Skip to content
683 Hadiths

Encyclopedia of Prophetic Hadiths

Filter results

3 of 683 cards

Clear filters
"जब तिमीहरू दिशा-पिसाब गर्न जान्छौ, तब किब्लातर्फ न मुख गर, न त पिठ्यूँ फर्काऊ, बरु पूर्व वा पश्चिमतर्फ फर्केर शौच गर ।" अबू अय्यूब (रजियल्लाहु अन्हु) ले भन्नुहुन्छ कि, जब हामी सिरिया गयौं, त्यहाँ हामीले शौचालयहरू किब्लातर्फ फर्काएर बनाइएका पायौं। त्यसैले हामीले सकेसम्म अर्को दिशामा फर्केर शौच गर्ने गर्थ्यौं र अल्लाहसँग माफी माग्ने गर्दथ्यौं।"
सही मुत्तफकुन अलैहि
मलाई अत्यधिक मज़ी (यौन इच्छा वा उत्तेजना हुँदा निस्कने पातलो र चिप्लो पदार्थ) निस्किन्थ्यो । रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को ज्वाइँ भएको कारणले उहाँसंग यस बारेमा सोध्न मलाई लाज लाग्यो । त्यसैले मैले मिक्दाद बिन अस्वदलाई सोध्न लगाए र उनले सोधेपछि रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: "यस्तो व्यक्तिले आफ्नो गुप्तांग धोएर वुजू गरे हुन्छ ।" बुखारीमा छ: "वुजू गर र आफ्नो गुप्तांग सफा गर ।"
सही मुत्तफकुन अलैहि
"यदि कुकुरले तपाईहरूमध्ये कसैको भाँडोबाट पानी पिइहाल्यो भने, त्यसलाई सात पटक धुनुपर्छ।"
सही मुत्तफकुन अलैहि