Skip to content

"सबैभन्दा खराब चोर त्यो व्यक्ति हो जसले आफ्नो नमाज मा चोरी गर्छ ।" एक साथीले नमाजमा चोरी गर्नुको अर्थ के हो भनेर सोधे, उहाँले जवाफ दिनुभयो: "नमाजमा चोरी गर्नु भनेको उसले पूर्ण रूपमा रुकुअ र सज्दा नगर्नु हो।"

अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :

"सबैभन्दा खराब चोर त्यो व्यक्ति हो जसले आफ्नो नमाज मा चोरी गर्छ ।" एक साथीले नमाजमा चोरी गर्नुको अर्थ के हो भनेर सोधे, उहाँले जवाफ दिनुभयो: "नमाजमा चोरी गर्नु भनेको उसले पूर्ण रूपमा रुकुअ र सज्दा नगर्नु हो।"

«أَسْوَأُ النَّاسِ سَرَقَةً الَّذِي يَسْرِقُ صَلَاتَهُ» قَالَ: وَكَيْفَ يَسْرِقُ صَلَاتَهُ؟ قال: «لَا يُتِمُّ رُكُوعَهَا، وَلَا سُجُودَهَا».

इब्ने हिब्बानले वर्णन गरेका छन्
सही
व्याख्या

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, सबैभन्दा खराब चोर त्यो हो जसले आफ्नो नमाजमा चोरी गर्छ । किनभने अर्काको सम्पत्ति चोरेर मानिसले सांसारिक फाइदा लिन सक्छ तर नमाज मा चोरी गर्नेले आफ्नो हकको पुण्य र इनाम चोर्छ । सहाबाहरूले सोधे, हे अल्लाहका रसूल ! नमाजमा चोरी गर्नुको अर्थ के हो? उहाँले जवाफ दिनुभयो: यसको मतलब भनेको व्यक्तिले रुकुअ र सज्दा पूर्ण रूपमा नगर्नु हो; अर्थात् छिटो छिटो रुकुअ र सज्दा गर्ने र सुन्नत अनुसार नगर्ने हो ।

हदीसका केही फाइदाहरू

राम्रोसँग नमाज पढ्नु र यसका अनिवार्य कुराहरुलाई ध्यानमग्नका साथ गर्नुको महत्त्व ।

रुकु र सज्दा पूर्णतया नगर्नेलाई चोर भन्नु भनेको यसप्रति घृणा जगाउन र यसो गर्नू निषेधित हो भनेर चेतावनी दिन हो ।

रुकु र सज्दा पूर्ण रूपमा सही तरिकाले गर्नु वाजिब हो ।

श्रोतहरू

सही इब्ने हिब्बान (5/ 209) (1888).

थप (4)

الشّافي في شرح مسند الشّافعي (1/613).

الكاشف عن حقائق السنن (3/1020).

التنوير (2/373).

نيل الأوطار (2/ 311).