नबी (सलल्लाहु अलैहि वसल्लम) ले अबू बकर र उमरलाई भन्नुभयो: यी दुई जना (अबू बकर र उमर) पहिलो र अन्तिम पुस्ताका स्वर्गका अधबैंसेहरूको सरदार हुन्, तर नबी र दूतहरू बाहेक।
अनस (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, उनी भन्छन्:
नबी (सलल्लाहु अलैहि वसल्लम) ले अबू बकर र उमरलाई भन्नुभयो: यी दुई जना (अबू बकर र उमर) पहिलो र अन्तिम पुस्ताका स्वर्गका अधबैंसेहरूको सरदार हुन्, तर नबी र दूतहरू बाहेक।
قال رسول الله صلى الله عليه وسلم لأبي بكر وعمر: «هذان سَيِّدا كُهُول أهل الجنة من الأوَّلِين والآخِرين إلا النبيِّين والمرسلين».
नबी (सलल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो, अबु बकर सिद्दीक र उमर फारूक (रजियल्लाहु अन्हुमा) नबीहरू पछिका सबैभन्दा उत्कृष्ट मानिसहरू हुन् र नबीहरू र दूतहरूपछि स्वर्ग प्रवेश गर्ने सबैभन्दा उत्कृष्ट व्यक्ति हुन्।
अबू बकर र उमर (रजियल्लाहु अन्हुमा) नबी र दूतहरूपछि सबैभन्दा उत्कृष्ट व्यक्ति हुन्।
स्वर्गमा कुनै अधबैंसे हुने छैनन्, किनकि स्वर्ग प्रवेश गर्ने सबै व्यक्ति ३३ वर्षको उमेरमा हुनेछन्। यसको अर्थ यो हो कि अबू बकर र उमर (रजियल्लाहु अन्हुमा) संसारमा अधबैंसे अवस्थामा निधन गरेका मानिसहरूका सरदार हुन्। वा यो कुरा त्यस समयमा उनीहरूको संसारमा रहेको अवस्था अनुसार उल्लेख गरिएको हो।
सुनन् तिर्मिजी (6/ 45) (3664).
थप (2)
تحفة الأحوذي بشرح جامع الترمذي.
لمحمد المباركفوري (10/ 103).