Skip to content

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) मानिसहरूमध्ये सबैभन्दा उत्कृष्ट व्यवहारका व्यक्ति हुनुहुन्थ्यो ।

अनस बिन मालिक (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्,

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) मानिसहरूमध्ये सबैभन्दा उत्कृष्ट व्यवहारका व्यक्ति हुनुहुन्थ्यो ।

كَانَ رَسُولُ اللهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ أَحْسَنَ النَّاسِ خُلُقًا.

मुत्तफकुन अलैहि
सही
व्याख्या

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) सबैभन्दा उत्तम व्यवहार भएको व्यक्ति हुनुहुन्थ्यो र नैतिकताका सबै स्तरहरूमा सबैभन्दा अगाडि हुनुहुन्थ्यो, जस्तै राम्रोसँग बोल्ने, अरूलाई राम्रो गर्ने, मुस्कुराएर भेट्ने, अरूलाई दु:ख नदिने र अरुको दुखमा धैर्य गर्ने आदि ।

हदीसका केही फाइदाहरू

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को चरित्रको पूर्णता ।

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) उत्तम चरित्रको सही नमूना र एक उत्तम आदर्श हुनुहुन्छ ।

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को अनुसरण गर्दै उत्तम चरित्र अपनाउन प्रोत्साहन ।

श्रोतहरू

सही बुखारी (8/ 45) (6203).

सही मुस्लिम (4/ 1805) (2310).

थप (8)

بهجة الناظرين شرح رياض الصالحين.

لسليم الهلالي (1/ 670).

نزهة المتقين شرح رياض الصالحين.

لمصطفى الخِن وغيره (1/ 524).

كنوز رياض الصالحين.

لمجموعة من الباحثين (9/ 57).

شرح رياض الصالحين.

لابن عثيمين (3/ 556).