"तिम्रो बोली सधैं अल्लाहको स्मरण र जिक्रमा तल्लीन रहोस्।
अब्दुल्लाह बिन बुस्र (रजियल्लाहु अन्हु) बाट वर्णन गरिएको छ, एक व्यक्ति नबी (सल्लल्लाहु अलैहि वसल्लम) कहाँ आए र भने: "हे अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ! इस्लामका नियम र कर्तव्यहरू हाम्रा लागि अत्यधिक भएका छन्, त्यसैले हामीलाई कुनै यस्तो एउटा मूल सिद्धान्त बताइदिनुहोस्, जसको पालना हामीले दृढतापूर्वक गर्न सकौँ।" नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो:
"तिम्रो बोली सधैं अल्लाहको स्मरण र जिक्रमा तल्लीन रहोस्।" अर्को हदीसमा, मुआज बिन जबल (रजियल्लाहु अन्हु) बाट वर्णित छ: मैले रसूल अल्लाह (सल्लल्लाहु अलैहि वसल्लम) सँग अन्तिम विदा लिँदा सोधेँ, "कुन कार्य सबैभन्दा उत्कृष्ट र अल्लाहको सबैभन्दा नजिक पुर्याउने कार्य हो?" उहाँले भन्नुभयो: "मृत्यु हुने समयसम्म तिम्रो बोलि सर्वोच्च र महान अल्लाहको स्मरण (जिक्र) मा तल्लीन रहोस्।"
«لاَ يَزَالُ لِسَانُكَ رَطْبًا مِنْ ذِكْرِ اللَّهِ». وفي رواية: مِنْ حَدِيثِ مُعَاذِ بْنِ جَبَلٍ رَضِيَ اللَّهُ عَنْهُ: آخِرُ مَا فَارَقْتُ عَلَيْهِ رَسُولَ اللَّهِ صَلَّى اللَّهُ عَلَيْهِ وَسَلَّمَ أَنْ قُلْتُ: أَيُّ الأَعْمَالِ خَيْرٌ وَأَقْرَبُ إِلَى اللَّهِ؟ قَالَ: «أَنْ تَمُوتَ وَلِسَانُكَ رَطْبٌ مِنْ ذِكْرِ اللَّهِ عَزَّ وَجَلَّ».
एक जना मान्छेले नबी (सल्लल्लाहु अलैहि वसल्लम) सित गुनासो गर्यो, नफ्ली (ऐच्छिक) उपासनाहरूको संख्या धेरै भएको अनि आफु कमजोर भएकोले त्कायसलाई पुरा गर्न असमर्थ छु। त्यसपछि उनले नबी (सल्लल्लाहु अलैहि वसल्लम) लाई एउटा सजिलो कामको लागि मार्गदर्शन गर्न आग्रह गरे जसले ठूलो प्रतिफल ल्याउनेछ, जुन उसले पालन गर्न र दृढतापूर्वक समात्न सक्नेछ। सो अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले उसलाई यसको तरिका बताउनु भयो, निरन्तर मुखमा अल्लाह जिक्र होस् र हरेक अवस्था र हालतमा अल्लाहको याद होस्; जिक्रमा सुब्हानल्लाह, अल्हम्दुदिल्लाह, अस्तग्फिरुल्लाह आदि दुआहरू ।
अल्लाहलाई निरन्तर सम्झनुको सद्गुण।
इनाम र कल्याण (भलो) कमाउने माध्यमहरू सहज बनाउनु अल्लाहको ठूलो आशीर्वाद हो।
भलाई र पुण्यका कामहरूमा मानिसहरू फरक-फरक हुन्छन्।
धेरै भन्दा धेरै र मन लगाएर सुब्हानल्लाह, अल्हम्दुदिल्लाह, ला इलाह इल्लाल्लाह, अल्लाहु अक्बर आदि भन्नु कैयौँ नफील उपासनाहरू भन्दा उत्तम हुन्छ ।
उहाँ (सल्लल्लाहु अलैहि वसल्लम) ले प्रश्नकर्तालाई उपयुक्त हुने कुरा ध्यानमा राखेर जवाफ दिनु ।
सुनन् तिर्मिजी (5/ 318) (3375).
सुनन् इब्ने माजह (4/ 707) (3793).
मुस्नद अहमद (29/ 226) (17680).
थप (8)
جامع العلوم والحكم في شرح خمسين حديثا من جوامع الكلم.
لابن رجب الحنبلي (2/ 510).
التحفة الربانية في شرح الأربعين حديثًا النووية.
لإسماعيل الأنصاري (ص104).
فتح القوي المتين في شرح الأربعين وتتمة الخمسين.
للنووي وابن رجب (ص154).
الأحاديث الأربعون النووية وعليها الشرح الموجز المفيد.
لعبد الله بن صالح المحسن (ص93).