Skip to content

"जसले कुनै मोमिनको संसारिक समस्याबाट कुनै समस्या हटाउँछ, अल्लाहले कायमतको दिन उसको एक समस्या हटाउनु हुनेछ

अबु हुरैरह् (रजिअल्लाहु अनहु) बाट वर्णन छ, उहाँ भन्नुहुन्छ: अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयोः

"जसले कुनै मोमिनको संसारिक समस्याबाट कुनै समस्या हटाउँछ, अल्लाहले कायमतको दिन उसको एक समस्या हटाउनु हुनेछ । जसले कुनै गरिबको दुःखमा सहजता ल्याउँछ, अल्लाहले उसलाई संसार र परलोकमा सहजता दिनेछन् । जसले कुनै मुस्लिमको गल्तीलाई ढाकछोप गर्दछ, अल्लाहले संसार र परलोकमा उसको गल्तीलाई ढाकछोप गर्नुहुन्छ। अल्लाह मानिसको सहायता गरिरहनुहुन्छ जबसम्म त्यो मानिस आफ्ना भाइहरूको सहायता गर्दै जान्छ। जो व्यक्ति ज्ञानको खोजीमा कुनै मार्गमा लाग्छ, अल्लाहले त्यसको निम्ती उसका लागि स्वर्गको बाटो सजिलो बनाउनेछन्। जब केही मानिसहरू अल्लाहको कुनै घरमा भेला भएर अल्लाहको किताब (कुरआन) को पाठ गर्छन् र एकअर्कालाई सिकाई रहन्छन्, तब उनीहरूमा शान्ति अवतरण हुन्छ, अल्लाहको कृपा उनीहरूलाई ढाक्छ र अल्लाहले आफ्ना फरिश्ताहरू माँझ उसको चर्चा गर्नुहुन्छ। जसको कर्मले उसलाई पछाडि पार्छ भने उसको वंशले उसलाई अघि बढाउन सक्दैन।"

«مَنْ نَفَّسَ عَنْ مُؤْمِنٍ كُرْبَةً مِنْ كُرَبِ الدُّنْيَا نَفَّسَ اللهُ عَنْهُ كُرْبَةً مِنْ كُرَبِ يَوْمِ الْقِيَامَةِ، وَمَنْ يَسَّرَ عَلَى مُعْسِرٍ يَسَّرَ اللهُ عَلَيْهِ فِي الدُّنْيَا وَالْآخِرَةِ، وَمَنْ سَتَرَ مُسْلِمًا سَتَرَهُ اللهُ فِي الدُّنْيَا وَالْآخِرَةِ، وَاللهُ فِي عَوْنِ الْعَبْدِ مَا كَانَ الْعَبْدُ فِي عَوْنِ أَخِيهِ، وَمَنْ سَلَكَ طَرِيقًا يَلْتَمِسُ فِيهِ عِلْمًا سَهَّلَ اللهُ لَهُ بِهِ طَرِيقًا إِلَى الْجَنَّةِ، وَمَا اجْتَمَعَ قَوْمٌ فِي بَيْتٍ مِنْ بُيُوتِ اللهِ يَتْلُونَ كِتَابَ اللهِ وَيَتَدَارَسُونَهُ بَيْنَهُمْ إِلَّا نَزَلَتْ عَلَيْهِمِ السَّكِينَةُ، وَغَشِيَتْهُمُ الرَّحْمَةُ، وَحَفَّتْهُمُ الْمَلَائِكَةُ، وَذَكَرَهُمُ اللهُ فِيمَنْ عِنْدَهُ، وَمَنْ بَطَّأَ بِهِ عَمَلُهُ لَمْ يُسْرِعْ بِهِ نَسَبُهُ».

