Skip to content

के म तिमीलाई त्यस मिसन/ अभियानमा नपठाऊ, जसमा अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले मलाई पठाउनुभएको थियो? तिमीले यदि कुनै पनि मुर्तिलाई देख्यौ भने त्यसलाई मेटाई देऊ र कुनै अग्लो कब्र (चिहान) छ भने त्यसलाई समतल गरी देऊ ।

अबुल हय्याज असदीले बयान गरेका छन्,

अली बिन अबी तालिब (रजियल्लाहु अन्हु) ले मलाई भन्नुभयो: के म तिमीलाई त्यस मिसन/ अभियानमा नपठाऊ, जसमा अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले मलाई पठाउनुभएको थियो? तिमीले यदि कुनै पनि मुर्तिलाई देख्यौ भने त्यसलाई मेटाई देऊ र कुनै अग्लो कब्र (चिहान) छ भने त्यसलाई समतल गरी देऊ ।

قَالَ لِي ‌عَلِيُّ بْنُ أَبِي طَالِبٍ: أَلَا أَبْعَثُكَ عَلَى مَا بَعَثَنِي عَلَيْهِ رَسُولُ اللهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ؟ أَنْ لَا تَدَعَ تِمْثَالًا إِلَّا طَمَسْتَهُ، وَلَا قَبْرًا مُشْرِفًا إِلَّا سَوَّيْتَهُ.

मुस्लिमले वर्णन गरेका छन्
सही
व्याख्या

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) आफ्ना साथीहरूलाई यो भन्दै पठाउनुहुन्थ्यो, जुन मूर्ति भेट्टाउछौ, त्यसलाई नष्ट गरिदेऊ वा मेटाइ देऊ । हदीसमा ‘तिम्साल’ शब्दको प्रयोग भएको छ, जसको अर्थ आत्मा भएको वस्तुको चित्र हो, चाहे त्यो आकारमा होस् वा आकारविहीन । त्यसैगरी अग्लो चिहान फेला परेमा त्यसलाई जमिनसँग समतल बनाउने र त्यसमाथि बनेका भवन वा आकृति आदि भत्काउने वा धेरै नउठाउने गरी जमिनसँग समतल बनाउने । यो लगभग एक बित्ता जति अग्लो हुनुपर्छ । त्योभन्दा बढी होइन ।

शब्दको अर्थ

...:

हदीसका केही फाइदाहरू

जीवित वस्तुको तस्बिर बनाउन हराम हो । किनकि यसले शिर्कतर्फ लैजान्छ ।

शक्ति र अख्तियार भएको व्यक्तिले हातले गलत कुरा हटाउनु शरीयत बाट प्रोत्साहित छ।

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) जाहिलीयत (इस्लाम पूर्वको अज्ञानताको) कालका प्रत्येक चिन्हलाई तुरुन्तै हटाउन उत्सुक हुनुहुन्थ्यो, जस्तै चित्रहरू, मूर्तिहरू र चिहानहरूमा बनेका भवनहरू आदि ।

श्रोतहरू

सही मुस्लिम (2/ 666) (969).

थप (8)

القول المفيد على كتاب التوحيد.

لابن عثيمين (2/ 446).

الملخص في شرح كتاب التوحيد.

لصالح الفوزان (ص402).

الجديد في شرح كتاب التوحيد.

لمحمد القرعاوي (ص447).

كتاب التوحيد.

للإمام محمد بن عبد الوهاب (ص138).