Skip to content

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले मलाई 'तशह्हुद' सिकाउनु भयो जसरी उहाँले मलाई कुरानको सुरह सिकाउनुहुन्थ्यो

अब्दुल्लाह बिन मसऊद (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्,

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले मलाई 'तशह्हुद' सिकाउनु भयो जसरी उहाँले मलाई कुरानको सुरह सिकाउनुहुन्थ्यो । (त्यो सिक्ने क्रममा) मेरो हत्केला उहाँको दुवै हत्केलाहरूको बीचमा थियो : ‘अत्तहिय्यातु लिल्लाहि वस्सलवातु वत्तैयिबातु, अस्सलामु अलैक अय्युहन्नबिय्यु वरह्-मतुल्लाहि व बरकातुहु, अस्सलामु अलैना व अला इबादिल्ला हिस्सालिहीन्, अश्हदु अल्ला इलाह इल्लल्लाहु व अश्हदु अन्न मुहम्मदन् अब्दुहू व रसूलुह् ।’ बुखारी र मुस्लिमको अर्को हदीसमा यसरी छ : "इन्न - ल्लाह हुवस्सालामु", त्यसैले जब तिमीहरू मध्ये कोही तशह्हुदमा बस्छ, उसले यसरी भनोस्: ‘अत्तहिय्यातु लिल्लाहि वस्सलवातु वत्तैयिबातु, अस्सलामु अलैक अय्युहन्नबिय्यु वरह्-मतुल्लाहि व बरकातुहु, अस्सलामु अलैना व अला इबादिल्ला हिस्सालिहीन् । ( भक्तको यो प्रार्थानाले आकाश र पृथ्वीमा रहेका हरेक सत्कर्मीलाई लाभ हुनेछ), त्यस अगाडि यो पढ्ने: ‘अश्हदु अल्ला इलाह इल्लल्लाहु व अश्हदु अन्न मुहम्मदन् अब्दुहू व रसूलुह् ।’ त्यसपछि आफूले चाहेको दुआहरू गर्न सकिन्छ ।"

عَلَّمَنِي رَسُولُ اللَّهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ، وَكَفِّي بَيْنَ كَفَّيْهِ، التَّشَهُّدَ، كَمَا يُعَلِّمُنِي السُّورَةَ مِنَ القُرْآنِ: «التَّحِيَّاتُ لِلَّهِ، وَالصَّلَوَاتُ وَالطَّيِّبَاتُ، السَّلاَمُ عَلَيْكَ أَيُّهَا النَّبِيُّ وَرَحْمَةُ اللَّهِ وَبَرَكَاتُهُ، السَّلاَمُ عَلَيْنَا وَعَلَى عِبَادِ اللَّهِ الصَّالِحِينَ، أَشْهَدُ أَنْ لاَ إِلَهَ إِلَّا اللَّهُ، وَأَشْهَدُ أَنَّ مُحَمَّدًا عَبْدُهُ وَرَسُولُهُ». وفي لفظ لهما: «إِنَّ اللهَ هُوَ السَّلَامُ، فَإِذَا قَعَدَ أَحَدُكُمْ فِي الصَّلَاةِ فَلْيَقُلْ: التَّحِيَّاتُ لِلَّهِ وَالصَّلَوَاتُ وَالطَّيِّبَاتُ السَّلَامُ عَلَيْكَ أَيُّهَا النَّبِيُّ وَرَحْمَةُ اللهِ وَبَرَكَاتُهُ، السَّلَامُ عَلَيْنَا وَعَلَى عِبَادِ اللهِ الصَّالِحِينَ، فَإِذَا قَالَهَا أَصَابَتْ كُلَّ عَبْدٍ لِلَّهِ صَالِحٍ فِي السَّمَاءِ وَالْأَرْضِ، أَشْهَدُ أَنْ لَا إِلَهَ إِلَّا اللهُ، وَأَشْهَدُ أَنَّ مُحَمَّدًا عَبْدُهُ وَرَسُولُهُ، ثُمَّ يَتَخَيَّرُ مِنَ الْمَسْأَلَةِ مَا شَاءَ».

