Skip to content
683 Hadiths

Encyclopedia of Prophetic Hadiths

Filter results

8 of 683 cards

Clear filters
एक दिन रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले हाम्रो बीचमा उभिएर यस्तो प्रभावशाली उपदेश दिनुभयो जसले हाम्रो हृदय काँप्यो र हाम्रा आँखाहरू आँसुले भरिए । कसैले भन्यो, हे अल्लाहको रसूल! तपाईंले यस्तो उपदेश दिनुभएको छ, जुन विदाई प्रवचन जस्तो देखिन्छ । त्यसैले कृपया हामीलाई केही नसीहत गर्नुहोस् । उहाँले भन्नुभयो: "अल्लाहसँग डराउनु र आफ्ना शासकहरूको आदेश सुन्नु र पालन गर्नु, चाहे शासक एक कालो दास भए पनि । तिमीहरूले मेरो पछि धेरै विवाद देख्ने छौ। त्यसैले मेरो सुन्नत र सही मार्गनिर्देशित खलीफाहरूको सुन्नतको अनुसरण गर्नु ।" यसलाई बङ्गाराले भएपनि समात्नु । धर्मको नाममा नयाँ कुराहरूबाट टाढा रहनु । प्रत्येक विदअत (धर्मको नाममा गर्ने नयाँ कुरा) भ्रम र पथभ्रष्टता हो ।"
सही अबू दाउद, तिर्मीजी, इब्ने माजह र अहमदले वर्णन गरेका छन्
मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) बाट सुनेका सबै कुराहरू सुरक्षित राख्ने उद्देश्यले लेख्थें । तर कुरैशका केही मानिसहरूले मलाई त्यसो गर्नबाट रोके र भने, "के तिमी रसूल (सल्लल्लाहु अलैहि वसल्लम) बाट सुनेका सबै कुरा लेख्छौ, जबकि उहाँ एक पनि मानव हुनुहुन्छ र क्रोध र खुशीको अवस्थामा कुरा गर्नुहुन्छ ? त्यसैले मैले लेख्न बन्द गरें र रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई यसबारे सोधे । उहाँले आफ्नो औंलाले आफ्नो मुखतिर संकेत गर्दै भन्नुभयो: " तिमीले लेखे हुन्छ, कसम (अल्लाहको), जसको कब्जामा मेरो ज्यान छ, यो (मुख) बाट सत्य बाहेक केही निस्कँदैन ।"
सही अबू दाऊदले वर्णन गरेका छन्
"होसियार! सम्भव छ कि एक व्यक्ति आफ्नो अडेसदार आसनमा अडेस लगाएर विराजमान हुनेछ,र मेरो हदीस ऊ समक्ष पुग्नेछ र उसले भन्नेछ: हामी र तपाईं बीच (निर्णयको मामिलामा) केवल अल्लाहको किताब छ । हामीले यसमा जे कुरा वैध पाउनेछौं, त्यसलाई हामी वैध मान्नेछौं र जे निषेधित पाउँनेछौं, त्यसलाई निषेध मान्नेछौं । यद्यपि, निस्सन्देह, अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले निषेध गर्नुभएको कुरा पनि त्यसरी नै हराम (वर्जित) छ जसरी अल्लाहले हराम गर्नुभएको छ ।
सही अबू दाउद, तिर्मीजी र इब्ने माजहले वर्णन गरेका छन्
"जो कोहीले मेरो तर्फबाट यस्तो हदीस सुनाउँछ, जसलाई ऊ झूट भएको ठान्दछ (अर्थात् झूट हो भन्ने थाहा हुँदाहुँदै पनि वर्णन गर्छ), त्यस्तो व्यक्ति स्वयं पनि झूट बोल्नेहरूमध्ये एक ठहरिन्छ।”
सही मुस्लिमले आफ्नो भूमिकामा वर्णन गरेका छन्
"अल्लाहसँग डराउनु र आफ्ना शासकको आज्ञा सुन्नु र पालन गर्नु, चाहे तिम्रो शासक एक कालो दास नै किन नहोस्। मेरो पछि तिमीहरूले ठूलो मतभेद देख्नेछौ। त्यस्तो अवस्थामा मेरो सुन्नत र सही मार्गमा हिँड्ने खलीफाहरूको सुन्नतको अनुसरण गर्नु। यसलाई बंगराको दाँतले समाते झैँ दृढतापूर्वक समात्नु। धर्मको नाममा चल्ने नयाँ कुराहरूबाट टाढा रहनु । प्रत्येक विदअत (धर्मको नाममा गर्ने अप्रमाणित कुरा) भ्रम र पथभ्रष्टता हो।"
सही अबू दाउद र तिर्मीजीले वर्णन गरेका छन्
"मेरो उम्मतको अन्त्यमा यस्ता व्यक्तिहरू जन्मिनेछन् जसले यस्ता कुराहरू बताउनेछन् जुन न त तिमीले न त तिम्रा पुर्खाले सुनेका थिए । त्यसैले तिनीहरुबाट एकदमै टाढा र होसियार रहनुपर्छ ।"
सही मुस्लिमले वर्णन गरेका छन्
"जसले जानाजानी मेरो नाममा झूट बोल्छ, उसले आफ्नो स्थान नरकमा सुनिश्चित गरोस्।"
सही मुत्तफकुन अलैहि
"मबाट प्राप्त सन्देश अरूलाई सुनाउ, चाहे त्यो केवल एक पद किन नहोस् । र "बनू इस्राएल" ( नबी मोसेसको समूदाय ) मार्फत जे ज्ञान प्राप्त हुन्छ त्यो पनि धक नमानिकन बयान गर ।र जसले जानाजानी मेरो बारेमा झूटो बोल्छ, उसले आफ्नो घर नरकमा बनाओस् ।"
सही बुखारीले वर्णन गरेका छन्