"म जलाशय (हौज)निर बसेर तिमध्ये को-को मकहाँ पानी पिउन आउँछन् भनेर हेरिरहेको हुनेछु । र कोही मान्छेहरु मकहाँ आउनबाट रोकिनेछन्, तब मैले भन्नेछु, हे मेरो रब! यिनीहरु मेरा उम्मती
आस्मा बिन्ते अबिबक्र (रजियल्लाहु अन्हुमा) ले वर्णन गरेकी छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नु भयो :
"म जलाशय (हौज)निर बसेर तिमध्ये को-को मकहाँ पानी पिउन आउँछन् भनेर हेरिरहेको हुनेछु । र कोही मान्छेहरु मकहाँ आउनबाट रोकिनेछन्, तब मैले भन्नेछु, हे मेरो रब! यिनीहरु मेरा उम्मती हुन् । तब भनिनेछ: उनीहरूले तिमी पछि के के गरे, के तिमीलाई थाहा छ ? अल्लाहको कसम, यी मानिसहरू (तिम्रो जीवन विधि छाडेर) आफ्नो पुरानै शैली तिर फर्कि गएका थिए।
«إِنِّي عَلَى الحَوْضِ حَتَّى أَنْظُرَ مَنْ يَرِدُ عَلَيَّ مِنْكُمْ، وَسَيُؤْخَذُ نَاسٌ دُونِي، فَأَقُولُ: يَا رَبِّ مِنِّي وَمِنْ أُمَّتِي، فَيُقَالُ: هَلْ شَعَرْتَ مَا عَمِلُوا بَعْدَكَ، وَاللَّهِ مَا بَرِحُوا يَرْجِعُونَ عَلَى أَعْقَابِهِمْ».
नबि (सल्लल्लाहु अलैहि वसल्लम)ले बताउनुभएको छ कि, कयामतको दिन उहाँ आफ्नो जलाशय (कुण्ड) नजिक हुनुहुनेछ। जहाँबाट उहाँले आफ्नो उम्मतका (समुदायका) मानिसहरू जलाशय(हौज)मा पानी पिउन आएको हेर्नुहुनेछ। र केही मानिसहरूलाई उहाँको नजिक जानबाट रोकिनेछ, तब उहाँले भन्नु हुनेछ: हे मेरो पालनकर्ता ! यिनीहरु मेरा मान्छे र मेरा उम्मती (समुदायका) हुन् ! उहाँसँग भनिनेछ: के तिमीलाई थाहा छ कि तिम्रो मृत्यु पछि उनीहरुले के के काम गरे ? अल्लाहको कसम, यी मानिसहरू (तिम्रो जीवन विधि छाडेर) आफ्नो पुरानै शैली तिर फर्कि गएका थिए र आफ्नो धर्म त्यागेको थिए । तसर्थ न त तिनीहरू तिमीबाट हुन्, न त तिम्रो समुदायबाट ।
...:
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) आफ्नो उम्मत (समुदाय) प्रति दयावान र चिन्तित थिए ।
यस हदीसमा रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को सुन्नत र तरिका उल्लङ्घन गर्ने बाट चेतावनी दिइएको छ।
यस हदीसमा रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को सुन्नतको पालना गर्न प्रोत्साहन दिइएको छ ।
सही बुखारी (8/ 121) (6593).
सही मुस्लिम (4/ 1793) (2292).
थप (2)
عمدة القاري (23/144).
البحر المحيط الثجاج (37/322).