Skip to content

"तिमी जहाँ भए पनि अल्लाहसँग डराऊ, नराम्रो काम गरेपछि राम्रो काम गर्ने गर ताकि त्यो मेटियोस् र मानिसहरूसँग राम्रो व्यवहार गर।"

अबू जर्र; जुनदुब बिन जुनादा र अबू अब्दुर्रहमान; मुआज बिन जबल (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो:

"तिमी जहाँ भए पनि अल्लाहसँग डराऊ, नराम्रो काम गरेपछि राम्रो काम गर्ने गर ताकि त्यो मेटियोस् र मानिसहरूसँग राम्रो व्यवहार गर।"

«اتَّقِ اللَّهَ حَيْثُمَا كُنْت، وَأَتْبِعْ السَّيِّئَةَ الْحَسَنَةَ تَمْحُهَا، وَخَالِقْ النَّاسَ بِخُلُقٍ حَسَنٍ».

तिर्मीजीले वर्णन गरेका छन्
इमाम तिर्मिजीले भनेका छन्ः यो हसन हदीस हो
व्याख्या

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले तीन कुराको आदेश दिनुभएको छ: पहिलो: हरेक स्थान, समय, परिस्थिति, गोप्य र सार्वजनिक रूप, कल्याण र कठिनाइको समयमा अल्लाहसँग डराउनु र यो अनिवार्य कार्यहरू गरेर र निषेधित कार्यहरूबाट टाढा रहेर प्राप्त हुन्छ। दोस्रो: यदि कुनै दुष्कर्ममा लिप्त भइयो भने, त्यसलगत्तै नमाज, दान, भलाइ, नातेदारी जोड्ने, तौबा (पश्चात्ताप) वा यस्तै अन्य कुनै असल कार्य गर्नु, किनकि असल कार्यले नराम्रो कार्यलाई मेटाइदिन्छ। तेस्रो: मानिसहरूसँग असल आचरण र उत्कृष्ट चरित्रका साथ व्यवहार गर्नु, जसमा मुस्कुराएर भेट्नु, नरम व्यवहार, नम्रता, भलाइ फैलाउनु र कसैलाई हानि नपुऱ्याउनु जस्ता कुराहरू समावेश छन्।

हदीसका केही फाइदाहरू

यसमा अल्लाहको आफ्ना भक्तहरूप्रतिको दया, माफी, क्षमाशीलता तथा कृपाको व्याख्या गरिएको छ।

हदीसले तीन प्रकारका अधिकारहरू समेटेको छ: अल्लाहको अधिकार — तक्वा (धार्मिक भय) द्वारा, आफ्नो आत्माको अधिकार — पापपछि राम्रो काम गरेर, र मानिसहरूको अधिकार — सुसंस्कार र राम्रो व्यवहारद्वारा।

खराब कार्यपछि असल कार्य गर्न प्रोत्साहन गर्नु र राम्रो चरित्र अपनाउनु तक्वा (धर्मपरायणता) को विशेषताहरूमध्ये पर्दछन्, तर यसको स्पष्ट व्याख्या आवश्यक भएकाले यसलाई अलग्गै उल्लेख गरिएको हो।

श्रोतहरू

सुनन् तिर्मिजी (3/ 526) (1987).

थप (7)

अल् अरबऊन अन्नववीयह (ص100) (ح18).

التحفة الربانية في شرح الأربعين حديثًا النووية.

لإسماعيل الأنصاري (ص40).

شرح الأربعين النووية.

لابن عثيمين (ص195).

فتح القوي المتين في شرح الأربعين وتتمة الخمسين.

لعبد المحسن البدر (ص67).