Skip to content

"अल्लाहले भन्नुहुन्छ : जसले मेरो 'वली' (असल भक्त) प्रति शत्रुता राख्छ, म उसकै विरुद्ध युद्धको घोषणा गर्छु। मेरा भक्तहरूले मेरो सामीप्य प्राप्त गर्ने कार्यहरूमध्ये, मैले उनीहरूमाथि अनिवार्य (फर्ज) गरेका कार्यहरू नै मलाई सबैभन्दा प्रिय छन्

अबू हुरैरा (रज़ियल्लाहु अन्हु) बाट वर्णित छ, उनले भने, अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो:

"अल्लाहले भन्नुहुन्छ : जसले मेरो 'वली' (असल भक्त) प्रति शत्रुता राख्छ, म उसकै विरुद्ध युद्धको घोषणा गर्छु। मेरा भक्तहरूले मेरो सामीप्य प्राप्त गर्ने कार्यहरूमध्ये, मैले उनीहरूमाथि अनिवार्य (फर्ज) गरेका कार्यहरू नै मलाई सबैभन्दा प्रिय छन्। जब मेरो भक्त थप 'नफ़ील' (स्वैच्छिक उपासना) मार्फत मेरो नजिक हुने प्रयास गर्छ, तब म उसलाई माया गर्न थाल्छु। जब म उसलाई माया गर्छु, म उसको कान (को रक्षा गर्छु) जसबाट ऊ (मलाई प्रसन्न पार्ने कुरा) सुन्छ; म उसको आँखा (को रक्षा गर्छु) जसबाट ऊ (मलाई प्रसन्न पार्ने कुरा) देख्छ; म उसको हात (को रक्षा गर्छु) जसबाट ऊ (मलाई प्रसन्न पार्ने कुरा) पक्रन्छ; र म उसको पाइलाहरू (को रक्षा गर्छु) जसबाट ऊ (मलाई प्रसन्न पार्ने कुराको लागि) हिँड्छ। यदि उसले मसँग माग्छ भने, म उसलाई अवश्य दिन्छु; र यदि उसले मसँग शरण माग्छ भने, म उसलाई अवश्य शरण दिन्छु।"

«إنَّ اللَّهَ تَعَالَى قَالَ: مَنْ عَادَى لِي وَلِيًّا فَقْد آذَنْتُهُ بِالحَرْبِ، وَمَا تَقَرَّبَ إلَيَّ عَبْدِي بِشَيْءٍ أَحَبَّ إلَيَّ مِمَّا افْتَرَضْتُ عَلَيْهِ، وما يَزَالُ عَبْدِي يَتَقَرَّبُ إلَيَّ بِالنَّوَافِلِ حَتَّى أُحِبَّهُ، فَإِذَا أَحْبَبْتُهُ كُنْتُ سَمْعَهُ الَّذِي يَسْمَعُ بِهِ، وَبَصَرَهُ الَّذِي يُبْصِرُ بِهِ، وَيَدَهُ الَّتِي يَبْطِشُ بِهَا، وَرِجْلَهُ الَّتِي يَمْشِي بِهَا، وَإِنْ سَأَلَنِي لَأُعْطِيَنَّهُ، وَلَئِنْ اسْتَعَاذَنِي لَأُعِيذَنَّهُ».

