"तिमीले गरेका ती राम्रो कर्महरूको कारणले नै तिमीले इस्लाम स्वीकार गरेको छौ।"
हकीम बिन हिजाम (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, उहाँ भन्नु हुन्छः
मैले भने: हे अल्लाहको रसूल ! म जाहिलिया (इस्लाम पूर्व) को समयमा परोपकार गर्थे, दासहरूलाई मुक्त गर्थे तथा पारिवारिक सम्बन्ध कायम राख्थे, के मलाई ती सत्कर्महरूको कुनै प्रतिफल प्राप्त हुनेछ ? रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: " "तिमीले गरेका ती राम्रो कर्महरूको कारणले नै तिमीले इस्लाम स्वीकार गरेको छौ।"
قُلْتُ: يَا رَسُولَ اللَّهِ، أَرَأَيْتَ أَشْيَاءَ كُنْتُ أَتَحَنَّثُ بِهَا فِي الجَاهِلِيَّةِ مِنْ صَدَقَةٍ أَوْ عَتَاقَةٍ، وَصِلَةِ رَحِمٍ، فَهَلْ فِيهَا مِنْ أَجْرٍ؟ فَقَالَ النَّبِيُّ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ: «أَسْلَمْتَ عَلَى مَا سَلَفَ مِنْ خَيْرٍ».
नबी (सल्लल्लाहु अलैहि वसल्लम)ले स्पष्ट गर्नुभएको छ कि यदि काफिरले इस्लाम स्वीकार गर्दछ भने, उसलाई इस्लाम स्वीकार गर्नु अघि जाहिलियतको समयमा गरेको दान, दासलाई स्वतन्त्र गराउने, र नातागोतालाई जोड्ने जस्ता सुकर्महरूको प्रतिफल दिइन्छ।
أتحنث: أتعبد.
यस हदीस ले प्रस्ट पार्छ कि यस लोकमा राम्रो कर्म गर्ने काफिर यदि कुफ्र (अविश्वास) को अवस्थामा मर्यो भने उसले परलोकमा ती असल कर्महरूको कुनै प्रतिफल पाउने छैन ।
सही बुखारी (2/ 114) (1436).
सही मुस्लिम (1/ 113) (123).
थप (5)
المفهم (1/332).
شرح النووي على مسلم (2/140).
عمدة القاري شرح صحيح البخاري (22/ 96).
فتح الباري لابن حجر (3/ 302).
البحر المحيط الثجاج (3/499).