Skip to content

निश्चय नै, चिहान आखिरतका चरणहरूमध्ये प्रथम चरण हो। यदि कसैले यस चरणमा सफलता प्राप्त गर्‍यो भने, त्यसपछिका चरणहरू यसभन्दा सहज हुनेछन्। तर यदि उसले यसमा सफलता प्राप्त गरेन भने, त्यसपछिका चरणहरू यसभन्दा झन् कष्टकर हुनेछन्।

हानी (उस्मानद्वारा मुक्त गरिएका दास) बाट कथित छ, उहाँले भन्नुभयो: उस्मान (रदियल्लाहु अन्हु) जब कुनै चिहानको नजिक उभिनुहुन्थ्यो, तब उहाँ यति रुनुहुन्थ्यो कि उहाँको दाह्री भिज्दथ्यो। उहाँलाई सोधियो: "तपाईंको सामु स्वर्ग र नरकको चर्चा हुँदा तपाईं रुनुहुन्न, तर चिहानलाई देखेर रुनुहुन्छ?" उहाँले भन्नुभयो: निसन्देह अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ:

"निश्चय नै, चिहान परलोक (आखिरत) का चरणहरूमध्ये प्रथम चरण हो। यदि कसैले यस चरणमा सफलता प्राप्त गर्‍यो भने, त्यसपछिका चरणहरू यसभन्दा सहज हुनेछन्। तर यदि उसले यसमा सफलता प्राप्त गरेन भने, त्यसपछिका चरणहरू यसभन्दा झन् कठोर हुनेछन्।"

«إِنَّ الْقَبْرَ أَوَّلُ مَنْزِلٍ مِنْ مَنَازِلِ الْآخِرَةِ، فَإِنْ نَجَا مِنْهُ فَمَا بَعْدَهُ أَيْسَرُ مِنْهُ، وَإِنْ لَمْ يَنْجُ مِنْهُ فَمَا بَعْدَهُ أَشَدُّ مِنْهُ».

तिर्मीजी र इब्ने माजहले वर्णन गरेका छन्
हसन
व्याख्या

अमीरुल मोमिनीन उसमान बिन अफ्फान (रजियल्लाहु अन्हु) जब कुनै कब्र अगाडि उभिनुहुन्थ्यो, तब यति रुनुहुन्थ्यो कि आँसुले उहाँको दाह्री भिज्ने गर्थ्यो, यसै सम्बन्धमा उहाँसँग सोधियो: तपाईं स्वर्ग र नर्कलाई सम्झनुहुन्छ तर स्वर्गको चाहनामा वा नर्कको डरले रुनुहुन्न! अनि चिहान देखेर किन रुनुहुन्छ? उहाँले भन्नुभयो: निस्सन्देह, नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ कि चिहान परलोक (आखिरत) का चरणहरू मध्ये पहिलो चरण हो। यदि मानिस यसबाट सुरक्षित रह्यो र मुक्ति पायो भने, यसपछिका चरणहरू सजिला हुनेछन्। र यदि ऊ यसको कठिनाइबाट बच्न सकेन भने, यसपछिको कठिनाइ यो भन्दा अझ बढी कठोर हुनेछ।

हदीसका केही फाइदाहरू

यसबाट स्वर्गको शुभ-समाचार प्राप्त गर्नेहरूमध्ये भए तापनि उसमान (रजियल्लाहु अन्हु) मा अल्लाहको कति धेरै भय थियो भन्ने कुरा स्पष्ट हुन्छ।

चिहानको कठोरता र क़ियामतको डरलाग्दो अवस्थालाई सम्झिएर रुनु जायज छ ।

यस हदीसमा चिहानमा हुने सुख र सजायको प्रमाण छ।

यसमा चिहानको यातनाबाट डराइएको छ ।

श्रोतहरू

सुनन् तिर्मिजी (4/ 130) (2308).

सुनन् इब्ने माजह (5/ 333) (4267).

थप (6)

مشكاة المصابيح.

للتبريزي (1/ 48).

تحفة الأحوذي بشرح جامع الترمذي.

المباركفوري (6/ 490).

مرقاة المفاتيح شرح مشكاة المصابيح.

لعلي القاري (1/ 215).