"अल्लाहले हरेक व्यक्तिसँग प्रत्यक्ष संवाद गर्नुहुनेछ, जहाँ उहाँ र व्यक्तिबीच कुनै अनुवादक हुनेछैन।
अदी बिन हातिम (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :
"अल्लाहले हरेक व्यक्तिसँग प्रत्यक्ष संवाद गर्नुहुनेछ, जहाँ उहाँ र व्यक्तिबीच कुनै अनुवादक हुनेछैन। व्यक्तिले आफ्नो दायाँतर्फ हेर्नेछ र आफूले (परलोकका लागि) अघि पठाएका कर्महरू बाहेक अरू केही देख्नेछैन। उसले आफ्नो बायाँतर्फ हेर्नेछ र त्यहाँ पनि आफ्ना विगतका कर्महरू बाहेक केही देख्नेछैन। अनि उसले आफ्नो अगाडि हेर्नेछ र आफ्नो मुहारको ठिक सामुन्ने नर्क (जहन्नम) बाहेक केही देख्नेछैन। तसर्थ, खजूरको आधा टुक्रा दान गरेरै भए पनि आफूलाई नर्कको आगोबाट जोगाऊ।"
«مَا مِنْكُمْ مِنْ أَحَدٍ إِلَّا سَيُكَلِّمُهُ اللهُ، لَيْسَ بَيْنَهُ وَبَيْنَهُ تُرْجُمَانٌ، فَيَنْظُرُ أَيْمَنَ مِنْهُ فَلَا يَرَى إِلَّا مَا قَدَّمَ، وَيَنْظُرُ أَشْأَمَ مِنْهُ فَلَا يَرَى إِلَّا مَا قَدَّمَ، وَيَنْظُرُ بَيْنَ يَدَيْهِ فَلَا يَرَى إِلَّا النَّارَ تِلْقَاءَ وَجْهِهِ، فَاتَّقُوا النَّارَ وَلَوْ بِشِقِّ تَمْرَةٍ».
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले बताउनुभएको छ कि कियामत (प्रलय) को दिन प्रत्येक मोमिन अल्लाहको अगाडि एक्लै उपस्थित हुनेछ। त्यस समय अल्लाहले उससँग प्रत्यक्ष संवाद गर्नुहुनेछ र उहाँहरूको बीचमा कुनै अनुवादक वा मध्यस्थकर्ता हुनेछैन। अत्यधिक भयका कारण अगाडि रहेको जहन्नम (नरक) को आगोबाट बच्नका लागि कुनै मार्ग वा उपायको खोजीमा उसले आफ्नो दायाँ र बायाँतर्फ हेर्नेछ। "तर जब उसले आफ्नो दायाँतर्फ हेर्नेछ, उसले केवल आफ्ना सत्कर्महरू (असल कार्यहरू) मात्र देख्नेछ। र जब उसले आफ्नो बायाँतर्फ हेर्नेछ, उसले केवल आफ्ना दुष्कर्महरू (खराब कार्यहरू) मात्र देख्नेछ। र जब उसले आफ्नो अगाडि हेर्नेछ, उसले नर्कको अग्निबाहेक केही देख्ने छैन। ऊ त्यसबाट भाग्न पनि सक्दैन; किनकि उसले अनिवार्य रूपमा ‘सिरात’ (पुल) पार गर्नुपर्ने हुन्छ। त्यसपछि नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: ‘दान र अन्य कल्याणका कर्म गरेर आफू र नर्कको आगोबीच सुरक्षाको ढाल बनाऊ, चाहे त्यो आधा खजुर नै किन नहोस्।
यसमा थोरै भए पनि दान–पुण्य गर्न, असल गुण को पालन गर्न, दयालु व्यवहार अपनाउन र नम्र बोली बोल्न विशेष प्रोत्साहन दिइएको छ।
कयामतको दिन अल्लाह आफ्नो भक्तको एकदम नजिक आउनुहुनेछ,त्यस क्षण, उहाँ र भक्तको बीचमा न कुनै पर्दा, न मध्यस्थकर्ता, न त कुनै अनुवादक नै रहनेछ। तसर्थ, मुमिन (विश्वासी) ले आफ्ना पालनकर्ताको आदेशको अवज्ञा र उल्लङ्घनबाट बच्न सदैव सचेत रहनुपर्दछ।
कुनै पनि व्यक्तिले दानमा दिएको वस्तु थोरै भए पनि त्यसलाई तुच्छ वा नगण्य ठान्नु हुँदैन, किनकि यही दान नर्कबाट सुरक्षा प्रदान गर्ने माध्यम बन्छ।
सही बुखारी (9/ 148) (7512).