बुखारीले वर्णन गरेका छन्
सही
व्याख्या

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले हदीस-ए-कुद्सीमा खबर दिनुभयो, अल्लाह अज़्ज़ व जल्ले भन्नुहुन्छ: “जसले मेरो कुनै प्रिय बन्दालाई हानि पुर्‍याउँछ, रिसाउँछ वा घृणा गर्छ, मैले उसलाई जानकारी गराएको छु र उसको विरुद्धमा मेरो शत्रुता घोषणा गरेको छु। वली : आस्थावान् र अल्लाहको भय राख्ने व्यक्तिलाई जनाउँछ। भक्तमा जति दृढ विश्वास (ईमान) र धर्मपरायणता (तक्वा) हुन्छ, उसले त्यति नै अल्लाहको (विलायत) प्रसन्नता र सामीप्य प्राप्त गर्दछ। मुस्लिम भक्तका लागि आफ्नो प्रभुको सामीप्य प्राप्त गर्न उहाँले अनिवार्य गर्नुभएका तथा मनपराउनुभएका आज्ञाकारिताका कार्यहरू पूरा गर्नु र निषेध (हराम) कुराहरूबाट टाढा रहनुभन्दा प्रिय अन्य कुनै माध्यम हुँदैन। त्यसैगरी, जब मुस्लिम व्यक्ति अनिवार्य कर्तव्यहरू साथसाथै स्वैच्छिक उपासनाहरुको माध्यमबाट पनि निरन्तर आफ्नो प्रभुको नजिक हुन प्रयत्नशील रहन्छ, अन्ततः उसले अल्लाहको प्रेम प्राप्त गर्दछ। जब अल्लाहले उसलाई प्रेम गर्नुहुन्छ, तब उहाँले उसका चार अङ्गहरूलाई मार्गदर्शित गर्नुहुन्छ : उहाँले उसको कानलाई निर्देशित गर्नुहुन्छ, जसले उसले परमेश्वरलाई खुशी पार्ने कुरा मात्र सुन्छ । उहाँले उसको आँखालाई निर्देशित गर्नुहुन्छ, जसले उसले केवल परमेश्वरलाई खुशी पार्ने कुरा हेर्छ । उहाँले उसको हातलाई निर्देशित गर्नुहुन्छ, जसले उसले आफ्नो हातले परमेश्वरलाई खुशी पार्ने कुरा बाहेक केही गर्दैन । उहाँले उसका पाइलाहरूलाई निर्देशित गर्नुहुन्छ, जसकारण ऊ केवल परमेश्वरलाई प्रसन्न पार्ने कुराको लागि हिँड्छ र केवल त्यस कुराको लागि प्रयास गर्छ जसमा कल्याण हुन्छ। योसँगै, यदि उसले अल्लाहसँग केही माग्छ भने, अल्लाहले उसलाई उसले मागेको कुरा प्रदान गर्नुहुन्छ र उसको प्रार्थना स्वीकार हुन्छ। यदि उसले अल्लाहसँग शरण माग्छ र संरक्षणको लागि उहाँतिर फर्कन्छ भने, अल्लाहले उसलाई शरण दिनुहुन्छ र उसले डराएको कुराबाट उसको रक्षा गर्नुहुन्छ।

हदीसका केही फाइदाहरू

यो हदीस रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले आफ्नो पालनकर्बाताट वर्णन गर्नुभएको हो र यसलाई 'हदीस कुदसी' वा 'हदीस-ए-इलाही' भनिन्छ । यसको शब्द र अर्थ दुबै अल्लाहको हो । तर यसमा कुर्आनमा पाइने विशेषताहरू छैनन्, जस्तै: यसको तिलावत गर्नु, यसको लागि तहरात प्राप्त गर्नु, उपासना, चुनौती आदि ।

अल्लाहका वलीहरूलाई हानि पुऱ्याउन निषेध र उनीहरूलाई माया गर्न र उनीहरूको श्रेष्ठता स्वीकार गर्न प्रोत्साहित गरिएको छ ।

अल्लाहका शत्रुहरूसंग शत्रुता गर्ने र उनीहरूसंग मित्रता नगर्ने आदेश ।

जसले अल्लाहको शरियतलाई पालन नगरी म उहाँको वली हुँ दाबी गर्छ भने ऊ झुटो हो ।

अल्लाहको वली बन्नका लागि वाजिब (कर्तब्य) को पालन र हराम (निषेधित) लाई त्याग्नुपर्छ ।

दासप्रति अल्लाहको प्रेम र दुआ स्वीकार हुनुको एउटा कारण वाजिब (कर्तब्य) को पालन र हराम (निषेधित) लाई त्यागेपछि नफिल (स्वैच्छिक) उपासना गर्नु हो ।

वलीहरूको श्रेष्ठता र तिनीहरूको उच्च हैसियतको प्रमाण ।

श्रोतहरू

सही बुखारी (8/ 105) (6502).

थप (14)

الإفصاح عن معاني الصحاح.

ليحيى بن هبيرة (7/ 302).

جامع العلوم والحكم في شرح خمسين حديثا من جوامع الكلم.

لابن رجب (2/ 330).

عمدة القاري شرح صحيح البخاري.

لمحمود بدر الدين العينى (23/ 88).

مرقاة المفاتيح شرح مشكاة المصابيح.

لعلي بن سلطان القاري (4/ 1544).

تاج العروس من جواهر القاموس.

للزبيدي (17/ 81).

شرح رياض الصالحين.

لابن عثيمين (2/ 59).

مجموع فتاوى ومقالات متنوعة.

لابن باز(8/ 277).