवेश गर्न अनुमति छैन) र अल्लाहको निषेधित क्षेत्र भनेको हराम (निषेधित) कुराहरू हुन् । सावधान होउ, शरीरमा मासुको एउटा टुक्रा छ, जब यो सही हुन्छ, सम्पूर्ण शरीर ठीक रहन्छ र जब यो बिग्रिन्छ, सम्पूर्ण शरीर बिग्रन्छ, त्यो हृदय हो ।"
सही मुत्तफकुन अलैहि
"आस्थावानहरूको आपसी प्रेम र एकअर्काप्रतिको करुणाको उदाहरण एउटा शरीर जस्तै हो, जसको कुनै अंग दुख्दा पूरै शरीरले पीडा महसुस गर्छ, निन्द्रासमेत उड्छ र पूरै शरीरलाई ज्वरो आउँछ ।"
सही मुत्तफकुन अलैहि
"अल्लाहले तोकेको (निषेध र वर्जित कार्यहरुको) सिमानाको पालना गर्ने र त्यसको उल्लङ्घन गर्नेहरूको उदाहरण एउटै डुङ्गामा यात्रा गरिरहेका मानिसहरूजस्तै हो, जसमा ति सबैले चिट्ठा हालेर डुङ्गामा आ-आफ्नो स्थान निर्धारण गरे, जसमध्ये केही मानिसहरूले डुङ्गाको माथिल्लो भागमा र केहीले तल्लो भागमा स्थान पाए। तल्लो भागमा रहेकाहरूले पानी लिन माथिल्लो भाग भएर जानुपर्थ्यो, त्यसैले उनीहरूले सोचे - हामीले आफ्नै भागमा प्वाल किन नबनाउने? ताकि माथिल्लो भागमा रहेकाहरूलाई कुनै असुविधा नहोस् । अब यदि माथिल्लो भागमा बस्नेहरूले तल्लो भागमा रहेकालाई तिनीहरूले सोचे अनुसार प्वाल गर्न दिए भने सबै नाश हुनेछन् र तर यदि उनीहरूले तल्लो भागका मानिसहरूको हात समातेर (त्यस्तो गर्न नदिए) रोके भने, आफूहरूसहित सबै सुरक्षित रहनेछन् ।"
सही बुखारीले वर्णन गरेका छन्
"दुआ (प्रार्थना) नै उपासना हो ।" त्यसपछि उहाँले यो श्लोक पढ्नुभयो : "तिम्रो प्रभुले भन्नुभएको छ: मलाई पुकार, म तिम्रो प्रार्थना स्वीकार गर्नेछु । निस्सन्देह, मेरो उपासनादेखि विमुख हुनेहरू चाँडै अपमानित हुनेछन् र नरकमा प्रवेश गर्नेछन् ।" [सूह गाफिर: ६०]
सही अबू दाउद, तिर्मीजी, इब्ने माजह र अहमदले वर्णन गरेका छन्