"भविष्यमा त्यस्ता शासकहरू आउनेछन्, जसका केही कार्यहरू तिमीहरूलाई राम्रा लाग्नेछन् र केही नराम्रा। यस्तो अवस्थामा जसले तिनीहरूका (नराम्रा कार्यहरूलाई) नराम्रो मान्नेछ, उ पापबाट मुक्त हुनेछ। र जसले तिनीहरूका नराम्रा कामहरूलाई नराम्रो भनेर इन्कार गर्नेछ, ऊ सुरक्षित रहनेछ। तर जो (तिनीहरूका नराम्रा कामहरूबाट) सन्तुष्ट रहनेछ र तिनीहरूको अनुसरण गर्नेछ, (ऊ दोषी ठहरिनेछ)।"
मुस्लिमहरूको आमा उम्मे सलमाले बयान गरेकी छिन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :
"भविष्यमा त्यस्ता शासकहरू आउनेछन्, जसका केही कार्यहरू तिमीहरूलाई राम्रा लाग्नेछन् र केही नराम्रा। यस्तो अवस्थामा जसले तिनीहरूका (नराम्रा कार्यहरूलाई) नराम्रो मान्नेछ, उ पापबाट मुक्त हुनेछ। र जसले तिनीहरूका नराम्रा कामहरूलाई नराम्रो भनेर इन्कार गर्नेछ, ऊ सुरक्षित रहनेछ। तर जो (तिनीहरूका नराम्रा कामहरूबाट) सन्तुष्ट रहनेछ र तिनीहरूको अनुसरण गर्नेछ, (ऊ दोषी ठहरिनेछ)।" साथीहरूले सोधे, "के हामी उनीहरूसँग युद्ध गरौं?" उहाँले भने, "होइन, जबसम्म उनीहरू नमाज पढिरहन्छन् (तबसम्म युद्ध नगर्नु) ।"
«سَتَكُونُ أُمَرَاءُ فَتَعْرِفُونَ وَتُنْكِرُونَ، فَمَنْ عَرَفَ بَرِئَ، وَمَنْ أَنْكَرَ سَلِمَ، وَلَكِنْ مَنْ رَضِيَ وَتَابَعَ» قَالُوا: أَفَلَا نُقَاتِلُهُمْ؟ قَالَ: «لَا، مَا صَلَّوْا».
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : हामीमाथि यस्ता हाकिमहरू नियुक्त हुनेछन्, जसका केही कार्यहरू हामीले शरीअत इस्लामी कानुन) सँग मेल खाने भएकोले स्वीकार गर्नेछौं, र केही कार्यहरू हामीले शरीअतको उल्लङ्घन भएकोले अस्वीकार गर्नेछौं। यस्तो अवस्थामा, यदि कुनै व्यक्ति मुन्कर (गलत कार्य) लाई प्रत्यक्ष रूपमा इन्कार गर्न असमर्थ छ र उसले त्यसलाई आफ्नो हृदयदेखि नै नराम्रो ठान्छ भने, त्यो व्यक्ति पाप र पाखण्डबाट मुक्त मानिन्छ । त्यसैगरी जो व्यक्ति हात वा वचनद्वारा गलत कामलाई रोक्ने सामर्थ्य राख्छ र त्यसलाई अस्वीकार गर्छ, ऊ पाप र त्यसमा सहभागी हुने अवस्थाबाट सुरक्षित रहन्छ। तर जसले उनीहरूको गलत कर्मलाई मनपराउँछ र त्यसमा उनीहरूको अनुसरण गर्छ, ऊ पनि उनीहरूजस्तै विनाश हुनेछ। तब सहाबाहरूले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई सोधे, 'के हामीले त्यस्ता शासकहरूसँग युद्ध गर्नु हुँदैन?' उहाँले उनीहरूलाई त्यसो गर्नबाट रोक्दै भन्नुभयो, 'होइन, जबसम्म उनीहरूले नमाजको स्थापना गर्छन्, तबसम्म युद्ध नगर्नु।'
...:
मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) अल्लाहका सत्य रसूल हुनुहुन्छ भन्ने कुराको एउटा प्रमाण के हो भने उहाँले भविष्यमा हुने केही घटनाहरूको भविष्यवाणी गर्नुभएको थियो र पछि त्यो उहाँले भविष्यवाणी गरेझैं प्रकट भयो ।
गलत कार्यप्रति सहमति जनाउनु वा त्यसमा सहभागी हुनु शरियतमा अनुमत छैन; बरु, त्यसको खण्डन गर्नु अनिवार्य ठहरिएको छ।
यदि शासकहरूले शरीयत विपरित काम गर्न थाल्छन् भने त्यस्ता कुरामा उनीहरूको आज्ञापालन गर्नु जायज हुँदैन।
मुस्लिम शासकहरू विरुद्ध विद्रोह गर्ने अनुमति छैन, किनभने यसले दंगा, अराजकता, रक्तपात र अशान्ति उत्पन्न गराउँछ। त्यसैले, अवज्ञाकारी शासकहरूको अन्याय सहनु र उनीहरूले दिने कष्टमा धैर्य गर्नु, (विद्रोह गरेर समाजलाई ठूलो संकटमा पार्नुभन्दा) धेरै सहज र उपयुक्त ठहरिन्छ।
सलाह (नमाज) इस्लाममा अत्यन्त महत्त्वपूर्ण कर्म हो। वास्तवमै, सलाह नै कुफ्र र इस्लाम बीचको सीमारेखा हो।
सही मुस्लिम (3/ 1480) (1854).
थप (12)
المفهم لما أشكل من تلخيص كتاب مسلم (4/ 64).
البحر المحيط الثجاج في شرح صحيح الإمام مسلم بن الحجاج (32/ 206).
بهجة الناظرين شرح رياض الصالحين.
لسليم الهلالي (1/ 279).
تطريز رياض الصالحين.
لفيصل بن عبد العزيز المبارك (ص150).
الشرح الممتع على زاد المستقنع.
لابن عثيمين (11/ 323).
شرح رياض الصالحين.
لابن عثيمين (2/ 435).
نزهة المتقين شرح رياض الصالحين.
مجموعة من الباحثين (1/ 211).