मुस्लिमले वर्णन गरेका छन्
सही
व्याख्या

अल्लाहका नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले प्रष्ट पार्नुभयो कि अल्लाहको नजरमा मुस्लिमलाई त्यही किसिमको पुण्य र प्रतिफल प्राप्त हुन्छ, जुन उसले अरू मुस्लिमहरूसँग व्यवहार गर्छ। जसले कुनै मुस्लिमबाट दुनियाको कुनै कठिनाइ वा पीडा हटाउँदछ भने अल्लाह तआलाले त्यसको बदलामा उसलाई कयामतको दिनका कठिनाइहरू र कष्टहरू मध्ये कुनै एक कठिनाइबाट मुक्ति दिनुहुनेछ। जसले कुनै कठिनाइमा परेका (ऋणी वा पीडित) व्यक्तिलाई सजिलो बनायो, उसमाथिको कठिनाइ हटायो र उसको बोझ हल्का गर्‍यो, अल्लाह तआला उसलाई पनि दुनियाँ र आखिरत दुबैमा सजिलो र राहत प्रदान गर्नुहुनेछ। जसले कुनै मुस्लिमको कमजोरी वा गल्ती (जसको भेद खुल्न उचित हुँदैन) लुकायो र उसको इज्जत ढाक्यो, अल्लाह तआला उसलाई पनि दुनियाँ र आखिरत दुबैमा ढाक्नुहुनेछ । अल्लाह आफ्नो भक्त (मोमिन) को सहयोगी रही रहनुहुन्छ, जबसम्म त्यो भक्त (मोमिन) आफ्ना धार्मिक र सांसारिक कामहरूमा आफ्ना भाइ (मुस्लिम) को मद्दत गर्न लागिपरेको हुन्छ। यो मद्दत दुआद्वारा, भौतिक सहयोगद्वारा, आर्थिक सहयोगद्वारा वा अन्य कुनै तरिकाबाट हुन सक्छ। जसले अल्लाहको खुशी/प्रशन्नता प्राप्तिको नीयतले धार्मिक ज्ञान हासिल गर्नको लागि यात्रा गर्‍यो (वा प्रयास गर्‍यो), अल्लाह तआला उसलाई त्यस ज्ञानको कारण स्वर्गतर्फ जाने बाटो सजिलो बनाइदिनुहुन्छ। जब कुनै समूह अल्लाहका घरहरूमध्ये (मस्जिद) कुनै घरमा भेला हुन्छन् र अल्लाहको किताब (कुरआन) तिलावत गर्छन् र आपसमा त्यसको अध्ययन गर्छन्, तब उनीहरूमा अमन र शान्ति अवतरण हुन्छ, सम्मान र गम्भीरता (वकार) ले तिनीहरूलाई ढाक्छ, अल्लाहको रहमतले उनीहरूलाई घेर्छ, फरिश्ताहरूले तिनीहरूलाई घेर्छन् र अल्लाह तआला आफ्ना नजिकका फरिश्ताहरूको बीचमा उनीहरूको प्रशंसा गर्नुहुन्छ। यसभन्दा ठूलो सम्मान के हुन सक्छ, अल्लाह स्वयं आफ्नो भक्तको नाम उच्च सभामा लिनुहुन्छ। जसको कर्म (अमल) अधूरो हुन्छ, उसलाई राम्रो काम गर्नेहरूको दर्जासम्म पुग्न दिइँदैन। त्यसैले कसैले पनि आफ्नो वंशको इज्जत र पूर्वजहरूको महानताको भरमा मात्र निर्भर गरेर काममा लापरबाही गर्नु हुँदैन।

हदीसका केही फाइदाहरू

इब्न दकीक अल्ईदले भन्नुभयो: यो महान हदीस हो, यसमा विभिन्न प्रकारका ज्ञान, सिद्धान्त र शिष्टाचार/ आचरणहरू समेटिएका छन्। यस हदीसमा मुस्लिमहरूको आवश्यकता पूरा गर्ने, तिनीहरूलाई लाभ पुर्‍याउने, चाहे त्यो ज्ञानद्वारा होस्, धनद्वारा, सहयोगद्वारा, हितकारी सल्लाहद्वारा, वा राम्रो सुझाव वा परामर्शद्वारा — सबैको ठूलो प्रतिफल (सवाब) उल्लेख गरिएको छ।

