Skip to content

म अल्लाह सामु यस कुरा प्रति असहमति जनाउन्छु , कि तिमीहरूमध्ये कोही मेरो 'खलील' (विशेष साथी) होस्। किनकि अल्लाहले मलाई आफ्नो ‘खलील’ (विशेष मित्र) बनाउनुभएको छ, जसरी उहाँले इब्राहीम (अलैहिस्सलाम) लाई आफ्नो खलील

जुनदुब (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्,

मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई आफ्नो मृत्यु भन्दा पाँच दिन अघि यसो भन्दै गरेको सुने: "म अल्लाह सामु यस कुरा प्रति असहमति जनाउन्छु , कि तिमीहरूमध्ये कोही मेरो 'खलील' (विशेष साथी) होस्। किनकि अल्लाहले मलाई आफ्नो ‘खलील’ (विशेष मित्र) बनाउनुभएको छ, जसरी उहाँले इब्राहीम (अलैहिस्सलाम) लाई आफ्नो खलील बनाउनुभएको थियो । यदि मैले मेरो उम्मतबाट कसैलाई ‘खलील’ बनाएको भए अबु बकरलाई बनाउने थिएँ । सुन, तिमीहरूभन्दा अघिका मानिसहरू आफ्ना धर्मी र नबीहरूका चिहानहरूलाई मस्जिदमा परिणत गर्थे । खबरदार! चिहानलाई पूज्यस्थल नबनाउनु, म तिमीहरूलाई त्यसो गर्नबाट रोक्दछु ।"

سمعت النبي صلى الله عليه وسلم قبل أن يموت بخمسٍ وهو يقول: «إني أبرأ إلى الله أن يكون لي منكم خليلٌ، فإن الله تعالى قد اتخذني خليلًا، كما اتخذ إبراهيم خليلًا، ولو كنت متخذًا من أمتي خليلًا لاتخذت أبا بكر خليلًا، ألا وإن من كان قبلكم كانوا يتخذون قبور أنبيائهم وصالحيهم مساجد، ألا فلا تتخذوا القبور مساجد، إني أنهاكم عن ذلك».

मुस्लिमले वर्णन गरेका छन्
सही
व्याख्या

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले अल्लाहको दृष्टिमा आफ्नो स्थान र उहाँ अल्लाहको समीप प्रेमको सर्वोच्च स्थानमा हुनुहुन्छ भनी बताउनुभएको छ । अल्लाहको नजरमा उहाँको त्यही स्थान छ, जुन इब्राहीम (अलैहिस्सलाम) ले प्राप्त गरेका थिए । त्यसैले अल्लाह बाहेक मेरो कोही 'खलील' छैन भनेर स्पष्ट पार्नुभयो । किनकि उहाँको हृदय अल्लाहको प्रेम, श्रद्धा र पहिचानले भरिएको हुनाले यसमा अरू कसैको लागि खाली ठाउँ छैन । हो, यदि मानिसहरू मध्ये कोही उहाँको खलील (विशेष साथी) भएको भए अबु बकर (रजियल्लाहु अन्हु) ले यो पद प्राप्त गर्ने थिए । त्यसपछि उहाँले प्रेमको अनुमोदित सीमाभन्दा बाहिर जाने बारे चेताउनी दिनुभयो, जसरी यहूदी र इसाईहरूले आफ्ना नबीहरू र धर्मी मानिसहरूको चिहानहरूसँग गरे र अल्लाहको सट्टा तिनीहरूको पूजा गर्न थाले र उनीहरूको चिहानमाथि मस्जिद र पूजास्थलहरू निर्माण गर्न थाले । तसर्थ रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले आफ्नो उम्मतलाई उनीहरू जस्ता कामहरू गर्न वर्जित गर्नुभयो ।

शब्दको अर्थ

بخمس: خمس ليال.

إني أبرأ: أمتنع وأنكر.

من كان قبلكم: يعني: اليهود والنصارى.

हदीसका केही फाइदाहरू

यस हदीसमा अबु बकर (रजियल्लाहु अन्हु) को उत्कृष्टता, सम्पूर्ण सहाबाहरूमध्ये सर्वोत्कृष्ट र नबीको मृत्युपछि उहाँ खलीफा (उत्तराधिकारी) हुनका लागि सबैभन्दा योग्य व्यक्ति हुन् भनेर पनि प्रस्ट हुन्छ ।

चिहानहरू माथि मस्जिद निर्माण गर्नु अघिल्लो समुदायले गरेका ठूलो गल्तीहरू मध्ये एक हो ।

चिहानलाई पूजास्थल बनाउन; तिनीहरूको नजिक वा त्यसतर्फ मुख गरेर नमाज पढ्न र चिहान माथि मस्जिद वा गुम्बजहरू निर्माण गर्न निषेध गरिएको छ, किनकि यसले शिर्कलाई निम्त्याउँछ ।

धर्मी मानिसहरूको बारेमा बढाइचढाइ गर्न निषेध गरिएको छ, किनकि यसले शिर्कको ढोका खोल्छ ।

पैगम्बर (सल्लल्लाहु अलैहि वसल्लम सल्लल्लाहु अलैहि वसल्लम) द्वारा सूचित गरिएको यस कार्यको खतराको अनुमान यस तथ्यबाट गर्न सकिन्छ कि उनले आफ्नो मृत्युको पाँच दिन अघि यसबाट बच्न आदेश दिए।

श्रोतहरू

सही मुस्लिम (1/ 377) (532).

थप (5)

شرح النووي على مسلم (5/ 13).

الجديد في شرح كتاب التوحيد.

لمحمد القرعاوي (ص188).

الملخص في شرح كتاب التوحيد.

لصالح الفوزان (ص172).