Skip to content

त्यसपछि उहाँले भन्नुभयो: "हे मानिसहरू, धर्ममा अतिवादबाट टाढा रहनु, किनकि तिमीभन्दा अघिका मानिसहरू धर्ममा अतिवादका कारणले नै नष्ट भएका थिए।"

अब्दुल्लाह बिन अब्बास (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्,

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले अक्बाको बिहान आफ्नो ऊँटमा सवारी भएको अवस्थामा भन्नुभयो: "मेरो लागि केही स-साना ढुङ्गाहरू लिएर आऊ।" मैले उहाँको लागि चनाको दाना बराबरका सातवटा ढुङ्गाहरू ल्याइदिएँ। उहाँले ती ढुङ्गाहरूलाई आफ्नो हत्केलामा राखेर हल्लाउँदै भन्नुभयो: "यस्तै साना ढुङ्गाहरूले हान्नु।" त्यसपछि उहाँले भन्नुभयो: "हे मानिसहरू, धर्ममा अतिवादबाट टाढा रहनु, किनकि तिमीभन्दा अघिका मानिसहरू धर्ममा अतिवादका कारणले नै नष्ट भएका थिए।"

قَالَ رَسُولُ اللَّهِ صَلَّى اللَّهُ عَلَيْهِ وَسَلَّمَ غَدَاةَ الْعَقَبَةِ وَهُوَ عَلَى نَاقَتِهِ: «الْقُطْ لِي حَصًى» فَلَقَطْتُ لَهُ سَبْعَ حَصَيَاتٍ، هُنَّ حَصَى الْخَذْفِ، فَجَعَلَ يَنْفُضُهُنَّ فِي كَفِّهِ وَيَقُولُ: «أَمْثَالَ هَؤُلَاءِ فَارْمُوا» ثُمَّ قَالَ: «أَيُّهَا النَّاسُ، إِيَّاكُمْ وَالْغُلُوَّ فِي الدِّينِ، فَإِنَّما أَهْلَكَ مَنْ كَانَ قَبْلَكُمْ الْغُلُوُّ فِي الدِّينِ».

अबू दाउद, निसाई र अहमदले वर्णन गरेका छन्
सही
व्याख्या

अब्दुल्लाह बिन अब्बास (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्, हज्जतुल-वदाअ (अन्तिम हज) को अवसरमा कुर्बानीको दिन; ठूलो जमरातलाई ढुङ्गाले हान्ने दिनको बिहान उनी नबी (सल्लल्लाहु अलैहि वसल्लम) को साथमा थिए । उहाँले उनलाई जमरातका लागि ढुङ्गाहरू सङ्कलन गर्न आदेश दिनुभयो, उनले उहाँको लागि सातवटा ढुङ्गाहरू जम्मा गरे । ती प्रत्येक ढुङ्गा चनाको दाना आकारका थिए । नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले ती ढुङ्गाहरूलाई आफ्नो हत्केलामा राखेर हल्लाउनु भयो र भन्नुभयो: "यही आकारको ढुङ्गा हान्नु।" त्यसपछि नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले धार्मिक मामिलामा अतिवादबाट टाढा रहन र तोकिएको सीमा उल्लङ्घन नगर्न चेतावनी दिनुभयो, किनभने पहिलेका समुदायहरू धर्ममा अतिशयोक्ति र अतिवादकै कारणले नष्ट भएका थिए। ।

शब्दको अर्थ

...:

हदीसका केही फाइदाहरू

धर्ममा अतिशयोक्ति निषेध छ । यसको नराम्रो परिणाम हुन्छ र यसले विनाश निम्त्याउँछ भन्ने कुरा उल्लेख गरिएको छ ।

अघिल्लो समुदायका गल्तीहरूबाट जोगिन हामीले उनीहरूबाट पाठ सिक्नुपर्छ ।

यसमा सुन्नतको अनुसरण गर्न प्रोत्साहन दिइएको छ।

श्रोतहरू

सुनन् निसाई (5/ 268)(3057).

सुनन् इब्ने माजह (4/ 228) (3029).

मुस्नद अहमद (5/ 298) (3248).

थप (4)

الملخص في شرح كتاب التوحيد.

لصالح الفوزان (ص165).

الجديد في شرح كتاب التوحيد.

لمحمد القرعاوي (ص179).