वुजूका सुन्नतहरू के के हुन् र तिनको संख्या कति हो?
- الموضوعات
- الطهارةأحكام الوضوء
- التصنيف الشرعي
- الفقهالطهارةالوضوءسنن وآداب الوضوء
- الباب / الفصل
- قسم الفقه
السؤال
س6: ما هي سنن الوضوء، وعددها؟
प्रश्न ६: वुजूका सुन्नतहरू के के हुन् र तिनको संख्या कति हो?
الجواب
ج:سنن الوضوء: وهي التي لو فعلها المتوضئ؛ له مزيد من الأجر والثواب، ولو تركها؛ فلا إثم عليه، ووضوؤه صحيح.
- التسمية: بسم الله.
لحديث:
«لا وضوء لمن لم يذكر اسم الله عليه»
رواه أبو داود.
- السواك.
«لولا أن أشق على أمتي لأمرتهم بالسواك مع كل وضوء»
رواه أحمد.
- غسل الكفين.
- تخليل الأصابع.
«أسبغ الوضوء، وخلل بين الأصابع، وبالغ في الاستنشاق، إلا أن تكون صائمًا»
رواه أهل السنن.
- الغسلة الثانية والثالثة للأعضاء.
- البدء باليمين.
لحديث: أم المؤمنين عائشة رضي الله عنها قالت:
«كان النبي صلى الله عليه وسلم يعجبه التيمن في تنعله، وترجله، وطهوره وفي شأنه كله»
متفق عليه.
- الذكر بعد الوضوء:
«أشهد أن لا إله إلا الله، وحده لا شريك له، وأشهد أن محمدًا عبده ورسوله».
رواه مسلم.
- الصلاة ركعتين بعده.
«من توضأ نحو وضوئي هذا ثم صلى ركعتين لا يحِّدث فيهما نفسه، غفر له ما تقدم من ذنبه»
رواه البخاري ومسلم.
उत्तर: वुजूका सुन्नत भन्नाले यस्ता कार्यहरूलाई जनाउँछ, जुन गरेमा थप पुण्य प्राप्त हुन्छ र नगर्दा कुनै पाप लाग्दैन र वुजू सही हुन्छ।
१. बिस्मिल्लाह पढ्नु।
यसको प्रमाण यो हदीस हो:
“जसले वुजू गर्दा अल्लाहको नाम (बिस्मिल्लाह) लिँदैन, उसको वुजू हुँदैन।”
(अबू दाऊद)
२. मिसवाक (दतिवन) गर्नु।
“यदि मेरा अनुयायीहरूलाई कठिनाइ नभएको भए, म तिनीहरूलाई प्रत्येक वुजूका साथ मिस्वाक गर्ने आदेश दिने थिएँ।”
(अहमद)
३. दुवै हत्केलाहरू धुनु।
४. औँलाहरूबीच पानी पुर्याउनु।
“वुजू राम्रोसँग गर, औँलाहरूबीच पानी पुर्याऊ र नाकमा राम्ररी पानी तान, तर यदि रोजा भए यसो नगर।”
यसलाई सुननका संकलनकर्ताहरूले वर्णन गरेका छन्।
५. वजूका अंगहरूलाई दुई दुई र तीन तीन पटक धुनु।
६. दायाँबाट सुरु गर्नु।
यसको प्रमाण: उम्मुल् मुमिनीन आइशा (रजियल्लाहु अन्हा) को हदीस हो, उनले भनिन्:
"नबी (सल्लल्लाहु अलैहि व सल्लम) लाई जुत्ता/चप्पल लगाउँदा, कपालमा कंघी गर्दा, वुजू गर्दा र सम्पूर्ण कामहरू दाहिने तर्फबाट सुरुवात गर्न मन पर्थ्यो।"
(बुखारी र मुस्लिम)
७. वुजूपछिकाे दुआ पढ्नु:
"अश्हदु अल्ला इलाहा इल्लल्लाहु वहदहू ला शरीक् लहू, व अश्हदु अन्न मुह़म्मदन अब्दुहु व रसूलुहू।" अर्थ: म गवाही दिन्छु, अल्लाह बाहेक अरू कोही उपास्य छैन, उहाँ एक्लै हुनुहुन्छ र उहाँकाे कुनै साझेदार छैन। म गवाही दिन्छु, मुहम्मद उहाँका भक्त र रसूल हुनुहुन्छ।
(मुस्लिम)
८. त्यसपछि दुई रकअत नमाज पढ्नु।
"जसले मैले गरे जस्तै वजू गर्छ, त्यसपछि दुई रकअत नमाज पढ्छ र त्यसमा उसले आफ्नो मनमा कुनै अनावश्यक कुरा गरेन भने उसका अघिल्ला पापहरू क्षमा गरिन्छन्।"