"विद्वानहरूसँग बहस गर्न र
जाबिर बिन अब्दुल्लाह (रजियल्लाहु अन्हुमा) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नु भयो :
"विद्वानहरूसँग बहस गर्न र अज्ञानीहरूसँग वाद-विवाद गर्न र सभाहरूमा प्रमुख पद प्राप्त गर्नको लागि ज्ञान प्राप्त नगर्नुहोस्, जसले यसो गर्छ, उसको वासस्थान आगो (नर्क) हुनेछ ।"
«لَا تَعَلَّمُوا الْعِلْمَ لِتُبَاهُوا بِهِ الْعُلَمَاءَ، وَلَا لِتُمَارُوا بِهِ السُّفَهَاءَ، وَلَا تَخَيَّرُوا بِهِ الْمَجَالِسَ، فَمَنْ فَعَلَ ذَلِكَ، فَالنَّارُ النَّارُ».
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले उलमा (विद्वान) हरूसँग बहस गर्ने र 'म पनि तिमीहरू जस्तै विद्वान हुँ' भनी गर्व र सेखी देखाउन, अज्ञानी र कम बुद्धि भएकाहरूसँग वाद-विवाद गर्ने र सभाहरूमा अग्रपंक्तिमा बस्ने मौका पाउने मनसायले ज्ञान (इल्म) प्राप्त गर्नबाट कडाइका साथ मनाही गर्नुभएको छ । र जसले त्यस्तो गर्छ, उ आफ्नो पाखण्ड र ज्ञानको प्राप्तिमा सत्यनिष्ठा नभएको कारणले नरकको भागीदार बन्नेछ।
...:
घमण्ड गर्ने, झगडा गर्ने वा सभाको अध्यक्षता प्राप्त गर्ने आदि मनसायले ज्ञान प्राप्त गर्नेलाई नर्कको यातनाको धम्की दिइएको छ ।
ज्ञान सिक्ने र सिकाउने व्यक्तिको नियतमा (अल्लाहको निम्ति) सत्यनिष्ठा हुनु र धेरै महत्त्वपूर्ण छ ।
सम्पूर्ण कार्यहरू नियतमा आधारित हुन्छन् र त्यही अनुसार प्रतिफल प्राप्त हुन्छ ।
सुनन् इब्ने माजह (1/ 170) (254).
थप (2)
مرشد ذوي الحجا والحاجة (2/378).
مشارق الأنوار الوهاجة ومطالع الأسرار البهاجة في شرح سنن الإمام ابن ماجه (4/ 482).