इस्लामको सुरुवात अपरिचित अवस्थामा भएको थियो र चाँडै नै यो आफ्नो सुरुवाती अवस्था जस्तै अपरिचित हुन पुग्नेछ; अतः ती अपरिचितहरूका लागि शुभ-समाचार (स्वर्गको सुख) छ।
अबु हुरैराह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ:
"इस्लाम अपरिचित अवस्थामा सुरु भएको थियो र जसरी सुरु भएको थियो, त्यसैगरी पुनः अपरिचित अवस्थामा फर्किनेछ; अतः ती अपरिचितहरूका लागि शुभ-समाचार (स्वर्गको सुख) छ।"
«بَدَأَ الْإِسْلَامُ غَرِيبًا، وَسَيَعُودُ كَمَا بَدَأَ غَرِيبًا، فَطُوبَى لِلْغُرَبَاءِ».
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले बताउनुभएको छ कि इस्लामको सुरुवात थोरै र सीमित व्यक्तिहरूको बीचमा एक अपरिचित अवस्थामा भएको थियो, र भविष्यमा पनि यसलाई कायम राख्ने र यसमाथि अडिग रहने मानिसहरूको संख्या न्यून हुँदै गई यो पुनः सुरुवातकै जस्तो अपरिचित अवस्थामा पुग्नेछ। तसर्थ, ती अपरिचित (सत्यमा अडिग रहने) व्यक्तिहरूका लागि सौभाग्य, उत्तम प्रतिफल, खुसी र आँखाको शीतलता छ।
यसमा इस्लाम धर्म फैलिएर प्रसिद्ध भइसकेपछि फेरि अपरिचित हुनेछ भन्ने कुराको भविष्यवाणी छ।
यसमा नबी (सल्लल्लाहु अलैहि वसल्लम) अल्लाहका साँचो दूत हुनुहुन्छ भन्ने कुराको प्रमाण छ, किनकि उहाँले आफूपछि हुने कुराको जानकारी दिनुभयो र पछि ठ्याक्कै उहाँले बताउनुभएजस्तै घट्यो।
यसमा इस्लामका लागि आफ्नो भूमि र आफन्तहरू त्याग्ने व्यक्तिको श्रेष्ठता बारे वर्णन गरिएको छ, र उसको लागि स्वर्ग छ भन्ने कुरा प्रष्ट पारिएको छ।
अपरिचित (अल्-गुराबा) ती व्यक्तिहरू हुन्, जो मानिसहरू भ्रष्ट भएका बेला पनि सदाचारी रहिरहन्छन्, र मानिसहरूले बिगारेका कुराहरूको सुधार गर्छन्।
सही मुस्लिम (1/ 130) (145).
थप (2)
البحر المحيط الثجاج في شرح صحيح الإمام مسلم بن الحجاج (4/ 142).
إكمال المعلم بفوائد مسلم (1/ 456).