Skip to content

"जसको दुई पत्नीहरू छन् र उनी ती मध्ये एकतर्फ झुकाव राख्छ, त्यो कियामतको दिन उसको एउटा पाटो बाङ्गो भएर आउनेछ।"

अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ:

"जसको दुई पत्नीहरू छन् र उनी ती मध्ये एकतर्फ झुकाव राख्छ, त्यो कियामतको दिन उसको एउटा पाटो बाङ्गो भएर आउनेछ।"

«مَنْ كَانَتْ لَهُ امْرَأَتَانِ فَمَالَ إِلَى إِحْدَاهُمَا، جَاءَ يَوْمَ الْقِيَامَةِ وَشِقُّهُ مَائِلٌ».

अबू दाऊद, तिर्मिजी, निसाई, इब्ने माजह र अहमदले वर्णन गरेका छन्
सही
व्याख्या

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो, जसकोएक भन्दा बढी पत्नीहरू छन्, तर उनले ती पत्नीहरू बीच सम्भव न्याय गर्न सकेन, जस्तै खर्च, आवास, लुगा र रात बिताउने मामिलामा। तिनीहरूको सजाय कियामतको दिन यस्तो हुनेछ, उसको शरीरको आधा भाग एकातिर झुकेको हुनेछ। जसरी उनी आफ्नै मामिलामा पक्षपाती थिए।

हदीसका केही फाइदाहरू

दुई वा सोभन्दा बढी पत्नीहरूको हकमा, पतिले उनीहरू बीच न्यायपूर्वक बाँडफाँड गर्नु अनिवार्य छ। उसलाई एउटै पत्नीतर्फ झुक्नु निषेध गरिएको छ, चाहे त्यो खर्च, पालनपोषण, रात बिताउने वा राम्रो संगत गर्ने आदिमा होस्।

आफ्नो नियन्त्रणमा रहेको कुराहरूमा समान न्याय गर्नुपर्छ। जहाँसम्म प्रेम र हृदयको झुकाव वा जुन मानिसको नियन्त्रणमा छैनन्, तिनीहरू यस हदीस अन्तर्गत पर्दैन। अल्लाहको भनाइको अर्थ यही हो: "तिमीहरूले चाहे पनि महिलाहरूबीच न्याय गर्न सक्दैनौ।" [सूरह अन-निसा: १२९]

मानिसले कर्म अनुसार पुरस्कृत हुनेछ। त्यसकारण, जसरी एक पुरुषले यस संसारमा एउटी श्रीमतीलाई छोडेर अर्को श्रीमतीतिर फर्कियो, त्यसरी नै, जब ऊ न्यायको दिन देखा पर्छ, उसको शरीर एकातिर ढल्केको हुनेछ।

दासहरूको अधिकारको महत्त्व। दासहरूको अधिकार क्षमा गरिने छैन। किनभने यी अधिकारहरू लोभ र पूर्ण हिसाब-किताबमा आधारित हुन्छन्।

जब कुनै पुरुषलाई आफ्नी पत्नीहरू बीच न्यायपूर्ण व्यवहार गर्न नसक्ने डर हुन्छ, तब धर्मको उल्लंघन नगर्नको लागि उसलाई एक पत्नीमा मात्र सीमित राख्न सिफारिस गरिन्छ। अल्लाह तआलाले भनेका छन्: {यदि तिमीहरूले न्याय गर्न सक्दैनौ भन्ने डर छ भने एउटी पत्नीमै सीमित रह} [सुरह अन-निसा: ३]।

श्रोतहरू

सुनन अबी दाउद (3/ 469) (2133).

सुनन् निसाई (7/ 63) (3942).

सुनन् तिर्मिजी (2/ 434) (1141).

सुनन् इब्ने माजह (3/ 143) (1969).

मुस्नद अहमद (13/ 320) (7936).

थप (9)

توضيح الأحكام مِن بلوغ المرام.

لعبد الله البسام (5/ 449).

فتح ذي الجلال والإكرام شرح بلوغ المرام.

لابن عثيمين (4/ 631).

منحة العلام في شرح بلوغ المرام.

لعبد الله الفوزان (7/ 463).

عون المعبود شرح سنن أبي داود.

ومعه حاشية ابن القيم.

محمد أشرف العظيم آبادي (6/ 121).