Skip to content

"प्रत्येक मुस्लिमले हरेक सात दिनमा एक पटक नुहाउनु अनिवार्य हो, जसमा उसले आफ्नो टाउको र शरीर धुन्छ ।"

अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नु भयो :

"प्रत्येक मुस्लिमले हरेक सात दिनमा एक पटक नुहाउनु अनिवार्य हो, जसमा उसले आफ्नो टाउको र शरीर धुन्छ ।"

«حَقٌّ عَلَى كُلِّ مُسْلِمٍ أَنْ يَغْتَسِلَ فِي كُلِّ سَبْعَةِ أَيَّامٍ يَوْمًا، يَغْسِلُ فِيهِ رَأْسَهُ وَجَسَدَهُ».

मुत्तफकुन अलैहि
सही
व्याख्या

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, प्रत्येक वयस्क र होस सम्हालेको मुस्लिमले पवित्रता र स्वच्छता प्राप्त गर्नका लागि प्रत्येक सात दिनमा एक पटक आफ्नो टाउको र शरीर धोएर नुहाउनुपर्छ । यी सात दिनहरूमा नुहाउनको लागि सबैभन्दा उपयुक्त दिन जुम्माको दिन हो भन्ने कुरा केही हदीसहरूमा उल्लेख गरिएको छ । बिहीबारको दिन नुहाए पनि शुक्रबारको नमाज अघि नुहाउनु मुस्तहब हो । शुक्रबारको दिन नुहाउनु वाजिब छैन, यसको प्रमाण आइशा (रजियल्लाहु अन्हा) को भनाइ हो: "मानिसहरू आफ्नो घरको काम आफैं गर्थे र त्यही अवस्थामा जुमाको नमाज पढ्न जान्थे । त्यसैले उनीहरुलाई भनियो : नुहाएर आएको भए राम्रो हुन्थ्यो ।" (बुखारी) अर्को हदीसमा छ "उनीहरुको शरीरबाट पसिनाको दुर्गन्ध आउँथ्यो ।" यसका बाबजुद ‘नुहाएर आएको भए राम्रो हुन्थ्यो’ भनियो । अर्थात जसको शरीरमा गन्ध छैन भने उसले ननुहाए पनि केही फरक पर्दैन तर्क बुझिन्छ ।

शब्दको अर्थ

...:

हदीसका केही फाइदाहरू

सरसफाइ र शुद्धतामा इस्लामको प्रतिबद्धता र ध्यानाकर्षण ।

जुमाको नमाजको लागि नुहाउनु मुस्तहब हो ।

टाउको शरीरमा समावेश भए पनि यसको महत्व देखाउनको लागि यसलाई छुट्टै उल्लेख गरिएको छ ।

जसको शरीरबाट त्यस्तो दुर्गन्ध आउँछ जसबाट मानिसहरूलाई असहज हुन्छ, उसले नुहाउनु अनिवार्य हो ।

शुक्रबारको महत्व र पुण्यले गर्दा जुमा अघि नुहाउनु अफजल (उत्कृष्ट) हो ।

श्रोतहरू

सही बुखारी (2/ 5) (897).

(2/ 7) (903).

सही मुस्लिम (2/ 582) (849).

थप (3)

عمدة القاري شرح صحيح البخاري (6/ 193).

إرشاد الساري لشرح صحيح البخاري (2/ 169).

التيسير بشرح الجامع الصغير للمناوي (1/951).