मुत्तफकुन अलैहि
सही
व्याख्या

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले अब्दुल्लाह बिन मस्उद (रजियल्लाहु अन्हु) लाई नमाजमा पढिने तशह्हुद सिकाउनुभयो । त्यसबेला उनको हात उहाँका दुवै हातको बीचमा थियो, ताकि उनको सम्पूर्ण ध्यान उहाँको कुरामा केन्द्रित रहोस् । उहाँले अब्दुल्लाह बिन मस्उद लाई कुरानको सुरह सिकाए झैँ तशह्हुद सिकाउनुभयो । यसबाट के स्पष्ट हुन्छ भने रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले तशह्हुदका शब्दहरू र त्यसको अर्थ दुवैको शिक्षामा विशेष ध्यान दिनुहुन्थ्यो। उहाँले भन्नुभयो: 'अत्तहिय्यातु लिल्लाहि' : अर्थात् आदर र सम्मानलाई जनाउने सबै भनाइ र कार्यहरू अल्लाहका लागि हुन् । 'अस्सलवातु' : अर्थात् फर्ज (अनिवार्य) र नफल (स्वैच्छिक) सम्पूर्ण सलाह (नमाज) हरू अल्लाहका लागि हुन् । 'अत्तैयिबातु': अर्थात् पवित्रता र पूर्णतालाई संकेत गर्ने सबै वचन, कार्य र विशेषताहरू अल्लाह सर्वोच्चका लागि हुन् । 'अस्सलामु अलैक अय्युहन्नबिय्यु वरह्-मतुल्लाहि व बरकातुहु' : अर्थात् यी शब्दहरू नबीको लागि हरेक दु:ख र हानिबाट सुरक्षित हुन र सबै भलाइको वृद्धि र प्रशस्तताको लागि कामना हो । 'अस्सलामु अलैना व अला इबादिल्ला हिस्सालिहीन्' : अर्थात् यसमा नमाज पढ्ने व्यक्ति र आकाश तथा पृथ्वीका हरेक धर्मपरायण भक्तहरूका लागि शान्तिको प्रार्थना छ। 'अश्हदु अल्ला इलाह इल्लल्लाहु' : अर्थात् अल्लाह बाहेक कोही सत्य ईश्वर छैन भन्ने तथ्य दृढ विश्वासका साथ स्वीकार गर्दछु । 'व अश्हदु अन्न मुहम्मदन् अब्दुहू व रसूलुह्' : अर्थात् मुहम्मद अल्लाहको भक्त र अन्तिम दूत हुन् भन्ने सत्यलाई म स्वीकार गर्दछु । त्यसपछि रसुल (सल्लल्लाहु अलैहि वसल्लम) ले नमाजी लाई आफूले चाहेको प्रार्थना (दुआ) छनोट गर्न प्रोत्साहन दिनुभयो।

शब्दको अर्थ

...:

हदीसका केही फाइदाहरू

तशह्हुद पढ्ने स्थान प्रत्येक नमाज़को अन्तिम सज्दापछि बस्दाखेरि र तीन वा चार रकअतको नमाज़मा दोस्रो रकअतपछि बस्दाखेरि पनि हो।

तशह्दहुमा 'अत्-तहियात' पढ्नु अनिवार्य छ। रसूल (सल्लल्लाहु अलैहि वसल्लम) बाट प्रमाणित 'अत्-तहियात' का जुनसुकै शब्दहरू पढ्नु जायज छ ।

नमाजमा पापपूर्ण प्रार्थना बाहेक आफूले चाहेको जुनसुकै दुआ गर्नु जायज छ ।

दुआ (प्रार्थना) गर्दा स्वयम् आफ्नै लागि प्रार्थना गर्नु बाट सुरुवात गर्नु मुस्तहब (पुण्यदायी) हो ।

श्रोतहरू

सही बुखारी (8/ 59) (6265).

सही मुस्लिम (1/ 301) (402).

थप (6)

الإلمام بشرح عمدة الأحكام.

لإسماعيل الأنصاري (1/ 168).

تيسير العلام شرح عمدة الأحكام.

للبسام (ص206).

خلاصة الكلام شرح عمدة الأحكام.

لفيصل آل مبارك (ص94).