"भन: 'हे अल्लाह! मलाई मार्गदर्शन गर र सही दिशा देखाऊ।' मार्गदर्शनको अर्थ सही बाटो देखाउनु हो र 'सदाद' को अर्थ तीरको सही निशाना लाग्नु हो।"
अली (रज़ियल्लाहु अन्हु) ले वर्णन गरेका छन् : अल्लाहका रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नुभयो:
"भन: 'हे अल्लाह! मलाई मार्गदर्शन गर र सही दिशा देखाऊ।' मार्गदर्शनको अर्थ सही बाटो देखाउनु हो र 'सदाद' को अर्थ तीरको सही निशाना लाग्नु हो।"
«قُلِ اللهُمَّ اهْدِنِي وَسَدِّدْنِي، وَاذْكُرْ بِالْهُدَى هِدَايَتَكَ الطَّرِيقَ، وَالسَّدَادِ سَدَادَ السَّهْمِ».
नबी (सल्लल्लाहु अलैहि व सल्लम) ले अली बिन अबी तालिब (रजियल्लाहु अन्हु) लाई भन्नुभयो: अल्लाहसित दुआ गर्नु र भन्नु: (हे अल्लाह, मलाई मार्गदर्शन दिनुहोस्) र मलाई सही बाटोमा ल्याइदिनुहोस् (मलाई सही दिशा प्रदान गर्नु होस्) मलाई सफल बनाउनु, र मलाई मेरा सबै कामहरूमा स्थिर बनाइ दिनुहोस् । यस प्रार्थनामा प्रयोग गरिएको "الهُدَى" शब्दको अर्थ सत्यलाई संक्षिप्त र विस्तृत रूपमा जान्नु र आन्तरिक र बाह्य रूपमा यसलाई पालना गर्ने अवसर प्राप्त गर्नु हो। जबकि "السّداد" शब्दको अर्थ वचन, कार्य र विश्वासमा सीधा मार्ग अनुसरण गर्नु हो। आध्यात्मिक कुराहरू स्पष्ट रूपमा बुझिने भएकोले यो प्रार्थना गर्दा यो कुरा मनमा राख्नुहोस् : तपाईं यात्रामा निस्केको व्यक्ति जस्तै मार्गदर्शन माग्दै हुनुहुन्छ, जो पथभ्रष्ट हुनबाट जोगिन, सुरक्षित रहन र छिटो आफ्नो गन्तव्यमा पुग्नको लागि अलिकति पनि दायाँ वा बायाँ विचलित हुँदैन। त्यसैगरी, जब तपाईं तीर प्रहार गर्नुहुन्छ, तपाईंले त्यो सही लक्ष्यमा सकेसम्म चाँडो लागेको कुरा सुनिश्चित गर्नुहुन्छ। जब कुनै व्यक्तिले कुनै चीजमा तीर प्रहार गर्छ, उसले तीरलाई पूर्ण रूपमा सीधा राख्छ। त्यसैगरी, तपाईं अल्लाहसँग तीर जस्तै सीधा राख्नको लागि प्रार्थना गरिरहनुभएको छ। यसरी, तपाईंले आफ्नो प्रश्नमा मार्गदर्शनको परम सीमा र सही मार्गको पूर्णताको लागि प्रार्थना गरिरहनुभएको हुनेछ। सही बाटोमा हिँड्दा, सही निशानामा लागेको तीरको व्यावहारिक छवि बन्नको लागि अल्लाहलाई प्रार्थना गर्दा यो पृष्ठभूमिलाई आफ्नो हृदयमा राख्नुहोस्।
दुआ गर्ने व्यक्तिले आफ्नो कार्य सुन्नतको पालना र इमानदारीको ढाँचामा ढालिएको सुनिश्चित गर्न प्रयास गर्नुपर्छ।
यी शंक्षिप्त वाक्यहरूद्वारा सफलताको लागि प्रार्थना गर्न र सही मार्गमा रहन मुस्तहब हो ।
मान्छेले आफ्ना सबै कार्यमा अल्लाहसित मद्दत माग्नु पर्छ।
तालिम दिने बेलामा उदाहरणहरूद्वारा कुरा प्रष्ट गर्नु पर्छ ।
मार्गदर्शन, राम्रो अवस्था, सत्य मार्गमा रहन र एक क्षणको लागि पनि त्यसबाट विचलित नहुनुको दुआ । उहाँको भनाइ "اهدني" ले सत्य मार्गमा रहन प्रार्थना गर्छ भने "سددني" ले सत्य मार्गबाट विचलित नहुने दुआ पनि मागिएको छ ।
प्रार्थना गर्ने व्यक्तिले पूर्ण ध्यानका साथ र आफ्नो हृदयमा प्रार्थनाको अर्थ राखेर प्रार्थना गर्नुपर्छ। यसले प्रार्थना स्वीकार हुने सम्भावना बढाउँछ।
सही मुस्लिम (4/ 2090) (2725).
थप (6)
بهجة الناظرين شرح رياض الصالحين.
لسليم الهلالي (2/ 546).
نزهة المتقين شرح رياض الصالحين.
لمجموعة من الباحثين (2/ 1006).
كنوز رياض الصالحين.
لمجموعة من الباحثين (17/ 383).