Skip to content

“जहाँसम्म दिन र रात पुग्छन्, त्यहाँसम्म यो धर्म अवश्य पुग्नेछ। अल्लाहले कुनै पनि कच्चा वा पक्का घर (सहर, नगर र गाउँ) बाँकी राख्नुहुने छैन, जहाँ यो धर्म प्रवेश गर्नेछैन

तमीम अल-दारी (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्दै गरेको सुनें :

“जहाँसम्म दिन र रात पुग्छन्, त्यहाँसम्म यो धर्म अवश्य पुग्नेछ। अल्लाहले कुनै पनि कच्चा वा पक्का घर (सहर, नगर र गाउँ) बाँकी राख्नुहुने छैन, जहाँ यो धर्म प्रवेश गर्नेछैन; चाहे सम्मानका साथ होस् वा अपमानका साथ। अल्लाहले इस्लामद्वारा सम्मान प्रदान गर्नुहुनेछ र कुफ्रद्वारा अपमानित गर्नुहुनेछ।” तमीम अल-दारी (रजियल्लाहु अन्हु) भन्नुहुन्थ्यो: “मैले नबी (सल्लल्लाहु अलैहि वसल्लम) को यो कथनको सत्यता आफ्नै परिवारका सदस्यहरूमा देखेको छु। तिनीहरूमध्ये जो मुस्लिम भए, उनीहरूले भलाई, सम्मान र इज्जत पाए; र जो काफिर रहे, उनीहरूले अपमान, तिरस्कार र जिजिया भोग्नुपर्यो।”

«‌لَيَبْلُغَنَّ ‌هَذَا الأَمْرُ مَا بَلَغَ اللَّيْلُ وَالنَّهَارُ، وَلَا يَتْرُكُ اللهُ بَيْتَ مَدَرٍ وَلَا وَبَرٍ إِلَّا أَدْخَلَهُ اللهُ هَذَا الدِّينَ، بِعِزِّ عَزِيزٍ أَوْ بِذُلِّ ذَلِيلٍ، عِزًّا يُعِزُّ اللهُ بِهِ الإِسْلَامَ، وَذُلًّا يُذِلُّ اللهُ بِهِ الكُفْرَ» وَكَانَ تَمِيمٌ الدَّارِيُّ يَقُولُ: قَدْ عَرَفْتُ ذَلِكَ فِي أَهْلِ بَيْتِي، لَقَدْ أَصَابَ مَنْ أَسْلَمَ مِنْهُمُ الْخَيْرُ وَالشَّرَفُ وَالْعِزُّ، وَلَقَدْ أَصَابَ مَنْ كَانَ مِنْهُمْ كَافِرًا الذُّلُّ وَالصَّغَارُ وَالْجِزْيَةُ.

अहमदले वर्णन गरेका छन्
सही
व्याख्या

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भविष्यवाणी गर्नु भएको छ कि इस्लाम धर्म पृथ्वीको कुनाकाप्चा र सबै भागहरूमा फैलिनेछ। जुनसुकै ठाउँमा दिन र रात पुग्छ, त्यहाँ यो धर्म अवश्य नै पुग्नेछ। सहर, नगर, गाउँ वा मरुभूमिमा कुनै पनि कच्चा वा पक्का घर भए पनि अल्लाहले त्यहाँ इस्लाम धर्म अवश्य पुर्याउनु हुनेछ । जसले यस धर्मलाई स्वीकार गर्छ र यसमा आस्था राख्छ, इस्लामले उसलाई गौरवान्वित तुल्याउने छ। तर जसले यसलाई अस्वीकार गर्छ र कुफ्र गर्छ, ऊ कुफ्रकै कारण अपमानित हुनेछ। त्यसपछि तमीम अल-दारी (रजियल्लाहु अन्हु) ले भन्नुभयो कि नबी (सल्लल्लाहु अलैहि वसल्लम) को यो कथनको सत्यता मैले आफ्नै परिवारका सदस्यहरूमा देखेको छु। तिनीहरूमध्ये जो मुस्लिम भए, उनीहरूले भलाइ, मान र इज्जत पाए; र जो काफिर रहे, उनीहरूले 'जिजिया' तिर्न साथै अपमान पनि पाए।

शब्दको अर्थ

مَدَر: طين، والمراد أهل القرى والمدن.

وبر: شعر وصوف، والمراد أهل البادية والصحراء.

हदीसका केही फाइदाहरू

यसमा इस्लाम धर्म पृथ्वीका सम्पूर्ण भागहरूमा फैलिनेछ भन्ने कुराको मुस्लिमहरूका लागि शुभ समाचार छ।

आदरर महिमा इस्लाम र मुस्लिमहरूको लागि हो र अपमान कुफ्र र काफिर (अविश्वासी) को लागि हो ।

यसमा नबी (सल्लल्लाहु अलैहि वसल्लम) अल्लाहका साँचो दूत हुनुहुन्छ भन्ने कुराको प्रमाण छ, किनकि उहाँले भन्नुभएको कुरा जस्ताको तस्तै पूरा भयो।

श्रोतहरू

मुस्नद अहमद (28/ 154) (16957).

(15/ 163).

थप (5)

النهاية في غريب الحديث والأثر.

لابن الأثير (4/ 309).

المصباح المنير في غريب الشرح الكبير.

لأحمد الفيومي (1/ 163).

الموسوعة الفقهية الكويتية.