”जब नबी (सल्लल्लाहु अलैहि व सल्लम) लाई हाच्छ्युँ आउँथ्यो, तब आफ्नो हात वा कपडा मुखमाथि राख्नुहुन्थ्यो र त्यसैद्वारा आफ्नो आवाजलाई मधुरो वा कम गर्नुहुन्थ्यो।”
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन् :
”जब नबी (सल्लल्लाहु अलैहि व सल्लम) लाई हाच्छ्युँ आउँथ्यो, तब आफ्नो हात वा कपडा मुखमाथि राख्नुहुन्थ्यो र त्यसैद्वारा आफ्नो आवाजलाई मधुरो वा कम गर्नुहुन्थ्यो।”
كان رسولُ الله صلى الله عليه وسلم إذا عَطَس وضَعَ يَدَه -أو ثوبَهُ- على فيهِ، وخَفَضَ -أو غضَّ- بها صوتَهُ.
जब नबी (सल्लल्लाहु अलैहि वसल्लम) लाई आच्छ्यूँ आउँथ्यो : पहिले: उहाँ आफ्नो हात वा कपडा आफ्नो मुखमा राख्नुहुन्थ्यो; ताकि उहाँसँग बसेकाहरूलाई नराम्रो लाग्ने केही फोहोर मुख वा नाकबाट ननिस्कियोस् । दोस्रो: उहाँ आफ्नो आवाज कम गर्नुहुन्थ्यो ।
यसमा नबी (सल्लल्लाहु अलैहि वसल्लम) को हाच्छ्युँ गर्ने तरिका र त्यस कुरामा उहाँको अनुसरण गर्ने कुरा वर्णित छ।
हाछ्युँ गर्दा मुख र नाकमा कपडा वा रुमाल राख्नु पुण्यकारी हो, ताकि छेउमा बसेको व्यक्तिलाई हानि पुऱ्याउने कुरा बाहिर ननिस्कियोस्।
हाछ्युँ गर्दा आवाज कम गर्नुपर्छ; किनभने यो पूर्ण शिष्टाचार र असल नैतिकताको पहिचान हो ।
सुनन अबी दाउद (7/ 375) (5029).
सुनन् तिर्मिजी (4/ 461) (2745).
मुस्नद अहमद (15/ 412) 9662).
थप (9)
شرح رياض الصالحين.
لابن عثيمين (4/ 440).
تطريز رياض الصالحين.
لفيصل آل مبارك (ص528).
بهجة الناظرين.
لسليم الهلالي (2/ 149).
نزهة المتقين شرح رياض الصالحين.
لمجموعة من الباحثين (1/ 678).
كنوز رياض الصالحين لمجموعة من الباحثين (11/ 432).