Skip to content

"तिम्रो लागि आफ्नो हातले यसरी गर्न पर्याप्त थियो ।" त्यसपछि उहाँले आफ्नो दुवै हात भुइँमा एक पटक हान्नुभयो र आफ्नो दाहिने हातले देब्रे हात, हत्केलाको पछाडि र अनुहारमा मसह (पुछ्नुभयो) गर्नुभयो ।

अम्मार बिन यासिर (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्,

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले मलाई एउटा काममा पठाउनुभयो । (यात्राको क्रममा) म जुन्बी (विर्य निस्कने कारणले हुने अपवित्रता) भएँ र (नुहाउनको लागि) पानी पाइनँ , त्यसैले म माटोमा जनावरले लडीबुडी गरे झैं लोटपोट गरें । त्यसपछि म नबी (सल्लल्लाहु अलैहि वसल्लम) को सेवामा उपस्थित भएँ र उहाँलाई उक्त घटनाबारे भनें , उहाँले भन्नुभयो: "तिम्रो लागि आफ्नो हातले यसरी गर्न पर्याप्त थियो ।" त्यसपछि उहाँले आफ्नो दुवै हात भुइँमा एक पटक हान्नुभयो र आफ्नो दाहिने हातले देब्रे हात, हत्केलाको पछाडि र अनुहारमा मसह (पुछ्नुभयो) गर्नुभयो ।

بَعَثَنِي رَسُولُ اللهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ فِي حَاجَةٍ، فَأَجْنَبْتُ فَلَمْ أَجِدِ الْمَاءَ، فَتَمَرَّغْتُ فِي الصَّعِيدِ كَمَا تَمَرَّغُ الدَّابَّةُ ثُمَّ أَتَيْتُ النَّبِيَّ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ، فَذَكَرْتُ ذَلِكَ لَهُ فَقَالَ: «إِنَّمَا كَانَ يَكْفِيكَ أَنْ تَقُولَ بِيَدَيْكَ هَكَذَا» ثُمَّ ضَرَبَ بِيَدَيْهِ الْأَرْضَ ضَرْبَةً وَاحِدَةً، ثُمَّ مَسَحَ الشِّمَالَ عَلَى الْيَمِينِ، وَظَاهِرَ كَفَّيْهِ وَوَجْهَهُ.

मुत्तफकुन अलैहि
सही
व्याख्या

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले अम्मार बिन यासिर (रजियल्लाहु अन्हु) लाई कुनै कामको लागि बाहिर पठाउनुभयो । यात्राको क्रममा सम्भोग वा वीर्य स्खलन भएकोले जुन्बी (अपवित्र) हुनु भयो र तर उनले नुहाउनको लागि पानी पाएनन्। त्यतिबेला जनाबत (ठूलो अपवित्रता) पछि तयम्मुम गर्न मिल्छ भन्ने कुरा उनलाई थाहा थिएन । तर हदस अस्गर (सानो अपवित्रता) मा तयम्मुम गर्न अनुमति छ भन्ने कुरा थाहा थियो । त्यसैले उनले इज्तिहाद (साधार विचारविमर्श) गरे, र यो निष्कर्ष निकाले कि जसरी हदस अस्गर (सानो अपवित्रता) को अवस्थामा (वुजूको आवश्यकता हुँदा पानी नहुने स्थितिमा) वुजू गरिने केही अङ्गहरूमा मात्र माटोले तयम्मुम गरिन्छ, त्यसैगरी जनाबत (ठूलो अपवित्रता) हुने अवस्थामा (पवित्रता को लागि पानी नहुने स्थितिमा पानिले पुरै शरीर नुहाउने जसरी गरेर) भुइँमा लडीबुडी गरी सम्पूर्ण शरीरमा माटो लगाएर पवित्रता प्राप्त गर्न सकिन्छ ; अतः उहाँले त्यसै गरेर नमाज पढ्नु भयो । पछि जब उनी रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को सेवामा आए, तब उनको सो कार्य सही थियो कि थिएन भनेर जान्नका लागि उक्त घटनाबारे उहाँलाई जानकारी गराए। त्यसो सुनेर, नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले उनलाई दुवै प्रकारका अशुद्धता (हदथ) अर्थात् सानो अशुद्धता (जस्तै पिसाब) र ठूलो अशुद्धता (जस्तै जनाबत) बाट शुद्ध हुने तरिका सिकाउनुभयो। यो तरिका यस्तो छ: माटोमा एकपटक दुवै हातले प्रहार गर्ने, त्यसपछि बायाँ हातले दाहिने हातको पछाडि, अनि दुवै हत्केलाको पछाडि र अनुहारमा मसह गर्ने ।

शब्दको अर्थ

...:

हदीसका केही फाइदाहरू

तयम्मुम गर्नु अघि पानी खोज्नुपर्ने अनिवार्य छ ।

हदस अकबर (जनाबत जस्तो ठूलो अपवित्रता) भएको र पानी नभेट्ने व्यक्तिको लागि तयम्मुम गर्नु जायज छ ।

हदस अकबर (ठूलो अपवित्रता) र हदस अस्गर (सानो अपवित्रता) दुवैको लागि तयम्मुम गर्ने तरिका एउटै हो ।

श्रोतहरू

सही बुखारी (1/ 77) (347).

सही मुस्लिम (1/ 280) (368).

थप (6)

الإلمام بشرح عمدة الأحكام.

لإسماعيل الأنصاري (1/ 60).

تيسير العلام شرح عمدة الأحكام.

لعبد الله البسام (ص72).

تنبيه الأفهام شرح عمدة الأحكام.

لابن عثيمين (1/ 92).