Skip to content

"जब तिमीहरूमध्ये कोही आफ्नो भाइलाई भेट्छौ भने, उसलाई सलाम (अभिवादन) गरोस्। अनि यदि तिनीहरूको बीचमा कुनै रूख, पर्खाल वा ढुङ्गा आउँछ र ऊ उसलाई (फेरि) भेट्छ भने, उसलाई पुन: अभिवादन गरोस्।"

अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गर्नु भएको छ, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो :

"जब तिमीहरूमध्ये कोही आफ्नो भाइलाई भेट्छौ भने, उसलाई सलाम (अभिवादन) गरोस्। अनि यदि तिनीहरूको बीचमा कुनै रूख, पर्खाल वा ढुङ्गा आउँछ र ऊ उसलाई (फेरि) भेट्छ भने, उसलाई पुन: अभिवादन गरोस्।"

«إِذَا لَقِيَ أَحَدُكُمْ أَخَاهُ فَلْيُسَلِّمْ عَلَيْهِ، فَإِنْ حَالَتْ بَيْنَهُمَا شَجَرَةٌ أَوْ جِدَارٌ أَوْ حَجَرٌ ثُمَّ لَقِيَهُ فَلْيُسَلِّمْ عَلَيْهِ أَيْضًا».

अबू दाऊदले वर्णन गरेका छन्
सही
व्याख्या

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले एक मुस्लिमलाई आफ्नो भाइलाई भेट्दा अभिवादन गर्न प्रोत्साहित गर्नुभयो। यदि ती दुई जना सँगै हिंडिरहेका छन् र बीचमा रूख, पर्खाल वा ठूलो ढुङ्गा आयो भने फेरि भेट्दा अभिवादन गर्नुपर्छ।

हदीसका केही फाइदाहरू

सलाम फैलाउनु (मुस्तहब) हो, प्रत्येक पटक भेट्दा सलाम गर्नु ।

नबी (सल्लल्लाहु अलैहि वसल्लम) कडा रुपमा सलाम फैलाउन प्रयास गर्नुहुन्थ्यो, किनकि यसले मुस्लिमहरूमाझ प्रेम र एकता सिर्जना गर्दछ।

सलाम (अभिवादन) भनेको "अस्-सलामु अलैकुम" वा "अस्-सलामु अलैकुम वा रहमतुल्लाही वा बरकातुहु" भन्नु हो। यसमा हात मिलाउनु (मुसाफह) समावेश छैन, जुन पहिलो पटक भेट्दा गरिन्छ।

सलाम दुआ हो र मुस्लिमहरू एक अर्कोलाई दुआ दिनु आवश्यक छ, चाहे यो बारम्बार नै किन नहोस् ।

श्रोतहरू

सुनन अबी दाउद (7/ 494) (5200).

थप (8)

تطريز رياض الصالحين.

لفيصل آل مبارك (ص520).

بهجة الناظرين شرح رياض الصالحين.

لسليم الهلالي (2/ 138).

نزهة المتقين شرح رياض الصالحين.

لمجموعة من الباحثين (1/ 667).

شرح رياض الصالحين.

لابن عثيمين (4/ 410).