"निश्चय नै, कयामतको (प्रलयको) निशानीहरू मध्ये यो पनि हो कि; ज्ञान हराउनेछ, अज्ञानता बढ्नेछ, अनैतिकता र व्यभिचार धेरै फैलिनेछ, मद्यपान बढ्नेछ, पुरुषहरू कम हुनेछन् र महिलाहरूको संख्यामा वृद्धि हुनेछ, यतिसम्म कि ५० जना महिलाको एक पुरुष मात्र संरक्षक हुनेछ ।"
अनस (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, उनले भने: म तिमीहरूलाई एउटा हदीस सुनाउनेछु जुन मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) बाट सुनेको छु, जुन म बाहेक अरू कसैले तिमीहरूलाई सुनाउने छैन । मैले अल्लाहको रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई भन्दै गरेको सुने :
"निश्चय नै, कयामतको (प्रलयको) निशानीहरू मध्ये यो पनि हो कि; ज्ञान हराउनेछ, अज्ञानता बढ्नेछ, अनैतिकता र व्यभिचार धेरै फैलिनेछ, मद्यपान बढ्नेछ, पुरुषहरू कम हुनेछन् र महिलाहरूको संख्यामा वृद्धि हुनेछ, यतिसम्म कि ५० जना महिलाको एक पुरुष मात्र संरक्षक हुनेछ ।"
«إِنَّ مِنْ أَشْرَاطِ السَّاعَةِ أَنْ يُرْفَعَ العِلْمُ، وَيَكْثُرَ الجَهْلُ، وَيَكْثُرَ الزِّنَا، وَيَكْثُرَ شُرْبُ الخَمْرِ، وَيَقِلَّ الرِّجَالُ، وَيَكْثُرَ النِّسَاءُ حَتَّى يَكُونَ لِخَمْسِينَ امْرَأَةً القَيِّمُ الوَاحِدُ».
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले बताउनुभएको छ कि, कयामत (प्रलय) नजिक आउँदै गरेको एउटा चिन्ह यो हो कि इस्लामिक ज्ञान (शरिया) हराउँदै जानेछ र यो धर्मविद्हरूको निधनले गर्दा हुनेछ । फलस्वरूप, अज्ञानता बढ्नेछ, व्यभिचार र अनैतिकता जताततै फैलिनेछ, मदिरा सेवनको चलन बढ्नेछ, पुरुषहरूको संख्या घट्दै जानेछ र महिलाहरूको संख्या यति बढ्नेछ कि पचास महिलाहरूको हेरचाह गर्न र तिनीहरूको आवश्यकताहरू पूरा गर्न केवल एक पुरुष मात्र हुनेछ।
...:
यस हदीसमा महाप्रलयका केही निशानीहरूको वर्णन छ ।
महाप्रलयको समयको ज्ञान गुप्त कुराहरू मध्ये एक हो जसको ज्ञान केवल अल्लाहसँग छ ।
यस हदीसमा धार्मिक ज्ञान लोप हुँदै जाने क्रम अघि नै त्यसलाई प्राप्त गर्न प्रोत्साहित गरिएको छ ।
सही बुखारी (7/ 37) (5231).
सही मुस्लिम (4/ 2056) (2671).
थप (2)
فتح الباري لابن حجر (9/ 330).
عمدة القاري شرح صحيح البخاري (20/ 213).