आर्थिक कठिनाइमा परेकाहरूका लागि सजिलो बनाउन प्रोत्साहन।

मुस्लिमलाई मद्दत गर्न प्रोत्साहन र यो शिक्षा कि जसले आफ्ना मुस्लिम भाइलाई मद्दत गर्छ, अल्लाह तआलाले त्यसको अनुरूप स्वयम् उसलाई मद्दत गर्नुहुन्छ।

मुस्लिमको त्रुटि ढाक्ने एक तरिका यो पनि हो कि उसको कमजोरी र गल्तीहरू खोज्ने प्रयास नगर्नु। सलफ ए सालिहीन् मध्येका केही विद्वानहरूले भनेका छन्: “मैले केही मानिसहरूलाई यस्तो पाएको थिएँ कि जब उनीहरूमा कुनै दोष/गल्तीहरू थिएनन्, तर जब उनीहरूले अरूको दोष/गल्ती हरूको चर्चा गर्न थाले, तब मानिसहरूले पनि उनीहरूका कमजोरीहरू खोज्न थाले। अनि मैले त्यसको विपरीत केही मानिसहरू यस्तो पनि पाएको थिएँ कि जब उनीहरूको आफ्नै कमजोरी र गल्तीहरू थिए, तर उनीहरूले अरूको गल्तीहरूको कुरा गरेनन्, फलस्वरूप उनीहरूको गल्ती र कमजोरीहरू पनि अरु मानिसहरूले बिर्सिए।”

मानिसहरूको गल्ती र कमजोरी ढाक्नुको अर्थ यो होइन कि गल्ती देख्दा त्यसलाई परिवर्तन नगर्ने र त्यसै छोडिदिने। बरु, दोष/गल्तीलाई सुधार्ने प्रयास गर्न सकिन्छ र त्यसलाई मर्यादापूर्वक ढाक्न पनि सकिन्छ। यो त्यस्ता व्यक्तिहरूको लागि हो जसलाई भ्रष्टाचार वा अत्याचारमा संलग्न भनेर चिनिएको छैन। तर जो व्यक्तिको कुरा भ्रष्टाचार वा अत्याचारमा कुख्यात वा परिचित छ, उसमा ढाक्ने काम लाई प्रेरित गरिँदैन। यस्तो अवस्थामा उसको विषयलाई अख्तियारवाला अधिकारीसम्म पुर्‍याउनु पर्छ, जबसम्म त्यसबाट अन्य ठूलो समस्या नहोस्। यसको कारण के हो भने, उसलाई ढाक्नु उसको भ्रष्टाचारमा प्रोत्साहन दिन्छ, अरू मानिसहरूलाई पनि नोक्सान पुर्‍याउन हिम्मत दिन्छ र अन्य दुष्ट र हठी मानिसहरूलाई पनि उक्साउँछ।

ज्ञान हासिल गर्न, कुरआन पढ्न र एकअर्कालाई सुनाउन प्रोत्साहन।

इमाम अन-नववीले भन्नुहुन्छ: यसमा मस्जिदमा कुरआन पढ्न भेला हुनेको फजीलतको प्रमाण छ। यदि अल्लाहको इच्छा भए, यस फजीलतमा मस्जिदको सट्टा विद्यालय, रबात (धार्मिक केन्द्र) वा यस्तै अन्य स्थानमा भेला भएर अध्ययन गर्नु पनि समावेश हुन्छ।

प्रतिफल (सवाब) केवल सत्कर्महरूमा निर्भर हुन्छ, वंश वा परिवारको उपर निर्भर हुँदैन।

श्रोतहरू

सही मुस्लिम (4/ 2074) (2699).

थप (6)

التحفة الربانية.

لإسماعيل الأنصاري (ص82).

الأحاديث الأربعون النووية وعليها الشرح الموجز المفيد.

لعبد الله المحسن (ص69).

شرح الأربعين النووية.

لابن عثيمين (ص355).