रिसाउनु हुँदैन
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्,
एक व्यक्तिले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) बाट केही वसीयत (उपदेश दिन) आग्रह गरे र उहाँले भन्नुभयो: "रिसाउनु हुँदैन ।" उनले यो प्रश्न बारम्बार दोहोर्याए तर उहाँले हरेक पटक रिसाउनु हुदैन भनिरहनुभयो ।
أَنَّ رَجُلًا قَالَ لِلنَّبِيِّ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ: أَوْصِنِي، قَالَ: «لَا تَغْضَبْ» فَرَدَّدَ مِرَارًا قَالَ: «لَا تَغْضَبْ».
एक जना सहाबा मध्ये अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई केही लाभदायक कुरा बताउन आग्रह गरे र उहाँले रिसाउनु हुँदैन भन्नुभयो । अर्थात्, पहिले तपाईं रिस उठ्ने कुराबाट टाढा रहनुहोस् र यदि रिस उठ्यो भने आफूलाई नियन्त्रण गर्नुहोस् र क्रोधित भएको बेला हत्या, हिंसा र गालीगलौज इत्यादिबाट जोगिनुहोस् । उनले वसीयत गर्न बारम्बार दोहोर्याए तर उहाँले हरेक पटक रिसाउनु हुदैन भनिरहनुभयो ।
यस हदीसमा, रिस र क्रोधलाई निम्त्याउने चीजहरू बाट जोगिन चेतावनी दिइएको छ । किनभने क्रोध सबै खराबीको जरो हो र यसबाट स्वयंलाई पर राख्नु नै सबै भलाईको स्रोत हो ।
अल्लाहका लागि रिसाउनु, जस्तै निषेधित कार्यहरूको अवज्ञा गर्दा क्रोधित हुनु, एक प्रशंसनीय कुरा हो ।
आवश्यक परेमा कुरा दोहोर्याउनु पर्छ, ताकि श्रोताले राम्रोसँग बुझोस् र कुराको महत्त्व उसको मनमस्तिष्कमा बसोस् ।
विद्वान व्यक्तिसित वसीयत (सल्लाह) माग्नुको फाइदा।
सही बुखारी (8/ 28) (6116).
(2/ 1038).
थप (8)
التحفة الربانية في شرح الأربعين حديثًا النووية (ص36).
شرح الأربعين النووية.
لابن عثيمين (ص181).
فتح القوي المتين في شرح الأربعين وتتمة الخمسين.
للعباد (ص64).
المعجم الوسيط.
تاج العروس من جواهر القاموس.
للزبيدي (3/ 485).