"अल्लाहसँग डराउनु, जो तिमीहरूको पालनकर्ता हुन्, दिनको पाँच पटक नमाज पढ्नु, रमजान महिनाको रोजा राख्नु, आफ्नो धनसम्पत्तिमा अनिवार्य हुने जकात दिनु र आफ्नो हाकिमको आज्ञापालन गर्नु, यसो गरेमा, तिमी आफ्नो परमेश्वर को स्वर्गमा प्रवेश गर्नेछौ ।"
अबू-उमामा (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले 'हज्जतुल-वदाअ' ( उहाँको जिवनको अन्तिम हज्ज) को खुत्बा (उपदेश) मा भन्दै गरेको सुनें, उहाँले भन्नुभयो :
"अल्लाहसँग डराउनु, जो तिमीहरूको पालनकर्ता हुन्, दिनको पाँच पटक नमाज पढ्नु, रमजान महिनाको रोजा राख्नु, आफ्नो धनसम्पत्तिमा अनिवार्य हुने जकात दिनु र आफ्नो हाकिमको आज्ञापालन गर्नु, यसो गरेमा, तिमी आफ्नो परमेश्वर को स्वर्गमा प्रवेश गर्नेछौ ।"
«اتَّقُوا اللَّهَ رَبَّكُمْ، وَصَلُّوا خَمْسَكُمْ، وَصُومُوا شَهْرَكُمْ، وَأَدُّوا زَكَاةَ أَمْوَالِكُمْ، وَأَطِيعُوا ذَا أَمْرِكُمْ تَدْخُلُوا جَنَّةَ رَبِّكُمْ».
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले १० हिज्री सम्वत, 'हज्जतुल-वदाअ' (विदाई हज) मा, अरफाको दिन एक उपदेश दिनुभयो । यो उहाँको अनितम हज भएकोले यसलाई 'हज्जतुल-वदाअ' भनिन्छ । उहाँले सम्पूर्ण मानिसहरूलाई आफ्ना पालनकर्ताका आदेशहरू पालना गर्न र उहाँले निषेध गरेका कुराहरूबाट टाढा रहँदै उहाँसँग डराउन आदेश दिनुभयो। साथै अल्लाहले दिन र रातमा अनिवार्य गर्नुभएको पाँच नमाजहरू स्थापना गर्न, रमजान महिनाको रोजा राख्न, र जकातको पैसा हकदारलाई दिन र त्यसमा कन्जुस्याइँ नगर्न आदेश दिनुभयो । त्यसैगरी अल्लाहको आदेशको उल्लंघन नगरी शासक र सरोकारवालाहरूको आज्ञापालन गर्न आदेश दिनुभयो । जसले यी उल्लेखित कामहरू गर्छ फलस्वरूप उसको बास स्थान स्वर्ग हुनेछ ।
...:
माथि उल्लेखित कार्यहरू स्वर्गमा प्रवेश गर्ने कारणहरू हुन् ।
सुनन् तिर्मिजी (1/ 602) (616).
मुस्नद अहमद (36/ 486) (22161).
थप (4)
شرح رياض الصالحين.
لابن عثيمين (1/ 534).
نزهة المتقين شرح رياض الصالحين.
لمجموعة من الباحثين (1/ 105).