सबै प्रशंसा योग्य अल्लाह नै हुनुहुन्छ, जसले (इब्लिस') को षड्यन्त्रलाई वस्वसा (कुविचारहरू) सम्म मात्र सीमित गरिदिए ।"
अब्दुल्लाह बिन अब्बास (रजियल्लाहु अन्हुमा) ले वर्णन गरेका छन्, उहाँले भन्नुहुन्छ:
एक व्यक्ति रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को सेवामा आयो र भन्यो: हे अल्लाहका रसूल! हाम्रो मनमा केही केही यस्ता गलत विचारहरू आउँछन्, जसलाई शब्दमा व्यक्त गर्नु भन्दा खरानी बन्नु प्यारो छ । उहाँले भन्नुभयो: "अल्लाहु अक्बर, अल्लाह महान हुनुहुन्छ, सबै प्रशंसा योग्य अल्लाह नै हुनुहुन्छ, जसले (इब्लिस') को षड्यन्त्रलाई वस्वसा (कुविचारहरू) सम्म मात्र सीमित गरिदिए ।"
جاءَ رجُلُ إلى النبي صلى الله عليه وسلم فقال: يا رسولَ اللهِ، إن أحدنا يجدُ في نفسِهِ -يُعرِّضُ بالشَّيءِ- لأَن يكونَ حُمَمَةً أحَبُّ إليه من أن يتكلَّم بِهِ، فقال: «اللهُ أكبرُ، اللهُ أكبرُ، الحمدُ لله الذي ردَّ كيدَه إلى الوسوسَةِ».
एक व्यक्ति रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को सेवामा आए र भने: हे अल्लाहका रसूल! हाम्रो मनमा केही यस्ता गलत विचारहरू आउँछन्, जसको दुष्टता ले गर्दा त्यसलाई शब्दमा व्यक्त गर्नु भन्दा खरानी बन्नु प्यारो छ । रसूल (सल्लल्लाहु अलैहि वसल्लम) दुइपटक अल्लाहु अक्बर भन्नुभयो र अल्लाहको प्रशंसा गर्नुभयो, कि अल्लाहले शैतान (इब्लिस') को षड्यन्त्रलाई वस्वसा (कुविचारहरू) सम्म मात्र सीमित गरिदिनुभयो ।"
...:
शैतान आस्थावानहरूको हृदयमा कुविचार र शंका उत्पन्न गर्ने मौका को प्रतिक्षामा रहन्छ, जसद्वारा तिनीहरू लाई आस्था इमान बाट निकाली पुनः कुफ्रतिरै फर्काउन चाहन्छ।
यसमा आस्थावानको तुलनामा शैतानको कमजोरीको वर्णन छ र यस कुरा को पुष्टि छ कि शैतानले मनमा भ्रम वा शंका उत्पन्न गर्न बाहेक अरु केही गर्न सक्दैन।
मुस्लिमले शैतानको वस्वसा (कुविचार र शंका) को वास्तै गर्नु हुन्न,र उक्त विचारहरु दिमागबाट नै निकाल्नु पर्नेहुन्छ।
कुनै मनपर्ने वस्तु देख्दा वा अचम्म लाग्दा 'अल्लाहु अकबर' भन्नु मुस्तहब (राम्रो) हो ।
मुस्लिमले नबुझेको कुराबारे विद्वानलाई सोध्न वैध छ ।
सही मुस्लिम (1/ 119) (132).
थप (4)
सुनन अबी दाउद (7/ 435) (5112) السنن الكبرى للنسائي (9/ 249) (10435).
شرح سنن أبي داود للعباد (580/ 28).
شرح سنن أبي داود لابن رسلان (19/370).
ومرقاة الصعود (3/1301).