Skip to content

"उभिएर नमाज पढ्नु, नसक्ने भए बसेर नमाज पढ्नु र यो पनि सम्भव भएन भने कोल्टे परेर नमाज पढ्नु ।"

इमरान बिन हुसैन (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, मलाई बवासीर (पाइल्स) को समस्या थियो । त्यसैले मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) संग सलाह कसरी पढ्ने बारे सोधें र उहाँले भन्नुभयो:

"उभिएर नमाज पढ्नु, नसक्ने भए बसेर नमाज पढ्नु र यो पनि सम्भव भएन भने कोल्टे परेर नमाज पढ्नु ।"

«صَلِّ قَائِمًا، فَإِنْ لَمْ تَسْتَطِعْ فَقَاعِدًا، فَإِنْ لَمْ تَسْتَطِعْ فَعَلَى جَنْبٍ».

बुखारीले वर्णन गरेका छन्
सही
व्याख्या

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, वास्तविकता के हो भने उभिएर सलाह पढ्नुपर्छ । उभिएर नमाज पढ्न नसकेको अवस्थामा बसेर पढ्नुपर्छ र बसेर नमाज पढ्न नसक्ने भए कोल्टे फर्केर वा सुतेर पढ्नुपर्छ ।

शब्दको अर्थ

بواسير: جمع باسور، وهو ورم يصيب مقعدة الإنسان.

हदीसका केही फाइदाहरू

नमाज कुनै हालतमा पनि माफ हुँदैन जबसम्म मानसिक स्थिरता रहन्छ, त्यसैले अवस्था अनुसार जति क्षमता छ त्यति अनुसार नमाज पढ्नु पर्छ।

इस्लाम एक सरल र सहज धर्म हो, यसले भक्तलाई आफ्नो क्षमता अनुसार नमाज पढ्न आदेश दिएको छ ।

श्रोतहरू

सही बुखारी (2/ 48) (1117).

थप (4)

توضيح الأحكام من بلوغ المرام.

لعبدالله البسام (2/ 322).

منحة العلام في شرح بلوغ المرام.

لعبد الله الفوزان (3/ 202).