नबी (सलल्लाहु अलैहि वसल्लम) ले जुहरको नमाजभन्दा पहिलेको चार रकअत र फज्रको नमाजभन्दा पहिलेको दुई रकअत (सुन्नत) कहिल्यै छोड्नुहुन्नथ्यो।
उम्मुल-मुमिनीन (आस्थावानहरूकी आमा) आइशा (रजियल्लाहु अन्हा) ले बयान गरेकि छिन्,
नबी (सलल्लाहु अलैहि वसल्लम) ले जुहरको नमाजभन्दा पहिलेको चार रकअत र फज्रको नमाजभन्दा पहिलेको दुई रकअत (सुन्नत) कहिल्यै छोड्नुहुन्नथ्यो।
أن النبي صلى الله عليه وسلم كان لا يَدع أربعا قَبل الظهر وركعتين قبل الغَدَاة.
आइशा (रजिअल्लाहु अन्हा) ले जानकारी दिनुभएको छ, नबी (सलल्लाहु अलैहि वसल्लम) आफ्ना घरमा सुन्नत नमाजहरू नियमित रूपमा अदा गर्नुहुन्थ्यो र कहिल्यै छोड्नुहुन्नथ्यो। विशेषगरी, उहाँले जुहरको नमाजअघि दुई सलामको साथ चार रकआत (सुन्नत) र फज्रको नमाजअघि दुई रकआत (सुन्नत) अदा गर्नुहुन्थ्यो।
जुहरको नमाजअघि चार रकआत (सुन्नत) र फज्रको नमाजअघि दुई रकआत (सुन्नत)लाई नियमित रूपमा अदा गर्ने कुरालाई राम्रो मानिएको छ।
सुन्नत र नफ्ल नमाजहरूलाई घरमा अदा गर्नु उत्तम मानिन्छ। यही कारणले आइशा (रजिअल्लाहु अन्हा) ले नबी (सलल्लाहु अलैहि वसल्लम) को घरमा अदा गरिने सुन्नत नमाजहरूको जानकारी दिनुभएको छ।
सही बुखारी (2/ 59) (1182).
थप (2)
توضيح الأحكام مِن بلوغ المرام.
لعبد الله البسام (2/ 379).