Skip to content

"जसले नमाजमा सूरह फातिहा पढ्दैन, उसको नमाज मान्य हुँदैन।"

उबादह बिन सामित (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :

"जसले नमाजमा सूरह फातिहा पढ्दैन, उसको नमाज मान्य हुँदैन।"

«لَا صَلَاةَ لِمَنْ لَمْ يَقْرَأْ بِفَاتِحَةِ الكِتَابِ».

मुत्तफकुन अलैहि
सही
व्याख्या

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ कि सूरह फातिहा बिना नमाज सही हुँदैन । प्रत्येक रकाअतमा सूरह फातिहा पढ्नु नमाजको आधारभूत स्तम्भ हो ।

शब्दको अर्थ

...:

हदीसका केही फाइदाहरू

यदि व्यक्तिलाई सूरह फातिहा पढ्न आउँछ भने त्यसको सट्टामा अरू केही पढ्नु पर्याप्त हुँदैन।

यदि कुनै रकाअतमा सूरह फातिहा पढिएन भने त्यो रकाअत अमान्य हुन्छ, चाहे त्यो जानाजानी, अज्ञानता वा बिर्सेर होस्, किनभने यो नमाजको एउटा रुक्न (स्तम्भ) हो र रुक्नलाई कदापी छोड्न सकिदैन ।

यदि मुक्तदीले इमामलाई रुकुको अवस्थामा भेट्टाउँछ भने त्यस व्यक्तिले सूरह अल-फातिहा पढ्नु अनिवार्य हुँदैन ।

श्रोतहरू

सही बुखारी (1/ 151) (756).

सही मुस्लिम (1/ 295) (394).

थप (4)

تيسير العلام.

للبسام (ص171).

تنبيه الأفهام.

لابن عثيمين (217).