सही मुस्लिम (2/ 703) (1016).
थप (10)
كنوز رياض الصالحين.
لمجموعة من الباحثين.
بهجة الناظرين.
لسليم الهلالي (1/ 476).
نزهة المتقين.
مجموعة من الباحثين (1/ 370).
شرح رياض الصالحين.
لابن عثيمين (2/ 201).
بهجة قلوب الأبرار.
عبد الرحمن آل سعدي (ص181).
Cited in books
11 Booksथप (11)
- العلم الواجب بدون فقه وبدون زيادات1((اِتقُوا النَّارَ وَلَوْ بِشِقِ تَمْرَة)).
- ترجمة المقاطع المرئية - مشروع هدايات 1(اتقوا النار ولو بشق تمرة)
- رياض الصالحينرياض الصالحين مع فوائد وهدايات - 1 «اتَّقُوا النَّارَ وَلَوْ بِشقِّ تَمْرَةٍ».
- رياض الصالحينرياض الصالحين مع فوائد وهدايات - 3«مَا مِنْكُم مِنْ أَحَدٍ إلاَ سيُكَلِّمُهُ رَبُّهُ، لَيْس بَيْنَهُ وبَينَهُ تَرْجُمَانٌ، فَيَنْظُرُ أَيْمَنَ مِنْهُ فَلا يَرَىٰ إلَّا مَا قَدَّمَ، ويَنْظُرُ أَشْأَمَ مِنْهُ فَلا يَرَىٰ إلَّا ما قَدَّمَ، وَيَنْظُرُ بَيْنَ يَدَيْهِ فَلا يَرَى
- رياض الصالحينرياض الصالحين مع فوائد وهدايات - 3«اتَّقُوا النَّارَ وَلَوْ بِشِقِّ تَمرَةٍ».
- مجموعة زاد الحديث(2)1«مَا مِنْكُمْ مِنْ أَحَدٍ إِلَّا سَيُكَلِّمُهُ الله، لَيْسَ بَيْنَهُ وَبَيْنَهُ تُرْجُمَانٌ، فَيَنْظُرُ أَيْمَنَ مِنْهُ فَلَا يَرَى إِلَّا مَا قَدَّمَ، وَيَنْظُرُ أَشْأَمَ مِنْهُ فَلَا يَرَى إِلَّا مَا قَدَّمَ، وَيَنْظُرُ بَيْنَ يَدَيْهِ فَ
- مجموعة زاد الحديث(2)1(ما منكم من أحدٍ)
- مجموعة زاد الحديث(2)1(فاتقوا النَّار ولو بشقِّ تمرة)
- مجموعة زاد الحديث(2)1(مَا مِنْكُمْ مِنْ أَحَدٍ إِلَّا سَيُكَلِّمُهُ اللهُ...)
- مجموعة زاد العقيدة (2)1«مَا مِنْكُمْ أَحَدٌ إِلَّا سَيُكَلِّمُهُ رَبُّهُ لَيْسَ بَيْنَهُ وَبَيْنَهُ تُرْجُمَانٌ، فَيَنْظُرُ أَيْمَنَ مِنْهُ فَلَا يَرَى إِلَّا مَا قَدَّمَ مِنْ عَمَلِهِ، وَيَنْظُرُ أَشْأَمَ مِنْهُ فَلَا يَرَى إِلَّا مَا قَدَّمَ، وَيَنْظُرُ بَيْنَ
- موسوعة الإيمان«مَا مِنْكُمْ أَحَدٌ إِلَّا سَيُكَلِّمُهُ رَبُّهُ لَيْسَ بَيْنَهُ وَبَيْنَهُ تُرْجُمَانٌ، فَيَنْظُرُ أَيْمَنَ مِنْهُ فَلَا يَرَى إِلَّا مَا قَدَّمَ مِنْ عَمَلِهِ، وَيَنْظُرُ أَشْأَمَ مِنْهُ فَلَا يَرَى إِلَّا مَا قَدَّمَ، وَيَنْظُرُ بَيْنَ